नेभिगेशन
मुख्य समाचार

राष्ट्रिय भेला नरोकिने शशांक कोइरालाको स्पष्टोक्ति

कांग्रेसलाई एकताबद्ध गर्दै नयाँ कार्यदिशा तय गर्ने दाबी

काठमाडौं । नेपाली कांग्रेसका पूर्वमहामन्त्री एवं राष्ट्रिय भेला आयोजक समितिका संयोजक डा. शशांक कोइरालाले पार्टीभित्रको एकता कायम गर्दै मुलुकसामु देखिएका चुनौतीको सामना गर्न राष्ट्रिय भेला आयोजना गर्न लागिएको बताएका छन् ।

शुक्रबार राष्ट्रिय भेला आयोजक समितिका तर्फबाट आयोजित पत्रकार सम्मेलनमा डा. कोइरालाले कांग्रेसका सम्पूर्ण नेता–कार्यकर्तालाई एकताबद्ध गर्दै राष्ट्रियता, लोकतन्त्र र समाजवादका मूलभूत सिद्धान्तमा आधारित नयाँ कार्यदिशासहित पार्टीलाई नयाँ जीवन दिने भेलाको उद्देश्य रहेको बताए ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उनले वर्तमान राजनीतिक परिस्थितिमा पार्टीको भावी कार्यदिशा तय गर्न आगामी साउन २९ देखि ३१ गतेसम्म काठमाडौंमा हुने राष्ट्रिय भेला कुनै हालतमा नरोकिने स्पष्ट पारे ।

Ncell
Extreme Energy

डा. कोइरालाका अनुसार भेलालाई कांग्रेस सभापति शेरबहादुर देउवाले सम्बोधन गर्नेछन् ।

कांग्रेस केन्द्रीय कार्यसमितिको आधिकारिकतासम्बन्धी विवादमा सर्वोच्च अदालतले पुनरावलोकनका लागि अनुमति दिएको विषयलाई पनि उनले स्वागत गरे । पुनरावलोकनबाट आफूहरूले न्याय पाउनेमा विश्वस्त रहेको उनको भनाइ छ ।

‘राष्ट्रियता, लोकतन्त्र र समाजवादका मूलभूत सिद्धान्तलाई आत्मसात् गर्दै पार्टीलाई नयाँ कार्यदिशासहित नयाँ जीवन दिन हामी दृढ संकल्पित छौं,’ पत्रकार सम्मेलनमा डा. कोइरालाले भने ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
सदनमा उठ्यो सुनकोशीमा वृद्ध दम्पती बेपत्ता भएको घटना

सदनमा उठ्यो सुनकोशीमा वृद्ध दम्पती बेपत्ता भएको घटना

मण्डनदेउपुर नगरपालिका–७का वृद्ध केदारनाथ पराजुली र उनकी पत्नी तीलकुमारी सुनकोशी नदीमा हेलिएको घटनाले सदनमा पनि प्रवेश पाएको छ ।
पूर्वका यी पाँच जिल्लामा शनिबार १२ घण्टा हुँदैन विजुली

पूर्वका यी पाँच जिल्लामा शनिबार १२ घण्टा हुँदैन विजुली

झापा, इलाम, पाँचथर र ताप्लेजुङ जिल्लाका सम्पूर्ण क्षेत्र तथा मोरङको उर्लाबारी, पथरी र आसपासका क्षेत्रमा शनिबार बिहान ४ः०० बजेदेखि दिउँसो ४ः०० बजेसम्म कूल १२ घण्टा विद्युत् सेवा अवरुद्ध...
ढल्केबरको ट्रमा सेन्टर कहाँ हरायो भन्दै सांसद यादवको प्रश्न, जानकारी गराउन सरकारलाई सभामुखको निर्देशन

ढल्केबरको ट्रमा सेन्टर कहाँ हरायो भन्दै सांसद यादवको प्रश्न, जानकारी गराउन सरकारलाई सभामुखको निर्देशन

धनुषाको ढल्केबरमा निर्माण गर्ने भनिएको ट्रमा सेन्टर अन्यत्र सारिएको विषयमा सदनलाई जानकारी गराउन सभामुख डोलप्रसाद अर्याल (डिपी)ले सरकारलाई निर्देशन दिएका छन् ।