नेभिगेशन
सबै कुरा

खुकुरी प्रहार गरेको आरोपमा एमालेबाट निर्वाचित वडाध्यक्षसहित ४ जना पक्राउ

बाँके । बाँकेमा २ युवालाई खुकुरी प्रहार गरेको आरोपमा वडाध्यक्षसहित ४ जना पक्राउ परेका छन् । जिल्लाको विनौनामा सन्दीप विष्ट र सुलभ मल्लमाथि खुकुरी प्रहार गरेको आरोपमा बाँकेकै राप्ती सोनारी गाउँपालिका–२ का एमालेबाट निर्वाचित वडाध्यक्ष ज्ञानेन्द्रराज वलीसहित ४  जनालाई प्रहरीले प्रक्राउ गरेको हो । 

गयराती भएको खुकुरी प्रहारबाट घाइते भएका युवाहरूको अवस्था गम्भिर भएका कारण उपचारका लागि भारत पठाइएको छ । उनीहरुलाई उपचारका लागि भारतको लखनउ रेफर गरिएको छ । 

City Express

उनीहरुमाथि गुन्डा नाइके चक्रे मिलन समूहमा आबद्ध वडा अध्यक्ष वलीसहित नारायण डाँगी, नवीन, लोके, ऋषि देवकोटा लगायतले खुकुरी प्रहार गरेको प्रारम्भिक अनुसन्धानमा देखिएको प्रहरीले जनाएको छ। सोही आरोपमा प्रहरीले उनीहरुलाई पक्राउ गरेर इलाका प्रहरी कार्यालय कोहलपुरमा राखेको छ । 

वडाध्यक्ष वली २०७९ को स्थानीय निर्वाचनमा एमालेबाट निर्वाचित भएका थिए। 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
मादक पदार्थ सेवन गरेका व्यक्तिको चिर्पट प्रहारबाट तनहुँका खुसीमान गुरुङको मृत्यु

मादक पदार्थ सेवन गरेका व्यक्तिको चिर्पट प्रहारबाट तनहुँका खुसीमान गुरुङको मृत्यु

मादक पदार्थ सेवन गरेका सोही स्थानका ७० वर्षीय खिमबहादुर गुरुङले खुसीमानको टाउकोमा चिर्पट प्रहार गर्दा  गम्भीर घाइते भएका उनको उपचारका क्रममा गए राति मृत्यु भएको हो ।
एमाले नेता पासाङ शेर्पा पक्राउ, बहुविवाह मुद्दामा भएको थियो जेलसहित जरिवानाको फैसला

एमाले नेता पासाङ शेर्पा पक्राउ, बहुविवाह मुद्दामा भएको थियो जेलसहित जरिवानाको फैसला

ताप्लेजुङका शेर्पालाई काठमाडौँको धुम्बारहीबाट पक्राउ गरिएको काठमाडौँ प्रहरी परिसरका प्रवक्ता एसपी पवन कुमार भट्टराईले जानकारी दिए ।
मष्टा समूहको सञ्चालक जीवन चलाउनेविरुद्ध मुद्दा दायर

मष्टा समूहको सञ्चालक जीवन चलाउनेविरुद्ध मुद्दा दायर

चलाउनेले रु दुई अर्ब सात करोड ६२ लाख १३ हजार ५१६ बराबरको सम्पत्ति शुद्धीकरण गरेको अनुसन्धानमा देखिएको विभागले जनाएको छ ।
पाँचथरमा छोराद्वारा ६९ वर्षीय बाबुको हत्या

पाँचथरमा छोराद्वारा ६९ वर्षीय बाबुको हत्या

युवराज आइतबार बिहान १०ः३० बजे घरदेखि करिब ५०० मिटर उत्तरतर्फ करेसाबारीमा मृत फेला परेका थिए । मृत युवराजको शरीरका विभिन्न भागमा चोटपटक देखिएपछि हत्याको आशङ्कामा प्रहरीले अनुसन्धान अघि...

भर्खरै