नेभिगेशन
सबै कुरा

लोकतान्त्रिक प्रणालीलाई असर गर्ने कुनै कार्य स्वीकार्य हुँदैन : बेदुराम भुसाल

काठमाडाैँ । नेकपा एकीकृत समाजवादीका नेता एवं राष्ट्रियसभा सदस्य बेदुराम भुसालले लोकतान्त्रिक प्रणालीलाई असर गर्ने कुनै पनि काम स्वीकार्य नहुने बताएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

आइतबार राष्ट्रियसभा बैठकको बिशेष समयमा बोल्दै भुसालले अहिले संविधान संशोधनको चर्चा चलिरहेको भन्दै त्यसका नाममा लोकतन्त्रीक प्रणालीलाई असर गर्ने कुनै पनि काम स्वीकार्य नहुने बताएका हुन् । 

Ncell
Extreme Energy

संविधान संशोधनको उदेश्य स्पष्ट हुन नसकेको भन्दै भुसालले दुई दलीय व्यवस्था कायम गर्ने वा समानुपातिक समावेशी हटाउने काम स्वीकार्य नहुने स्पष्ट पारे । उनले दुई दलका बीचमा सहमतिलाई राष्ट्रिय सहमतिको भाष्य सिर्जना गर्न खोजिएको भन्दै दुई दलका बीचमा हुने सहमति राष्ट्रिय सहमति हुन नसक्ने धारणा राखे । 

भुसालले संविधान निर्माणपछि बनाउनुपर्ने कानूनमा सरकारले गरेको कामका बारेमा सदनलाई जानकारी हुनुपर्ने बताए । 

महत्वपूर्ण विधेयकहरु निर्माणको गति निकै सुस्त भएको उनले बताए । उनले साच्चै संविधान संशोधन गर्ने हो भने राष्ट्रिय बहसको आवश्यकता पर्ने जिकिर गरे ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
प्रतिनिधिसभाको दोस्रो अधिवेशनः ६२ दिनका ६८ बैठकमा के-के भयाे

प्रतिनिधिसभाको दोस्रो अधिवेशनः ६२ दिनका ६८ बैठकमा के-के भयाे

गत वैशाख २८ गतेदेखि आजसम्म गरी कुल १४५ दिन भए पनि संसदीय कार्य दिन ६२ कायम भएको हो । सभामुख डोलप्रसाद अर्यालले दोस्रो अधिवेशनको अन्त्यको घोषणा गर्नुपूर्व अधिवेशनमा...
रास्वपा सचेतक क्रान्तिशिखाको आग्रह– नयाँ घटना आएपछि अघिल्लो पीडा नबिर्सौं

रास्वपा सचेतक क्रान्तिशिखाको आग्रह– नयाँ घटना आएपछि अघिल्लो पीडा नबिर्सौं

रास्वपा सचेतक क्रान्तिशिखा धितालले नयाँ घटना आउना साथ पुरानो घटना र त्यसले दिएको पीडा नभुल्न सरकारलाई आग्रह गरेकी छन् ।
राष्ट्रसंघ महासभामा नेपालले के भन्यो ? परराष्ट्रमन्त्रीले संसद्लाई गराए जानकारी

राष्ट्रसंघ महासभामा नेपालले के भन्यो ? परराष्ट्रमन्त्रीले संसद्लाई गराए जानकारी

परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा नेपालको सहभागिताबारे प्रतिनिधिसभाको आजको बैठकलाई जानकारी गराएका छन् ।
सरकारले जनअपेक्षाबमोजिम काम गर्न सकेनः आङ्देम्बे

सरकारले जनअपेक्षाबमोजिम काम गर्न सकेनः आङ्देम्बे

प्रमुख प्रतिपक्षी दलका नेता भीष्मराज आङ्देम्बेले वर्तमान सरकारका छ महिना जनअपेक्षाबमोजिम उपलब्धिपूर्ण हुन नसकेको र सङ्क्रमणकालकै निरन्तरता भएको बताएका छन् ।

भर्खरै