नेभिगेशन
सबै कुरा

पहिरोमा ज्यान गुमाएका परिवारलाई प्रतिव्यक्ति एक लाख दिने

कैलाली । बझाङको बुङ्गल नगरपालिका–१० टुमेडागाउँमा पहिरोमा परी मृत्यु भएका परिवारलाई सुदूरपश्चिम प्रदेश सरकारले प्रतिव्यक्ति रु एक लाख दिने घोषणा गरेको छ ।

आज सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आज प्रेस विज्ञप्ति जारी गर्दै मृतकका परिवारलाई राहत स्वरुप सो रकम प्रदान गर्ने घोषणा गरेका हुन् । यही भदौ २ गते राति १ बजे परेको अविरल बर्षाका कारण टुमेडागाउँका वीरबहादुर धामीको घर पहिरोले पुरिँदा निज धामीको ५५ वर्षीया धर्मपत्नी काली धामी, २५ वर्षीया जेठी बुहारी गोल्की धामी, छ वर्षीया नातिनी आकृति धामी र तीन वर्षीया नातिनी लक्ष्मी धामी गरी चार जनाको ज्यान गएको थियो ।

Dish Home
Global Ime Bank

मुख्यमन्त्री शाहले पहिरोमा ज्यान गुमाएका परिवारप्रति समवेदना प्रकट गर्दै घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् । साथै तत्काल उद्धार तथा राहत कार्यमा सङ्लग्न हुन सम्बन्धित निकायलाई निर्देशन दिइएको जारी प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
माओवादीले लुटतन्त्रको रक्षाका लागि सरकारसँग सम्झौता गर्योः राजेन्द्र लिङ्देन

माओवादीले लुटतन्त्रको रक्षाका लागि सरकारसँग सम्झौता गर्योः राजेन्द्र लिङ्देन

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले नेकपा माओवादी केन्द्रले भिजिट भिसा प्रकरणमा सरकारसँग लुटतन्त्रका लागि सम्झौता गरेको आरोप लगाएका छन् । भिजिट भिसा प्रकरणमा माओवादी केन्द्रले आफूहरुले सरकारसँग...
सभामुखले विरोधका बाजुद अघि बढाए संसद बैठक

सभामुखले विरोधका बाजुद अघि बढाए संसद बैठक

विपक्षी दलहरु राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सदनमा अवरोध गरेका थिए । सभामुख देवराज घिमिरेले बैठक आरम्भ गरेपछि उनीहरुले उठेर विरोध जनाएका थिए...
सदनमा राप्रपा र रास्वपाको विरोध, माओवादी पछि हट्यो

सदनमा राप्रपा र रास्वपाको विरोध, माओवादी पछि हट्यो

सभामुख देवराज घिमिरेले बैठक आरम्भ गरेपछि उनीहरुले उठेर विरोध जनाएका थिए । त्यसपछि सभामुख देवराज घिमिरेले दलीय आधारमा बोल्नको लागि माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेलाई बोल्नको लागि...
अब संसद खुल्छः प्रचण्ड

अब संसद खुल्छः प्रचण्ड

नेकपा माओवादी के‍न्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अब संसद बैठक चल्ने बताएका छन् । एमाले र कांग्रेससँग सहमतिपछि प्रचण्डले यस्तो बताएका हुन् ।