नेभिगेशन
सबै कुरा

कसैले चाहँदैमा संविधान संशोधन हुन सक्दैनः माधव कुमार नेपाल

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले संविधान संशोधनका बिषयमा खुला बहस हुनुपर्ने धारणा राखेका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

मंगलबार काठमाडौँमा कांग्रेसका नेता स्वर्गीय प्रदीप गिरिको द्वितीय स्मृतिमा आयोजित विमर्श कार्यक्रममा अध्यक्ष नेपालले कसैले चाहेर संविधान संशोधन हुन नसक्ने भन्दै यसका लागि खुला बहस हुनुपर्ने बताएका हुन् । संविधानका कमीकमजोरीका बारेमा छलफल हुनसक्ने भन्दै उनले मध्यरातमा हस्ताक्षर गर्ने कुराले भने नियतमाथि शंका गर्नुपर्ने स्वभाविक हुने धारणा राखे । 

Ncell
Extreme Energy

अध्यक्ष नेपालले अहिलेको अवस्थामा आफूबाट भएका कमी कमजोरीहरुलाई दलका नेताहरुले स्वीकार गर्न सक्नुपर्ने उल्लेख गरे । उनले बहुदलीय प्रतिष्पर्धा सहितको समाजवादबाटै मुलुकको विकास र समृद्ध सम्भव रहेको बताए । 

अध्यक्ष नेपालले राजनीतिमा निष्ठा र नैतिकताका साथै स्वच्छताको पनि आवश्यता रहेको धारणा राखे । नैतिक आचरणले स्वच्छता नपाएसम्म देश र जनताप्रति समर्पित हुन नसक्ने उनको भनाइ छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
रसुवा बाढीमा मृतकको सङ्ख्या १५७ पुग्यो

रसुवा बाढीमा मृतकको सङ्ख्या १५७ पुग्यो

फेला परेका शवहरूमध्ये सबैभन्दा धेरै चितवनमा मात्रै ६४ जनाकाे शव फेला परेकाछन् भने धादिङमा २७, नवलपरासी पूर्वमा २२, गोरखामा १९, नुवाकोटमा १३, तनहुँमा ९ र रसुवामा ३ जनाको...
बिहीबार बिहानैदेखि हेलिकप्टरमार्फत उद्धार जारी रहने

बिहीबार बिहानैदेखि हेलिकप्टरमार्फत उद्धार जारी रहने

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको केहीबेर अघि सम्पन्न बैठकले प्रभावित क्षेत्रका घाइतेलाई उद्धार गरी सुरुमा रसुवाको धुन्चे र नुवाकोटको विदुरस्थित नेपाली सेनाको ब्यारेकमा स्थापना गरिने क्याम्पमा...
बाढीले बगाएर ल्याएका १८ शव गोरखामा फेला

बाढीले बगाएर ल्याएका १८ शव गोरखामा फेला

“शव धमाधम फेला परिरहेका छन् । हालसम्म १८ वटा फेला छ”, उनले भने। शवहरूको खोजीकार्य हालसम्म पनि जारी रहेको उनको भनाइ छ ।
भारत सरकारले पठायो १० टन राहत सामग्री

भारत सरकारले पठायो १० टन राहत सामग्री

भारतीय विदेशमन्त्री डा एस जयशङ्करले सामाजिक सञ्जालमार्फत उक्त जानकारी दिँदै आज नेपालको रसुवामा आएको बाढीपीडितका लागि मानवीय सहायता, विपद् राहत, आवश्यक औषधि नेपाल पठाइएको बताएका छन् ।