नेभिगेशन
मुख्य समाचार

सदनमा उठ्यो सुनकोशीमा वृद्ध दम्पती बेपत्ता भएको घटना

काठमाडौं । मण्डनदेउपुर नगरपालिका–७का वृद्ध केदारनाथ पराजुली र उनकी पत्नी तीलकुमारी सुनकोशी नदीमा हेलिएको घटनाले सदनमा पनि प्रवेश पाएको छ ।

सिन्धुपाल्चोक–२ का सांसद युवराज दुलालले क्यान्सरपीडित पत्नीलाई पिठ्युँमा बोक्दै सुनकोशी नदीमा पुर्‍याएर बेपत्ता भएका पराजुली दम्पतीबारे विषय उठाएका हुन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

‘आज जनतामा चरम निराशा छ । हिजो मात्रै काभ्रेपलाञ्चोक मण्डनदेउपुर–७ का एक वृद्ध दम्पतीले सामूहिक रूपमा सुनकोशी नदीमा प्रवेश गरेको, बेपत्ता भएको घटना हामी सबैलाई हृदयविदारक छ । रूवाउने खालको हामीले सबैले किन आशा जगाउन सकेनौं भन्ने प्रश्न हामी सबैप्रति नै छ । हामी सबैले सामूहिक रूपले राज्यलाई एउटा आशावादी र राज्यका रूपमा लिएर जानका लागि म आह्वान गर्न चाहन्छु,’ उनले भने ।

Ncell
Extreme Energy

नेकपाबाट निर्वाचित प्रेमबहादुर बयकले पनि पराजुली सम्पती सँगै सुनकोशीमा हेलिएको घटना उठाएका थिए ।

‘मिति २०८३ साउन २० गते सामाजिक सञ्जाल फेसबुक खोल्दा सिधाकुरा डटकम अनलाइनको समाचारमा नजर पुग्यो । समाचारमा लेखिएको थियो– क्यान्सरपीडित श्रीमतीलाई पिठ्युँमा बोकेर नदीमा हाम फाली बेपत्ता । मन बलियो बनाएर समाचार लेख हेर्दा काभ्रेपलाञ्चोकका ६८ वर्षीया केदारनाथ पराजुलीले आफ्नी ६७ वर्षीया क्यान्सरपीडित श्रीमती तीलकुमारी पराजुलीलाई पिठ्युँमा बोकेर बेपत्ता भएको वृद्ध दम्पतीको समाचारले अत्यन्तै मर्माहत बनायो,’ उनले भने ।

उनले संसारकै उत्कृष्ट भनी प्रशंसा गरेको संविधानको धारा ३५ मा स्वास्थ्यको हक, त्यस्तै धारा ४२ मा ज्येष्ठ नागरिकको हकको व्यवस्था गरेको उल्लेख गरे ।

उनले यो व्यवस्था संविधानलाई उत्कृष्ट बनाउन मात्रै व्यवस्था गरेका हौं भन्दै प्रश्न गरे ।

होइन भने सरकार र संविधानले यस्ता नागरिकलाई आफू भएको अनुभूति गराउनुपर्ने उनको जोड थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
राष्ट्रिय भेला नरोकिने शशांक कोइरालाको स्पष्टोक्ति

राष्ट्रिय भेला नरोकिने शशांक कोइरालाको स्पष्टोक्ति

नेपाली कांग्रेसका पूर्वमहामन्त्री एवं राष्ट्रिय भेला आयोजक समितिका संयोजक डा. शशांक कोइरालाले पार्टीभित्रको एकता कायम गर्दै मुलुकसामु देखिएका चुनौतीको सामना गर्न राष्ट्रिय भेला आयोजना गर्न लागिएको बताएका छन्...
पूर्वका यी पाँच जिल्लामा शनिबार १२ घण्टा हुँदैन विजुली

पूर्वका यी पाँच जिल्लामा शनिबार १२ घण्टा हुँदैन विजुली

झापा, इलाम, पाँचथर र ताप्लेजुङ जिल्लाका सम्पूर्ण क्षेत्र तथा मोरङको उर्लाबारी, पथरी र आसपासका क्षेत्रमा शनिबार बिहान ४ः०० बजेदेखि दिउँसो ४ः०० बजेसम्म कूल १२ घण्टा विद्युत् सेवा अवरुद्ध...
ढल्केबरको ट्रमा सेन्टर कहाँ हरायो भन्दै सांसद यादवको प्रश्न, जानकारी गराउन सरकारलाई सभामुखको निर्देशन

ढल्केबरको ट्रमा सेन्टर कहाँ हरायो भन्दै सांसद यादवको प्रश्न, जानकारी गराउन सरकारलाई सभामुखको निर्देशन

धनुषाको ढल्केबरमा निर्माण गर्ने भनिएको ट्रमा सेन्टर अन्यत्र सारिएको विषयमा सदनलाई जानकारी गराउन सभामुख डोलप्रसाद अर्याल (डिपी)ले सरकारलाई निर्देशन दिएका छन् ।