नेभिगेशन
सबै कुरा

पहिरोमा ज्यान गुमाएका परिवारलाई प्रतिव्यक्ति एक लाख दिने

कैलाली । बझाङको बुङ्गल नगरपालिका–१० टुमेडागाउँमा पहिरोमा परी मृत्यु भएका परिवारलाई सुदूरपश्चिम प्रदेश सरकारले प्रतिव्यक्ति रु एक लाख दिने घोषणा गरेको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

आज सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आज प्रेस विज्ञप्ति जारी गर्दै मृतकका परिवारलाई राहत स्वरुप सो रकम प्रदान गर्ने घोषणा गरेका हुन् । यही भदौ २ गते राति १ बजे परेको अविरल बर्षाका कारण टुमेडागाउँका वीरबहादुर धामीको घर पहिरोले पुरिँदा निज धामीको ५५ वर्षीया धर्मपत्नी काली धामी, २५ वर्षीया जेठी बुहारी गोल्की धामी, छ वर्षीया नातिनी आकृति धामी र तीन वर्षीया नातिनी लक्ष्मी धामी गरी चार जनाको ज्यान गएको थियो ।

Ncell
Extreme Energy

मुख्यमन्त्री शाहले पहिरोमा ज्यान गुमाएका परिवारप्रति समवेदना प्रकट गर्दै घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् । साथै तत्काल उद्धार तथा राहत कार्यमा सङ्लग्न हुन सम्बन्धित निकायलाई निर्देशन दिइएको जारी प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
भोटेकोशी बाढीले बगाएका नौ शव तनहुँमा भेटिए

भोटेकोशी बाढीले बगाएका नौ शव तनहुँमा भेटिए

रसुवामा बुधबार आएको बाढीले बगाएर ल्याएका नौ वटा शव तनहुँमा फेला परेका छन् । तीमध्ये केही शव क्षतविक्षत अवस्थामा रहेको प्रहरीले जनाएको छ ।
बिहानैदेखि हेलिकप्टरमार्फत उद्धारमा सक्रिय सेना

बिहानैदेखि हेलिकप्टरमार्फत उद्धारमा सक्रिय सेना

रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण घाइते तथा जोखिममा परेका नागरिकको आज बिहानैदेखि नेपाली सेना र निजी क्षेत्रका हेलिकप्टरमार्फत उद्धार थालिएको छ ।
आइपुग्यो भारतले पठाएको १० टन राहत सामग्री, सेनाले  प्रभावित क्षेत्रमा राति नै पठायो आठ टन सामग्री

आइपुग्यो भारतले पठाएको १० टन राहत सामग्री, सेनाले  प्रभावित क्षेत्रमा राति नै पठायो आठ टन सामग्री

रसुवा भोटेकोशी बाढीपीडितका लागि भारत सरकारले पठाएको १० टन राहत सामग्री नेपाल आइपुगेको छ ।
विज्ञहरुको चेतावनी,  'चीनको हिमतालमा अझै अवरोध छ, दोस्रो बाढी आउन सक्छ'

विज्ञहरुको चेतावनी,  'चीनको हिमतालमा अझै अवरोध छ, दोस्रो बाढी आउन सक्छ'

रसुवामा बुधबार बिहान आएको भीषण आकस्मिक बाढीले ठूलो जनधनको क्षति पुर्याएको छ । भोटेकोशी र त्रिशूली नदी प्रणाली हुँदै पानी, गेग्रान र ठूला ढुङ्गासहितको शक्तिशाली बाढी बगेपछि तल्लो...