नेभिगेशन
मुख्य समाचार

भदौदेखि देशव्यापी आन्दोलन गर्न लागेको शिक्षक महासंघका केके छन् माग?

काठमाडौं । नेपाल शिक्षक महासंघले विद्यालय शिक्षा सुधारका विषयमा सरकारसँग यसअघि भएका सहमति कार्यान्वयनको माग गर्दै आगामी भदौदेखि पुनः देशव्यापी आन्दोलन गर्ने घोषणा गरेको छ ।

शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै महासंघले विद्यालय शिक्षा ऐन तत्काल जारी गर्नुपर्ने, शिक्षामा लगानी बढाउनुपर्ने र विद्यालयमा हुने राजनीतिक हस्तक्षेप अन्त्य गर्नुपर्नेलगायतका माग अघि सारेको हो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले आफ्ना मागबारे सरकारलाई जानकारी गराउँदै आन्दोलनलाई पनि सँगसँगै अघि बढाउने बताए । उनका अनुसार भदौ लागेलगत्तै विस्तारित कार्यसमितिको बैठक बसेर आन्दोलनका थप कार्यक्रम तय गरिनेछ ।

Ncell
Extreme Energy

त्यसअघि शिक्षा तथा खेलकुदमन्त्रीसमक्ष मागहरू सूचीकृत गरी ध्यानाकर्षणपत्र बुझाइने उनले जानकारी दिए ।

शिक्षक तथा कर्मचारीका दुःख, मर्का र पीडा थपिँदै गएकाले यसपटकको आन्दोलनमा सहभागिता अझ बढ्ने सुवेदीको दाबी छ । आन्दोलन क्रमशः पालिका, जिल्ला र प्रदेश हुँदै काठमाडौं केन्द्रित हुने र यसअघिको भन्दा अझ ठूलो तथा सशक्त बनाइने उनले बताए ।

महासंघले आर्थिक वर्ष २०८३/८४ को बजेटले प्रारम्भिक बाल कक्षाका शिक्षक, विद्यालय कर्मचारी र सिकाइ अनुदानमा कार्यरत शिक्षकलाई तलब वृद्धि, प्रोत्साहन भत्ता तथा महँगी भत्ता उपलब्ध नगराएर विभेद गरेको आरोप लगाएको छ ।

शिक्षा क्षेत्रमा राज्यले कुल बजेटको कम्तीमा २० प्रतिशत लगानी गर्नुपर्ने महासंघको माग छ । साथै विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने र विद्यालयमा हुने राजनीतिक हस्तक्षेप अन्त्य गर्नुपर्नेमा महासंघले जोड दिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
रास्वपाले सांसदहरूको हाजिरी विश्लेषण गर्ने

रास्वपाले सांसदहरूको हाजिरी विश्लेषण गर्ने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलले संसद् बैठकमा सांसदहरूको उपस्थितिको विश्लेषण गर्ने भएको छ ।
रास्वपा सिन्धुपाल्चोक सभापतिमा माया गुरूङ  निर्वाचित

रास्वपा सिन्धुपाल्चोक सभापतिमा माया गुरूङ निर्वाचित

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सिन्धुपाल्चोक सभापतिमा माया गुरूङ निर्वाचित भएकी छन् ।
हेटौंडाको सामुदायिक वनमा बोराभित्र महिलाको शव फेला

हेटौंडाको सामुदायिक वनमा बोराभित्र महिलाको शव फेला

मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१५ स्थित सामुदायिक वन क्षेत्रमा बोराभित्र बाँधेर खाल्डोमा फालिएको अवस्थामा एक महिलाको शव फेला परेको छ ।
बैंक घोटाला प्रकरणमा तत्कालीन सिइओसहित तीन पक्राउ

बैंक घोटाला प्रकरणमा तत्कालीन सिइओसहित तीन पक्राउ

यहाँस्थित कर्णाली डेभलपमेन्ट बैंकको घोटाला प्रकरणमा फरार रहेका तत्कालीन प्रमुख कार्यकारी अधिकृत (सिइओ) नीरजविक्रम शाहसहित तीन जनालाई आज प्रहरीले पक्राउ गरेको छ ।