नेभिगेशन
सबै कुरा

प्रधानमन्त्री ओलीले लिए हिमताल विस्फोट र क्षतिबारे जानकारी

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–५, थामेखोलामा गत साउन ३२ को हिमताल बिस्फोट र त्यसबाट भएको क्षतिको प्रारम्भिक विवरणबारे आज जानकारी लिएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

घटनास्थलमा पुगेर फर्किएका रक्षामन्त्री मानवीर राई, जनप्रतिनिधि र सम्बन्धित निकायका उच्चाधिकारीबाट आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा प्रधानमन्त्री ओलीलाई सो विवरण अवगत गराइएको हो । त्यहाँको अवस्थाबारे जानकारी लिएपछि प्रधानमन्त्री ओलीले केन्द्र सरकारका तर्फबाट तत्काल गर्नुपर्ने काम र निर्णय गर्ने प्रतिबद्धता व्यक्त गरे ।

Ncell
Extreme Energy

सो अवसरमा रक्षामन्त्री राई, सङ्घीय सांसद सोनाम गेल्जेन शेर्पा, कोसी प्रदेशसभा सदस्य बुद्धिबहादुर राजभण्डारी, मुख्यसचिव लीलादेवी गड्तौला, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेल, गाउँपालिकाका अध्यक्ष मिङ्मा छिरी शेर्पा, उपाध्यक्ष टासी ल्हमु शेर्पालगायत उपस्थित थिए ।

स्थलगत प्रतिवेदनमा तत्कालका लागि खाद्यान्नलगायतका राहत र क्षतिपूर्तिका साथै बिजुली, टेलिफोनलगायत अत्यावश्यक सेवा सञ्चालन हुनुपर्ने उल्लेख छ । क्षतिको विस्तृत विवरण अध्ययन गरी अन्य हिमतालको जोखिमको अवस्थाबारे विभिन्न क्षेत्रका विषय विज्ञको संयुक्त टोलीबाट अध्ययन हुनुपर्ने र पुनःनिर्माणको योजना बनाइ कार्यान्वयन गर्नुपर्ने जनाइएको छ । 

विस्फोटपछिको बाढी र पहिरोका कारण १७ घर र एक विद्यालय ध्वस्त भएको थियो । दिउँसोको समयमा घटना भएको र पूर्वसूचना प्रणाली अपनाइएकाले मानवीय क्षति हुनबाट जोगिएको प्रतिवेदनमा उल्लेख छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
पक्राउ पूर्जी जारी भएका कांग्रेसबाट निर्वाचित प्रतापपुर गाउँपालिका अध्यक्ष यादवलाई प्रहरीकै संरक्षण

पक्राउ पूर्जी जारी भएका कांग्रेसबाट निर्वाचित प्रतापपुर गाउँपालिका अध्यक्ष यादवलाई प्रहरीकै संरक्षण

पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकाका अध्यक्ष उमेश चन्द्र यादवविरुद्ध पक्राउ पूर्जी जारी गरिएको छ । सरकारी छाप र लेटरप्याड कीर्ते गरी दुरुपयोग गरेको अभियोगमा प्रहरीमा जाहेरी परेपछि जिल्ला अदालत...
संसदीय समितिले बोलायो ऊर्जामन्त्री श्रेष्ठ, यस्ता छन् एजेण्डा

संसदीय समितिले बोलायो ऊर्जामन्त्री श्रेष्ठ, यस्ता छन् एजेण्डा

प्रतिनिधि सभाको पूर्वाधार विकास समितिले उर्जा जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठलाई बोलाएको छ ।
तीनवटा संसदीय समितिको बैठक बस्दै

तीनवटा संसदीय समितिको बैठक बस्दै

प्रतिनिधि सभाका तीनवटा संसदीय समितिको बैठक बस्दैछ ।
प्रतिनिधिसभाको बैठक बस्दै, चारवटा विधेयक प्रस्तुत हुने

प्रतिनिधिसभाको बैठक बस्दै, चारवटा विधेयक प्रस्तुत हुने

संघीय संसद् प्रतिनिधिसभाको बैठक आज बस्दैछ । दिउँसो १ बजे सिंहदरबारमा बस्ने बैठकमा चारवटा विधेयक प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ ।