नेभिगेशन
सबै कुरा

‘आँखै अघि हेलिकप्टर खस्दा पनि कसैलाई बचाउन सकिएन’

काठमाडौँ । शिवपुरी गाउँपालिका-७ का इन्द्रमान तामाङ बुधबार बिहान बाख्रा चराउन सूर्यचौरको डाँडामा थिए । अघिल्लो दिनरातभरकाे भिषण वर्षा केही मथ्थर भएर बिहान घाम पनि लागेको थियो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter


Ncell
Extreme Energy

तर, उच्च पहाडी भेग भएका कारण शिवपुरीको डाँडामा सधैँ कुहिरोले ढाक्छ । बाक्लो कुहिरो लागेको डाँडाको छेउैमा इन्द्रमान सुसेलो हाल्दै गोठालो गरिरहेका थिए । तर, एक्कासी दिउँसो २ बजे आसपास उनको नजिकैबाट हेलिकप्टर हुत्तिएर कुहिरोले ढाकेको डाँडामा पस्यो ।

‘आकस्मात हेलिकप्टर अनियन्त्रित भएर मोडिएको केही सेकेन्डै ठूलो पड्किएको आवाज आयो । दनदनी आगो बल्न थाल्यो,’ इन्द्रमानले सिधाकुरासँग भने, ‘मेरो मुटु काम्यो । हामी ८/९ जना गोठालेहरु दोडिएर आयौँ तर केही गर्न सकेनौँ ।’ सूर्य चौरका अर्का स्थानीय सान्तबहादुर तामाङ पनि सूर्यचौरमा थिए । उनलाई हेलिकप्टर जलेको भन्दै दौडन श्रीमतिले भनिन् । उनी हेलिकप्टर खसेको ठाउँतर्फ दौडिए । ‘घटनास्थल बलिरहेको थियो । मानिसहरु उछिट्टीएका थिए’ सान्तबहादुरले भने ।

अर्का एक स्थानीय गोठालेका अनुसार हेलिकप्टरको पङ्खा एक्कासी भिरको भित्तामा धसारिएको थियो र उछिट्टीएर काँडाको घारीमा खसेर दनदनी बलिरहेको थियो ।

घटनास्थलमा पुगेका अर्का एक स्थानीयले दनदनी बलेको हेलिकप्टरमा यात्रु छटपटाउँदै गरेको देखेर पनि बचाउन नसकेकोमा दुःख माने । ‘जल्दै गरेका मानिसहरु छटपटाई रहेका थिए । बचाउन सकिन्छ की भनेर माटो कोतरेर हाल्यौँ तर पर्यप्त भएन,’ ति स्थानीयले भने ।    

शिवपुरी-७ का वडाअध्यक्ष वीरबहादुर तामाङका अनुसार दुर्घटनास्थल पुग्दा पाइलट र यात्रुहरु कसैलाई पनि बचाउन सक्ने अवस्था थिएन । हेलिकप्टरमा भएको सबै इन्धन बलुन्जेल आगो लागिरह्यो ।

घटनास्थलमा उद्धारमा नेतृत्व गरेको सशस्त्र प्रहरी बल विशेष सुरक्षा इकाइका एसपी समिक कुमार मर्हजनकाअनुसार राउण्ड गरेर घुम्ने क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो । आफूहरु उद्धाकारका लागि घटनास्थल आइपुग्दा कसैलाई पनि जिवितै उद्धार गर्ने अवस्थामा नरहेको एसपी मर्हजनले बताए । तत्काल उपलब्ध उपकरणले आगो निभाउन र शव संकलन गर्न मात्रै सकेको उनको भनाई छ । ‘राउड गर्ने क्रममा खसेको भन्ने देखिन्छ । हामी आइपुग्दा जिवितै उद्धारको सम्भावना टरिसकेको थियो’ एसपी मर्हजनले  सिधाकुरासँग भने ।  

बुधबार बिहान नुवाकोटको सूर्यचौरमा भएको एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा पाइलट अरुण मल्लसहित ४ जना चिनियाँ नागरिकले ज्यान गुमाएका थिए । चिनियाँ पर्यटकलाई बोकेर क्याप्टेन अरुण मल्ल दिउँसो १ः५४ मा भक्तपुरकाे नलिनचाेकबाट उडेका थिए । उडान भरेको ३ मिनेटमै हेलिकप्टरसँगको सम्पर्क टुटेको थियो । उक्त हेलिकप्टर नुवाकोटको शिवपुरी गाउँपालिका–७ सूर्यचौरमा दुर्घटनाग्रस्त अवस्थामा झण्डै एक घण्टा पछि फेला परेको थियो । दिउँसो ३ बजे मात्रै हेलिकप्टरमा सवार पाइलटसहित ५ जनाकै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका सूचना अधिकारी डिएसपी तिलक भारतीले पुष्टी गरेका थिए । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
मधेशमा दरबार हाइस्कुलजस्तै उत्कृष्ट विद्यालयहरूकाे आवश्यकता छ: शिक्षाामन्त्री पोखरेल

मधेशमा दरबार हाइस्कुलजस्तै उत्कृष्ट विद्यालयहरूकाे आवश्यकता छ: शिक्षाामन्त्री पोखरेल

'सम्माननीय प्रधानमन्त्रीज्यूले मधेसमा वर्ल्ड क्लास विद्यालयहरू खुल्नुपर्छ भनेर मलाई सुझाव दिनुभएको छ, हाम्रो सल्लाह पनि भएको छ यो विषयमा,' उनले भने, 'हामी मधेसमा कम्तीमा सय वटा वर्ल्ड क्लास...
सशस्त्रका एआईजी वंशीराजले प्रधानमन्त्री बालेनमाथि सुराकी गरेको आरोप, अवकासको एक साताअघि निलम्बनको झट्का

सशस्त्रका एआईजी वंशीराजले प्रधानमन्त्री बालेनमाथि सुराकी गरेको आरोप, अवकासको एक साताअघि निलम्बनको झट्का

उनीमाथि लागेको मुख्य आरोप हो– सरकारी सूचनाको दुरुपयोग । एक जना उच्चतहको कर्मचारी, त्यसमा पनि उच्च सुरक्षा अधिकारी, सम्भवतः यो तहको कर्मचारीले सरकारी सूचना र पदसँग जोडिएको शक्तिको...
विश्वप्रकाश र पुष्पा निर्विरोध, उपसभापति र महामन्त्रीमा को को ?

विश्वप्रकाश र पुष्पा निर्विरोध, उपसभापति र महामन्त्रीमा को को ?

शर्मा र भुसाल यसअघि विशेष महाधिवेशनबाट सर्वसम्मत निर्वाचित उपसभापति हुन् । दुवै पदमा एक–एक जनाको मात्रै उम्मेदवारी परे पनि निर्वाचन समितिले औपचारिक रुपमा निर्विरोध निर्वाचित भएको घोषणा गरिसकेको...