नेभिगेशन
सबै कुरा

राष्ट्रिय जनावर गाई चित्र अङ्कित ‘मेडालियन सिक्का’ सार्वजनिक

नेपाल राष्ट्र बैंक, टक्सार महाशाखाले सुन्धाराबाट बबरमहलस्थित नेपाल औषधि उद्योगको परिसरमा स्थानान्तरण भएपश्चात् पुराना उपकरण मर्मत गरी मुद्रणसम्बन्धी कार्य आरम्भ गरेको छ । 

महाशाखाले आजदेखि राष्ट्रिय जनावर गाईको चित्र अङ्कित ‘मेडालियन सिक्का’ को बिक्री वितरण सुरु गरेको छ । महाशाखाको कार्यालयमा आयोजित संक्षिप्त कार्यक्रममा गभर्नर महाप्रसाद अधिकारीले उक्त सिक्का सार्वजनिक गरे। 

महाशाखाले दश ग्राम र २५ ग्रामका दुई किसिमका चाँदीका मेडालियन सिक्का बिक्री सुरु गरेको हो । दस ग्राम सिक्काको रू एक हजार छ सय र २५ ग्राम सिक्काको रू चार हजार निर्धारण गरिएको छ । बैंकसँग मौज्दात रहेको चाँदीलाई लगाएर मेडालियन सिक्का टकमरी गरिएको जानकारी टक्सार महाशाखाले दिएको छ । 

दुवै सिक्कामा नौ सय ९९ टचको चाँदी प्रयोग गरिएको छ । दर उल्लेख नगरी निष्कासन गरिएको सिक्कालाई ‘मेडालियन’ भनिन्छ । सर्वसाधारणबाट हुने सिक्काको मागलाई दृष्टिगत गरी यसको टकमरीलाई निरन्तरता दिइने महाशाखाले जनाएको छ । बैंक सञ्चालक समितिको गत जेठ १९ गते बसेको बैठकले दस ग्राम र २५ ग्रामका मेडालियन सिक्काको टकमरी गर्न स्वीकृति दिएको थियो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
अर्थमन्त्री डा.स्वर्णिम वाग्लेद्धारा पूँजी बजार विकास र सुधारका उपाय पेस गर्न निर्देशन

अर्थमन्त्री डा.स्वर्णिम वाग्लेद्धारा पूँजी बजार विकास र सुधारका उपाय पेस गर्न निर्देशन

बैठकमा नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेल, नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा.गोपाल भट्ट, राष्ट्र बैंकका डेपुटी गभर्नर किरण पण्डित र नेपाल धितोपत्र बोर्डका उपकार्यकारी निर्देशक नारायण शर्मा...
उपत्यका बाहिरबाट ‘एलपी ग्यास सिलिन्डर’ मा ‘बोटलिङ’ गर्न थालियो

उपत्यका बाहिरबाट ‘एलपी ग्यास सिलिन्डर’ मा ‘बोटलिङ’ गर्न थालियो

पृथ्वी राजमार्गको कृष्णभीरमा सडक भासिएपछि संघीय राजधानी काठमाडौँ बाहिर खाना पकाउने ग्यास भरेर (बोटलिङ) लैजान थालिएको छ ।
बाढी पीडितका लागि पद्म ज्योति समूहको एक करोड सहयोग, प्रधानमन्त्री राहत कोषमा जम्मा

बाढी पीडितका लागि पद्म ज्योति समूहको एक करोड सहयोग, प्रधानमन्त्री राहत कोषमा जम्मा

रसुवा भोटेकोशी  बाढी प्रभावितका लागि पद्म ज्योति समूहले एक करोड रुपैयाँ सहयोग गरेको छ ।
चेम्बर र एनआरएनएबीच लगानी तथा व्यापार प्रवर्द्धनमा सहकार्य गर्ने समझदारी

चेम्बर र एनआरएनएबीच लगानी तथा व्यापार प्रवर्द्धनमा सहकार्य गर्ने समझदारी

नेपाल चेम्बर अफ कमर्स (एनसीसी) र गैरआवासीय नेपाली संघ (एनआरएनए), नेपालबीच नेपालमा लगानी प्रवर्द्धन, व्यापार तथा व्यवसाय विस्तार र आर्थिक सहकार्यका लागि समझदारी भएको छ।

भर्खरै