नेभिगेशन
सबै कुरा

पहिराेले बेनी–दरबाङ सडक अवरुद्ध

म्याग्दी । अविरल वर्षाका कारण बेनी–दरबाङ सडक अवरुद्ध भएको छ । म्याग्दीको बेनी नगरपालिका–४ र मंगला गाउँपालिका–२ को सीमाना फापरखेतमा पहिरो खस्दा सो सडकखण्ड अवरुद्ध भएको हो ।

पश्चिम म्याग्दीको ‘लाइफ लाइन’का रूपमा लिने गरिएको सो सडकको फापरखेतमा सामान्य वर्षा हुँदा पनि सडक अवरुद्ध हुने गर्दछ । यसबाट पश्चिम म्याग्दीका बासिन्दाले सास्ती खेप्दै आएका छन् । अहिले वर्षा भइरहेको र पहिरो खसिरहेकाले पहिरो पन्छाएर यातायात सञ्चालन गर्न नसकिएको सिंगा तातोपानीका व्यवसायी कुमार केसीले जानकारी दिए ।

Dish Home
Global Ime Bank

सडक अवरुद्ध भएपछि यात्रु र सिमलचौर, सिमलगायतका ठाउँबाट तातोपानी अध्ययनका लागि आउने विद्यार्थीलाई समस्या भएको छ । धवलागिरि, मालिका र मंगला गाउँपालिकालाई जिल्ला सदरमुकाम बेनी बजार जोड्ने उक्त सडक बर्खायाममा झनै जोखिमपूर्ण बन्दै गएको मालिका –६ का वडाध्यक्ष पथबहादुर रोकाले बताए ।

‘बेनी–दरबाङ सडक पाखो र भिरको बीचमा खनिएको छ । सडकमुनि म्याग्दी नदी छ । सडकमाथिको भिरमा गेगरैगेगर छ । खोल्सामा पर्ने सडकमाथितर्फ पर्खाल बनाएर पहिरो रोक्ने प्रयास सफल भएको छैन’, अध्यक्ष रोकाले भने, ‘म्याग्दी नदी किनारमा बनाइएका पक्की पर्खालले कटान रोकिएको छ ।’

उनका अनुसार सडकबाट करिब दुई सय मिटरमाथि र एक सय ५० मिटर फराकिलो क्षेत्रमा पहिरो फैलिएको छ । डेढ दशकदेखि करोडौँ खर्चिएर स्तरोन्नति तथा हरेक बर्खाको समयमा दर्जनौँपटक मर्मत गरिए पनि सो सडकखण्डको फापरखेतको पहिरो झन्झन् समस्या बन्दै गएको छ ।

बेनी –४ र मंगला–२ को सिमानाको पहिरो झनै फराकिलो बन्दै जाँदा रोकथामका साथै वर्षा नहुँदासमेत जोखिम बढेपछि आवतजावतमा समस्या भएको छ । पहिरोको विकल्पमा वैकल्पिक सडक र म्याग्दी नदीमा बेलिब्रिज निर्माणका लागि प्रारम्भिक अध्ययनमै सीमित भएपछि अहिले पश्चिम म्याग्दीका तीन स्थानीय तहबाट सदरमुकाम बेनीसम्म आवतजावत गर्न समस्या हुने गरेको यात्री बताउँछन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
अब संसद खुल्छः प्रचण्ड

अब संसद खुल्छः प्रचण्ड

नेकपा माओवादी के‍न्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अब संसद बैठक चल्ने बताएका छन् । एमाले र कांग्रेससँग सहमतिपछि प्रचण्डले यस्तो बताएका हुन् ।
सुनचाँदीमा विलासिता कर र भ्याट नहटाए थप आन्दोलन गर्ने व्यवसायीको चेतावनी

सुनचाँदीमा विलासिता कर र भ्याट नहटाए थप आन्दोलन गर्ने व्यवसायीको चेतावनी

उनीहरुले अहिले सरकारले लिईरहेको सुन आयातमा १० प्रतिशत भंसार र १० लाख रुपैया भन्दा बढीको सुनका गरगहना खरिद गर्दा लगाइएको विलासिता कर नै उपयुक्त भएको समेत बताएका छन्...
संसद चलाउन कांग्रेस, एमाले र माओवादी सहमत, रास्वपाले छोडेन अडान

संसद चलाउन कांग्रेस, एमाले र माओवादी सहमत, रास्वपाले छोडेन अडान

तर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भने आफ्नो अडान छोडेको छैन । अन्य विपक्षी दलहरु आफ्नो अडानबाट पछि हटेपनि आफूहरु एक्लै उभिने रास्वपाका एक सांसदले बताए ।
भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठन गर्न माग

भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठन गर्न माग

“नीतिगत भ्रष्टाचारको अन्त्य गर्न एउटा उच्चस्तरीय छानबिन समिति गठन गरी कर्मचारी प्रशासनलाई चुस्तदुस्त बनाउन जरुरी छ”, सदस्य बेलबासेले भनिन्, “अनुसन्धान गरी दोषीलाई कारबाही गर्नुपर्छ, दोषीलाई छोडदिने, निमुखालाई कानुन...