नेभिगेशन
सबै कुरा

एआईबाट भ्रामक फोटो भिडियो बनाएर चरित्रहत्या गर्ने एकजना पक्राउ

काठमाडाैँ । सामाजिक सञ्जाल तथा अन्य डिजिटल प्लेटफर्ममा एआईको प्रयोग गरी भ्रामक फोटो भिडियो बनाएर सार्वजनिक गर्ने एक जना पक्राउ परेका छन् । नेपाल प्रहरीको साइबर ब्यूरोले चरित्रमा आघात पुर्याउने गरी श्रव्य दृश्य सामग्री बनाएर सार्वजनिक गर्ने बाजुराका रमेश बहादुर रावतलाई पक्राउ गरेको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

ब्यूरोले प्राय विशिष्ट व्यक्तिका फोटो भिडियोलाई तोडमोड गरेर चरित्रहत्या गर्ने र सामाजिक, पारिवारिक र राजनैतिक छविमा असर पुग्ने किसिमका सामाग्री उत्पादन र सार्वजनिक गरेको कसुरमा बाजुराको खप्तड छेडेदह गाउँपालिका ५ का रमेश बहादुर रावतलाई पक्राउ गरेको हो । रावतलाई साउन ३२ गते सिन्धुपाल्चोकबाट पक्राउ गरि काठमाडौँ जिल्ला अदालतबाट ४ दिनको म्याद थपेर अनुसन्धान गरिरहेको जनाएको छ । 

Ncell
Extreme Energy

पक्राउ परेका रावतविरुद्ध विद्युतिय कारोबार ऐन, २०६३ अन्तर्गत मुद्दा दर्ता भएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
वैदेशिक रोजगारीको नाममा ठगी गरेको अभियोगमा पक्राउ

वैदेशिक रोजगारीको नाममा ठगी गरेको अभियोगमा पक्राउ

पक्राउ परेकामध्ये गगन बहादुरले माल्दिभ्स पठाइदिन्छु भन्दै चार जनाबाट रु चार लाख ३० हजार, निर्जलले मलेसिया पठाइदिन्छु भन्दै एकजनाबाट रु तीन लाख ९० हजार र बल बहादुरले क्रोएसिया...
बन्दीको रकम असुली गरेको आरोपमा एक जना पक्राउ

बन्दीको रकम असुली गरेको आरोपमा एक जना पक्राउ

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मकेन्द्रकुमार मिश्रका अनुसार विराटनगर महानगरपालिका–८ बस्ने ४८ वर्षीय अभिषेक गिरीले मोरङ जिल्ला कारागार विराटनगरमा रहेका कैदीबन्दीहरूलाई अनुचित प्रभावमा पारेर अवैध...
लागूऔषधसहित १४ जना पक्राउ

लागूऔषधसहित १४ जना पक्राउ

केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार बाँकेबाट पाँच, मकवानपुरबाट तीन, कैलाली र दाङबाट दुई/दुई, सुनसरी र काठमाडौँबाट एकरएक जना पक्राउ परेका छन् ।
दुई राउन्ड गोलीसहित दुई जना युवालाई पक्राउ

दुई राउन्ड गोलीसहित दुई जना युवालाई पक्राउ

पक्राउ पर्नेमा सप्तरीको बलानबिहुल गाउँपालिका–३ का ३२ वर्षीय सुभाषकुमार पासमान र सोही स्थानका २२ वर्षीय धर्मेन्द्र सिंह रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक हेमराज घिमिरेले...