नेभिगेशन
सबै कुरा

सहकर्मी हत्याको विरोधमा भारतीय चिकित्सकहरु देशव्यापी हडतालमा

सहकर्मीको बलात्कार र हत्यापछि भारतीय चिकित्सकहरुले शनिबार राष्ट्रव्यापी विरोध र  हडताल गरेका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

 पूर्वी सहर कोलकाताको एक सरकारी अस्पतालमा अगस्ट ९ मा ३१ वर्षीया डाक्टरको रगतले लतपतिएको शव प्राप्त भएपछि देशव्यापी विरोध प्रदर्शन सुरु भएको हो ।

Ncell
Extreme Energy

स्वास्थ्यकर्मीहरुले हड्तालको नेतृत्व गरेका छन् भने  दोषीलाई कारबाहीको माग गर्दै दशौँ हजार सर्वसाधारण पनि हडतालमा सहभागी भएका छन् ।

 प्रदर्शनकारीहरु “निको हुने हातबाट रगत बग्न हुँदैन”, “इनफ इज इनफ” “बलात्कारीलाई फाँसी दे “ आदि लेखिएको प्लेकार्डसहित विरोधमा उत्रिएका छन् ।

मृतक चिकित्सकको शव शिक्षण अस्पतालको सेमिनार हलमा फेला परेको थियो । शवपरीक्षण प्रतिवेदनबाट यौन उत्पीडनको पुष्टि भएको छ भने  अदालतमा दर्ता भएको निवेदनमा पीडितका आमाबाबुले छोरीलाई सामूहिक बलात्कार गरेको आशङ्का व्यक्त गरेका छन् ।

कोलकाताको प्रहरीले उक्त मुद्दालाई गलत तरिकाले लिएको आरोप लगाई उच्च अदालतले “जनताको विश्वास जगाउन“ अनुसन्धानलाई भारतको शीर्ष केन्द्रीय अनुसन्धान ब्यूरोलाई हस्तान्तरण गरेको छ । 

 धेरै राज्यका सरकारी अस्पतालहरूमा उनीहरूले विरोध स्वरूप सोमबार वैकल्पिक सेवाहरू ‘अनिश्चित कालका लागि’ बन्द गरेका छन् । सरकारी तथा निजी दुवै प्रणालीमा धेरै चिकित्सा सङ्गठनहरूले हडतालको समर्थन गरेका छन् । 

हड्तालमा संलग्न चिकित्सकहरुले स्वास्थ्य सेवाकर्मीलाई हिंसाबाट जोगाउन केन्द्रीय सुरक्षा ऐन लागु गर्न माग गरिरहेका छन् । 

हडतालले नियमित स्वास्थ्य सेवा प्रवाहमा समेत  बाधा पुर्याएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
इरानी आक्रमणको खतरा बढेपछि बेलायतस्थित सैन्य अखडाबाट अमेरिकी बमवर्षक विमान फिर्ता

इरानी आक्रमणको खतरा बढेपछि बेलायतस्थित सैन्य अखडाबाट अमेरिकी बमवर्षक विमान फिर्ता

बेलायतको ग्लॉस्टरशायरस्थित आरएएफ फेयरफोर्ड सैन्य अखडा नजिकै आतंकवादी आक्रमणको सम्भावित प्रयास र सुरक्षा जोखिम बढेपछि अमेरिकाले त्यहाँ तैनाथ आफ्ना सबै 'बी-१' बमवर्षक (बोम्बर) विमानहरू फिर्ता लगेको छ ।
ककपिटमा छुरा रोपिएका पाइलटको मोदीसँग भिडियो कल, अस्पतालबाट के  भने ?

ककपिटमा छुरा रोपिएका पाइलटको मोदीसँग भिडियो कल, अस्पतालबाट के भने ?

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भिडिओ कलमा उनले भने, 'म घाइते भएर भुइँमा लडेको थिएँ, तर मैले भित्रबाट ढोका खोल्नका लागि अन्तिम प्रयास गर्ने निधो गरेँ।'
फेरी आन्दोलन चर्काउने तयारीमा ‘कक्रोच’

फेरी आन्दोलन चर्काउने तयारीमा ‘कक्रोच’

अनलाइन अभियानका रूपमा सुरु भएको उक्त आन्दोलनले यसअघि युवा बेरोजगारी र परीक्षाका प्रश्नपत्र चुहावटको विरोधमा व्यापक प्रदर्शन गरेको थियो । त्यसपछि शिक्षामन्त्रीले राजीनामा दिनुभएको थियो ।
जापानमा बढ्याे बेरोजगारी

जापानमा बढ्याे बेरोजगारी

आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयका अनुसार अगस्टमा रोजगारीमा रहेका व्यक्तिको सङ्ख्या अघिल्लो महिनाको तुलनामा ३० हजारले बढेर मौसमी रूपमा समायोजित छ करोड ८३ लाख ४० हजार पुगेको छ...

भर्खरै