नेभिगेशन
सबै कुरा

युक्रेनी आक्रमण रोक्न रुसको “आतङ्वाद विरोधी अभियान”

रूस र युक्रेनबीचको द्वन्द्वमा कियभको सबैभन्दा ठूलो आक्रमण रोक्न मस्कोले शनिबार युक्रेनसँग जोडिएका तीन सीमावर्ती क्षेत्रमा “आतङ्वाद विरोधी अभियान” सुरु गरेको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

विश्लेषकले युक्रेनीहरूले मङ्गलबार रुसको पश्चिमी कुर्स्क क्षेत्रमा आक्रमण गरेको र निरन्तर अघि बढ्ने क्रममा रहेको बताएका छन् ।

Extreme Energy

रूसले यस प्रक्रियालाई रोक्नका लागि 'ट्याङ्क रकेट लन्च'र र उड्डयन एकाईसहित अतिरिक्त सेना र उपकरणहरू सिमाक्षेत्रमा तैनाथ गरेको छ ।

रूसको आतङ्कवाद विरोधी समितिले शुक्रबार  बेलगोरोड, ब्रायन्स्क र कुर्स्क क्षेत्रमा आतङ्कवाद विरोधी अपरेसन बाट नागरिकको सुरक्षा सुनिश्चित गरी युक्रेनी खतरालाई नियन्त्रण गर्ने जनाएको छ ।  

अभियान सुरु गरिएका क्षेत्रमा आवगमन प्रतिबन्धित गरिएको, फोन कलहरूमा निगरानी गरिएको छ र यी क्षेत्रलाई “नो–गो जोन“ घोषणा गरी प्रमुख पूर्वाधारमा सुरक्षा कडा गरिएको छ ।

आतङ्कवाद विरोधी समितिले युक्रेनले रूसका धेरै क्षेत्रमा आक्रमण गर्ने प्रयास गरेको जनाएको छ ।

समितिले युक्रेनको आक्रमणलाई आतङ्कवादी आक्रमण घोषणा गर्दै कियभका सेनाले नागरिकमाथि आक्रमण गरेको र आवासीय भवनहरू ध्वस्त पारेको जनाएको छ ।

राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले यस हप्ताको सुरुमा रुसले युक्रेनविरुद्ध गरेको आक्रमणको नतिजालाई “महसुस“ गर्नुपर्ने भन्दै आफ्ना सेनाको प्रारम्भिक सफलता दावी गरेका थिए ।  

अभियानका क्रममा रूसमा आक्रमण गर्न खोज्ने २६ युक्रेनी ड्रोनलाई खसालिएको रूसले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
युक्रेन र रुसबीच युद्धविराम सुरु

युक्रेन र रुसबीच युद्धविराम सुरु

रुस र युक्रेनबीच एउटा क्षेत्रमा युद्धविराम (सीजफायर) सुरु भएको छ, जसको पुष्टि युक्रेन र अमेरिका दुवैले गरेका छन्।
ब्राजिलमा चुनाव हारेपछि पासपोर्ट रद्ध गरिएका बोल्सोनारो अमेरिका पुगे

ब्राजिलमा चुनाव हारेपछि पासपोर्ट रद्ध गरिएका बोल्सोनारो अमेरिका पुगे

ब्राजिलको राष्ट्रपति निर्वाचनमा पराजित भएपछि जाइर बोल्सोनारो ब्राजिल छाडेर अमेरिकाको फ्लोरिडा पुगेका छन्।
इजरायलमा २७ वर्षपछि धेरै मतदानको रेकर्ड, तर नेतन्याहूको पार्टीलाई धक्का !

इजरायलमा २७ वर्षपछि धेरै मतदानको रेकर्ड, तर नेतन्याहूको पार्टीलाई धक्का !

इजरायलमा मङ्गलबार सम्पन्न आमनिर्वाचनमा ७७.७ प्रतिशतको ऐतिहासिक मतदान भएको छ। केन्द्रीय निर्वाचन आयोगका अनुसार सन् १९९९ पछिकै यो सबैभन्दा उच्च मतदान प्रतिशत हो।
ट्रम्पको बाँकी दुई वर्षको कार्यकालको दिशा निर्धारण गर्न अमेरिकामा मध्यावधि निर्वाचन हुँदै

ट्रम्पको बाँकी दुई वर्षको कार्यकालको दिशा निर्धारण गर्न अमेरिकामा मध्यावधि निर्वाचन हुँदै

प्रतिनिधिसभाका ४३५ सिटमध्ये बहुमतका लागि २१८ सिट आवश्यक पर्छ । अहिले रिपब्लिकनसँग २१८ र डेमोक्रेटसँग २१४ सिट छन् । डेमोक्रेटले बहुमतका लागि कम्तीमा तीन सिटको खुद लाभ लिनुपर्नेछ...