नेभिगेशन
सबै कुरा

खुकुरी प्रहार गरेको आरोपमा एमालेबाट निर्वाचित वडाध्यक्षसहित ४ जना पक्राउ

बाँके । बाँकेमा २ युवालाई खुकुरी प्रहार गरेको आरोपमा वडाध्यक्षसहित ४ जना पक्राउ परेका छन् । जिल्लाको विनौनामा सन्दीप विष्ट र सुलभ मल्लमाथि खुकुरी प्रहार गरेको आरोपमा बाँकेकै राप्ती सोनारी गाउँपालिका–२ का एमालेबाट निर्वाचित वडाध्यक्ष ज्ञानेन्द्रराज वलीसहित ४  जनालाई प्रहरीले प्रक्राउ गरेको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

गयराती भएको खुकुरी प्रहारबाट घाइते भएका युवाहरूको अवस्था गम्भिर भएका कारण उपचारका लागि भारत पठाइएको छ । उनीहरुलाई उपचारका लागि भारतको लखनउ रेफर गरिएको छ । 

Ncell
Extreme Energy

उनीहरुमाथि गुन्डा नाइके चक्रे मिलन समूहमा आबद्ध वडा अध्यक्ष वलीसहित नारायण डाँगी, नवीन, लोके, ऋषि देवकोटा लगायतले खुकुरी प्रहार गरेको प्रारम्भिक अनुसन्धानमा देखिएको प्रहरीले जनाएको छ। सोही आरोपमा प्रहरीले उनीहरुलाई पक्राउ गरेर इलाका प्रहरी कार्यालय कोहलपुरमा राखेको छ । 

वडाध्यक्ष वली २०७९ को स्थानीय निर्वाचनमा एमालेबाट निर्वाचित भएका थिए। 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
घुससहित भूमि प्रशासनका कर्मचारी र लेखापढी व्यवसायी नियन्त्रणमा

घुससहित भूमि प्रशासनका कर्मचारी र लेखापढी व्यवसायी नियन्त्रणमा

आयोगका प्रवक्ता सुरेश न्यौपानेले आयोगको टोलीले रु तीन लाख घुस÷रिसवतबापतको रकम र स्रोत नखुलेको रु २४ हजार ८९० सहित ललितपुर महानगर वडा नं ४ स्थित एक होटलबाट शुक्रबार...
सशस्त्र प्रहरीको विद्यालयमा ११ करोड हिनामिना गर्ने इन्स्पेक्टर कल्पना सहित प्रेमीमाथि अख्तियारको अनुसन्धान

सशस्त्र प्रहरीको विद्यालयमा ११ करोड हिनामिना गर्ने इन्स्पेक्टर कल्पना सहित प्रेमीमाथि अख्तियारको अनुसन्धान

सशस्त्र प्रहरीको कीर्तिपुरस्थित विद्यालयमा ११ करोड भन्दा बढी रकम हिनामिना गरेको आरोपमा पक्राउ परेका  सशस्त्र प्रहरीकी इन्स्पेक्टर कल्पना गुरुङ र प्रेमी टासी भन्ने लीलाबहादुर लामामाथि अख्तियार दुरुपयोग अनुसन्धान...
त्रिवि एमबिएस प्रथम सत्रको प्रश्नपत्र कसरी बाहिरियो? अहिलेसम्म केके भयो?

त्रिवि एमबिएस प्रथम सत्रको प्रश्नपत्र कसरी बाहिरियो? अहिलेसम्म केके भयो?

त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत मास्टर्स अफ बिजनेश स्टडिज (एमबिएस) प्रथम सत्रको प्रश्नपत्र परीक्षा सुरु भएको केही मिनेटमै सामाजिक सञ्जालमा बाहिरिएको घटनाले सार्वजनिक भएको छ।
काठमाडौँमा ११ हजार बढी अपराधका घटना दर्ता, सबैभन्दा बढी बैंकिङ  कसुरका

काठमाडौँमा ११ हजार बढी अपराधका घटना दर्ता, सबैभन्दा बढी बैंकिङ कसुरका

काठमाडौँ प्रहरी परिसरले शुक्रबार पत्रकार सम्मेलन गर्दै आर्थिक वर्ष २०८२/८३ मा ११ हजार ८७ वटा अपराधको मुद्दा दर्ता भएको र ८ हजार ५ सय ७११ जनालाई पक्राउ गरिएको...

भर्खरै