नेभिगेशन
सबै कुरा

सर्लाहीमा एक युवक मृत फेला, हत्याको आशङ्का

मलङ्गवा (सर्लाही)। सर्लाहीको बरहथवा नगरपालिका–८ टाँडीमा आज एक युवक मृत फेला परेका छन् । टाँडी निवासी श्यामबाबु साहका छोरा १९ वर्षीय मुन्ना साह मृतावस्थामा फेला परेको सर्लाही प्रहरीले जनाएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

गाउँ नजिकै शैलेन्द्र रामको परालको भुस्सा राख्ने घरमा युवक मृत फेला परेको इलाका प्रहरी कार्यालय बरहथवाका प्रमुख एवं प्रहरी नायब उपरीक्षक गौतम थापाले जानकारी दिए । मृतक मुन्नाको घाँटीमा चोट देखिएकाले घटना शङ्कास्पद रहेको उनले बताए । 

Ncell
Extreme Energy

मृतकको शव परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज काठमाडाँै पठाएको छ । घटनाका विषयमा अनुसन्धानका लागि एक युवतीलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक बलिष्टर सिंहले जानकारी दिए  ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
वैदेशिक रोजगारीको नाममा ठगी गरेको अभियोगमा पक्राउ

वैदेशिक रोजगारीको नाममा ठगी गरेको अभियोगमा पक्राउ

पक्राउ परेकामध्ये गगन बहादुरले माल्दिभ्स पठाइदिन्छु भन्दै चार जनाबाट रु चार लाख ३० हजार, निर्जलले मलेसिया पठाइदिन्छु भन्दै एकजनाबाट रु तीन लाख ९० हजार र बल बहादुरले क्रोएसिया...
बन्दीको रकम असुली गरेको आरोपमा एक जना पक्राउ

बन्दीको रकम असुली गरेको आरोपमा एक जना पक्राउ

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मकेन्द्रकुमार मिश्रका अनुसार विराटनगर महानगरपालिका–८ बस्ने ४८ वर्षीय अभिषेक गिरीले मोरङ जिल्ला कारागार विराटनगरमा रहेका कैदीबन्दीहरूलाई अनुचित प्रभावमा पारेर अवैध...
लागूऔषधसहित १४ जना पक्राउ

लागूऔषधसहित १४ जना पक्राउ

केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार बाँकेबाट पाँच, मकवानपुरबाट तीन, कैलाली र दाङबाट दुई/दुई, सुनसरी र काठमाडौँबाट एकरएक जना पक्राउ परेका छन् ।
दुई राउन्ड गोलीसहित दुई जना युवालाई पक्राउ

दुई राउन्ड गोलीसहित दुई जना युवालाई पक्राउ

पक्राउ पर्नेमा सप्तरीको बलानबिहुल गाउँपालिका–३ का ३२ वर्षीय सुभाषकुमार पासमान र सोही स्थानका २२ वर्षीय धर्मेन्द्र सिंह रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक हेमराज घिमिरेले...