नेभिगेशन
सबै कुरा

दिवङ्गत भएका आफन्तको सम्झनामा गाईजात्रा पर्व मनाइँदै

काठमाडौँ । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ आज विभिन्न कार्यक्रमको आयोजना गरी देशभर आरम्भ गरिँँदैछ। 

एक वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा आजका दिन गाई वा मानिसलाई गाईका रूपमा सिँगारी आ–आफ्ना क्षेत्रमा परिक्रमा गराउने र उनीहरूलाई श्रद्धालुद्वारा दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान दिने चलन छ । यसरी नगरपरिक्रमा गर्नाले वर्षभरि मृत्यु भएका व्यक्तिहरू गाईको पुच्छर समाई वैतरणी पार हुन्छन् भन्ने धार्मिक विश्वास छ । 

Dish Home
Global Ime Bank

राजा प्रताप मल्लले पुत्रशोकले विह्वल भएकी आफ्नी रानीलाई दुनियाँले पनि यस्तै शोक बेहोर्नुपर्छ भन्ने देखाउन ‘जनतालाई आ–आफ्नो घरका मरेका व्यक्तिका नाममा गाईजात्रा निकाली सहर परिक्रमा गराउनू’ भनी आज्ञा दिएका आधारमा यो पर्व सुरु भएको ऐतिहासिक तथ्य छ । यसबाट पनि रानीको मन शान्त हुन नसकेकाले विभिन्न प्रकारका प्रहसन तथा व्यङ्ग्यात्मक कार्यक्रम समेत गराउने आदेश दिएअनुरूप हास्यव्यङ्ग्यको प्रचलन चलेको हो भन्ने जनश्रुति पाइन्छ । 

प्रताप मल्लको पालादेखि प्रचलनमा आएको गाईजात्रा हनुमानढोकास्थित राजप्रासाद (राजदरबार) भएर जानुपर्ने प्रथा अहिलेसम्म पनि कायमै छ । देशका विभिन्न स्थानमा गाईजात्रा मनाइने भएपनि उपत्यकामा यसको विशेष रौनक देखिने गर्छ ।  

भाद्र कृष्ण अष्टमीका दिनसम्म मनाइने यस पर्वका क्रममा प्रहसन, सामाजिक विकृतिप्रति व्यङ्ग्यात्मक प्रदर्शन, नाचगान तथा मृत व्यक्तिको सम्झनामा रामायणको करुण रसका गीतहरू पनि गाइन्छ ।

विकृतिविरुद्ध हास्यव्यङ्ग्यका रुपमा गाईजात्रा

पञ्चायती व्यवस्थाप्रति व्यङ्ग्य गरेको भन्दै विसं २०१७ पुस १ गतेको शाही ‘कू’पछि गाईजात्रामा पनि प्रतिबन्ध लागेको थियो । विसं २०३३ मा नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानले महोत्सवका रुपमा झाँकी र हास्यव्यङ्ग्यसहित गाईजात्रा फेरि मनाउन थालेको हो ।

हास्यव्यङ्ग्यले बुझ पचाएर जथाभावी गर्नेलाई सचेत गराउने र अनर्थकतामा सार्थकता झल्काउँछ । जात्राका क्रममा पाटनमा देखाइने सत्य युगको धान, चामलको नमुना र काठमाडौँको ठमेलमा देखाइने स्वर्ण तथा रजताक्षरमा लेखिएका पुस्तक विशेष दर्शनीय मानिन्छन् । 

आजभोलि गाईजात्राका अवसरमा समाजमा विद्यमान विकृति र विसङ्गति उजागर गरिन्छ । सार्वजनिकरूपमा मनोरञ्जनात्मक तथा व्यङ्ग्यात्मक ढङ्गले विविध कार्यक्रमको आयोजना समेत हुन्छ । पत्रपत्रिकामा पनि सामाजिक कुरीतिलाई समेटेर हास्यव्यङ्ग्य अङ्क प्रकाशित गरिन्छ ।

गाईजात्रा पर्व काठमाडौँ उपत्यकालगायत बनेपा, धुलिखेल, पनौती, बाहबीसे, त्रिशूली, दोलखा, खोटाङ, भोजपुर, चैनपुर, इलाम, धरान, विराटनगर, वीरगञ्ज, हेटौँडा र पोखरालगायतमा नेवार समुदायका मानिसको विशेष उपस्थिति रहेकासहरमा धुमधामका साथ मनाइन्छ । यस अवसरमा हास्य कलाकारले पनि विशेष कार्यक्रमको आयोजना गर्ने गरेका छन् । सरकारले आज काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा दिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
अब संसद खुल्छः प्रचण्ड

अब संसद खुल्छः प्रचण्ड

नेकपा माओवादी के‍न्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अब संसद बैठक चल्ने बताएका छन् । एमाले र कांग्रेससँग सहमतिपछि प्रचण्डले यस्तो बताएका हुन् ।
सुनचाँदीमा विलासिता कर र भ्याट नहटाए थप आन्दोलन गर्ने व्यवसायीको चेतावनी

सुनचाँदीमा विलासिता कर र भ्याट नहटाए थप आन्दोलन गर्ने व्यवसायीको चेतावनी

उनीहरुले अहिले सरकारले लिईरहेको सुन आयातमा १० प्रतिशत भंसार र १० लाख रुपैया भन्दा बढीको सुनका गरगहना खरिद गर्दा लगाइएको विलासिता कर नै उपयुक्त भएको समेत बताएका छन्...
संसद चलाउन कांग्रेस, एमाले र माओवादी सहमत, रास्वपाले छोडेन अडान

संसद चलाउन कांग्रेस, एमाले र माओवादी सहमत, रास्वपाले छोडेन अडान

तर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भने आफ्नो अडान छोडेको छैन । अन्य विपक्षी दलहरु आफ्नो अडानबाट पछि हटेपनि आफूहरु एक्लै उभिने रास्वपाका एक सांसदले बताए ।
भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठन गर्न माग

भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठन गर्न माग

“नीतिगत भ्रष्टाचारको अन्त्य गर्न एउटा उच्चस्तरीय छानबिन समिति गठन गरी कर्मचारी प्रशासनलाई चुस्तदुस्त बनाउन जरुरी छ”, सदस्य बेलबासेले भनिन्, “अनुसन्धान गरी दोषीलाई कारबाही गर्नुपर्छ, दोषीलाई छोडदिने, निमुखालाई कानुन...