नेभिगेशन
सबै कुरा

सरकारसँग भएको सहमतिप्रति असन्तुष्टि जनाउदै राहत शिक्षकहरुको आन्दोलन जारी

६ असोज, काठमाडौं । सरकारसँग भएको सहमतिप्रति असन्तुष्टि जनाउदै राहत शिक्षकहरुले शनिबार काठमाडौंमा प्रदर्शन गरेका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

शिक्षक महासंघ र केहि संगठनले राहत शिक्षकको मागलाई बेवास्ता गर्दै सरकारसंग सहमति गरेको भन्दै उनीहरुले शनिबार काठमाडौंको माइतिघरदेखि बानेश्वरसम्म विरोध प्रदर्शन गरेका हुन् । शुक्रबार सरकार र शिक्षकका प्रतिनिधिको छलफलबाट संसदमा दर्ता विद्यालय शिक्षा विधेयक संशोधन गर्ने समझदारी भएको थियो । तर समझदारीमा राहत शिक्षकको मागलाई समावेश गर्न नमान्दा आफुहरु आन्दोलनलाई निरन्तरता दिने अवस्थामा पुगेको राहत शिक्षकहरुले बताएका छन् ।

Ncell
Extreme Energy

२०७५ सालभन्दा अगाडिका ४० हजार शिक्षक विस्थापित नहुने गरी ऐन बन्नुपर्ने मागलाई सरकारले सुनुवाई नरहेको उनीहको भनाइ छ । सरकारसंगको वार्ताका क्रममा आफ्ना माग र मुद्दाहरु अघि सार्दा सम्बोधन गर्न सरकार तयार नभएकाले उक्त सहमति आफुहरुलाई स्वीकार्य नभएको बताएका छन् ।

उनीहरुले वार्ताका क्रममा आफुहरुलाई गृहमन्त्रीले दुव्र्यवहार गरेको आरोप लगाएका छन् । त्यस्तै राहत शिक्षकहरुले आफ्ना मागहरु पुरा नभएसम्म बिद्यालयहरु नफर्कने र आन्दोलन जारी राख्ने जनाएका छन् ।


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
शहीद दशरथ चन्द स्वास्थ्य विश्वविद्यालयमा उपकुलपति छनोट प्रक्रिया अघि बढ्यो

शहीद दशरथ चन्द स्वास्थ्य विश्वविद्यालयमा उपकुलपति छनोट प्रक्रिया अघि बढ्यो

बैठकले यसअघि विश्वविद्यालय सभामा रहेर योगदान पुर्‍याएका सबै सिनेटरप्रति धन्यवाद ज्ञापन गरेको छ।
एसईईको नतिजा सार्वजनिक

एसईईको नतिजा सार्वजनिक

विगतमा परीक्षा सम्पन्न भएको करिब तीन महिनामा नतिजा सार्वजनिक हुने गरेको भए पनि यस वर्ष शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले परीक्षा सुरु हुनुभन्दा पहिले नै बोर्डलाई एक...
यसरी हेर्न सकिन्छ एसईईको नतिजा

यसरी हेर्न सकिन्छ एसईईको नतिजा

८ वटा विश्वविद्यालयमा उपकुलपतिका लागि दरखास्त आह्वान

८ वटा विश्वविद्यालयमा उपकुलपतिका लागि दरखास्त आह्वान

समितिले ‘विभिन्न विश्वविद्यालयको उपकुलपति छनोट तथा सिफारिससम्बन्धी एकीकृत कार्यविधि, २०८३’ शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको ‘वेबसाइट’मा राखेको छ ।