नेभिगेशन
सबै कुरा

लोकतान्त्रिक प्रणालीलाई असर गर्ने कुनै कार्य स्वीकार्य हुँदैन : बेदुराम भुसाल

काठमाडाैँ । नेकपा एकीकृत समाजवादीका नेता एवं राष्ट्रियसभा सदस्य बेदुराम भुसालले लोकतान्त्रिक प्रणालीलाई असर गर्ने कुनै पनि काम स्वीकार्य नहुने बताएका छन् । 

आइतबार राष्ट्रियसभा बैठकको बिशेष समयमा बोल्दै भुसालले अहिले संविधान संशोधनको चर्चा चलिरहेको भन्दै त्यसका नाममा लोकतन्त्रीक प्रणालीलाई असर गर्ने कुनै पनि काम स्वीकार्य नहुने बताएका हुन् । 

संविधान संशोधनको उदेश्य स्पष्ट हुन नसकेको भन्दै भुसालले दुई दलीय व्यवस्था कायम गर्ने वा समानुपातिक समावेशी हटाउने काम स्वीकार्य नहुने स्पष्ट पारे । उनले दुई दलका बीचमा सहमतिलाई राष्ट्रिय सहमतिको भाष्य सिर्जना गर्न खोजिएको भन्दै दुई दलका बीचमा हुने सहमति राष्ट्रिय सहमति हुन नसक्ने धारणा राखे । 

भुसालले संविधान निर्माणपछि बनाउनुपर्ने कानूनमा सरकारले गरेको कामका बारेमा सदनलाई जानकारी हुनुपर्ने बताए । 

महत्वपूर्ण विधेयकहरु निर्माणको गति निकै सुस्त भएको उनले बताए । उनले साच्चै संविधान संशोधन गर्ने हो भने राष्ट्रिय बहसको आवश्यकता पर्ने जिकिर गरे ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
७१ सेवा केन्द्रमा तीव्र गतिको इन्टरनेट जडान गर्दै काठमाडौँ महानगरपालिका

७१ सेवा केन्द्रमा तीव्र गतिको इन्टरनेट जडान गर्दै काठमाडौँ महानगरपालिका

कामपाले आफ्ना मातहतमा रहेका स्वास्थ्य प्रवर्द्धन केन्द्र, वडा कार्यालयलगायत अन्य सेवा केन्द्रहरूमा तीव्र गतिको ब्रोडब्यान्ड इन्टरनेट (फाइबर टू द होम–एफटिटिएच) जडान प्रक्रिया अघि बढाएको कामपाको प्रशासन शाखा प्रमुख...
राष्ट्रपति पौडेल स्वदेश फिर्ता

राष्ट्रपति पौडेल स्वदेश फिर्ता

उनलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, परराष्ट्र सचिव अमृतबहादुर राई, नेपालका लागि कतारका राजदूत, सुरक्षा निकायका प्रमुखलगायतले स्वागत गरेका थिए ।...
सौराहामा रास्वपाको विस्तारित बैठक: ५ सय बढी प्रतिनिधिको यसरी हुँदै छ व्यवस्थापन

सौराहामा रास्वपाको विस्तारित बैठक: ५ सय बढी प्रतिनिधिको यसरी हुँदै छ व्यवस्थापन

संयोजक ढकालका अनुसार विस्तारित बैठकको ७० प्रतिशत बढी तयारी सकिएको छ । हल व्यवस्थापन, लजिस्टिक व्यवस्थापन लगायतका कामहरू लगभग सकिएका छन् । बिहीबार बाटै प्रतिनिधिहरू चितवन आउने क्रममा...