नेभिगेशन
सबै कुरा

एआईबाट भ्रामक फोटो भिडियो बनाएर चरित्रहत्या गर्ने एकजना पक्राउ

काठमाडाैँ । सामाजिक सञ्जाल तथा अन्य डिजिटल प्लेटफर्ममा एआईको प्रयोग गरी भ्रामक फोटो भिडियो बनाएर सार्वजनिक गर्ने एक जना पक्राउ परेका छन् । नेपाल प्रहरीको साइबर ब्यूरोले चरित्रमा आघात पुर्याउने गरी श्रव्य दृश्य सामग्री बनाएर सार्वजनिक गर्ने बाजुराका रमेश बहादुर रावतलाई पक्राउ गरेको हो । 

ब्यूरोले प्राय विशिष्ट व्यक्तिका फोटो भिडियोलाई तोडमोड गरेर चरित्रहत्या गर्ने र सामाजिक, पारिवारिक र राजनैतिक छविमा असर पुग्ने किसिमका सामाग्री उत्पादन र सार्वजनिक गरेको कसुरमा बाजुराको खप्तड छेडेदह गाउँपालिका ५ का रमेश बहादुर रावतलाई पक्राउ गरेको हो । रावतलाई साउन ३२ गते सिन्धुपाल्चोकबाट पक्राउ गरि काठमाडौँ जिल्ला अदालतबाट ४ दिनको म्याद थपेर अनुसन्धान गरिरहेको जनाएको छ । 

Dish Home
Global Ime Bank

पक्राउ परेका रावतविरुद्ध विद्युतिय कारोबार ऐन, २०६३ अन्तर्गत मुद्दा दर्ता भएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
प्रहरीकाे 'अपरेसन फोस्टर डेल्टा' : ८ वर्षदेखि नक्कली कागजात बनाउने गिरोह पक्राउ

प्रहरीकाे 'अपरेसन फोस्टर डेल्टा' : ८ वर्षदेखि नक्कली कागजात बनाउने गिरोह पक्राउ

काठमाडौँको एक गिरोह जसले वर्षौँदेखि नक्कली जग्गाधनी पुर्जा, लाइसेन्स, नागरिकतादेखि शैक्षिक प्रमाणपत्र मात्रै हैन आधा दर्जन बढी सरकारी निकायबाट प्रदान हुने सरकारी कागजात बनाएर बजार पठाउने गरेका थिए...
८ वर्षयता नक्कली लाइसेन्सदेखि जग्गाधनी पूर्जासमेत बनाउने गिरोह पक्राउ (तस्विरहरु)

८ वर्षयता नक्कली लाइसेन्सदेखि जग्गाधनी पूर्जासमेत बनाउने गिरोह पक्राउ (तस्विरहरु)

काठमाडौँको तारकेश्वर नगरपालिकामा रहेको कीर्ते कागजात बनाउने कारखानामा नेपाल प्रहरीले छापा मारेको छ । तारकेश्वर नगरपालिका–७ स्थित फुटुङमा विभिन्न सरकारी कार्यालय, स्थानीय तह, बैंक तथा वित्तीय संस्था, शैक्षिक...
टेरामक्स प्रकरणः पूर्वमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सांसद मोहन बस्नेतको पद स्वतः निलम्बन

टेरामक्स प्रकरणः पूर्वमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सांसद मोहन बस्नेतको पद स्वतः निलम्बन

टेरामक्स प्रकरणमा मुछिएका पूर्वमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सांसद मोहन बस्नेतको सांसद् पद स्वतः निलम्बन भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेरामक्स प्रकरणमा उनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेसँगै...
अर्थ मन्त्रालयको बेरुजु ७० प्रतिशत बढी, अन्यको कति ?

अर्थ मन्त्रालयको बेरुजु ७० प्रतिशत बढी, अन्यको कति ?

आर्थिक वर्ष २०८०/८१ मा सबैभन्दा धेरै बेरुजु अर्थ र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा भएको देखिएको छ । महालेखा परीक्षकको ६२औँ वार्षिक प्रतिवेदनका अनुसार सरकारका मन्त्रालयहरूमध्ये सबैभन्दा बढी...

भर्खरै