नेभिगेशन
सबै कुरा

‘सिधाकुरा’ दोस्रो वर्षमा

‘हाम्रो उपस्थितिले फरक पर्नेछ’ 

सिधाकुरा डटकमले आजबाट आफ्नो औपचारिक प्रकाशन आरम्भको गौरवमय ३६५ दिन पुरा गरेको छ । बि.सं. २०८० भदौ ४ गते साँझ ठिक ७ बजे हामीले हाम्रो औपचारिक प्रकाशन आरम्भ गरेका थियौँ । जनताको कुरा जनताले बुझिने भाषामा, सञ्चारको आधुनिक माध्यममार्फत सिधै भन्नुपर्छ भन्ने मान्यताका साथ हामीले ‘भ्वाइस् अफ पब्लिक’ अर्थात ‘जनताको आवाज’ भन्न सिधाकुराको यात्रा थालनी गरेका थियौँ । 

सीमित स्रोत र साधनका बीच उच्च मनोबल र युवा अनुभवको भरपुर उपयोग गर्दै सिधाकुराले यो एक वर्षमा कयौँ आवाजविहीनहरूको आवाजलाई मूल मुद्दा बनाएको छ । भ्रष्टाचार, अनियमितता र पदीय दुरुपयोग विरुद्ध खरो प्रहार, अपराध निरुत्साहन, सीमान्तकृत, पिछडिएका र आवाजविहीन नागरिकहरूको आवाजलाई हाम्रो मूलधार बनाएर सञ्चार गरिरहेका छौँ । विद्यमान अनलाइन पत्रकारिताको अभ्यासलाई ‘डिजिटल न्यू मिडिया’मा सृजनात्मक ढङ्गबाट जोडेर पाठकमाझ फराकिलो यात्रा सिधाकुराले यो एक वर्षमा तय गरेको छ । ‘न्यू डिजिटल मिडिया’मा समाचार कसरी भन्ने भन्ने मानक सिधाकुरा हो भन्ने कुरामा गर्व गर्दछौँ । पत्रकारिताको यो स्वर्णिम ३६५ दिनको आरोह र अवरोहपूर्ण सिधाकुराको यात्राका सहयात्री तपाईँ सम्पूर्ण पाठक, दर्शक र हाम्रा शुभेच्छुकहरूप्रति हामी हार्दिक नमन गर्दछौँ । पत्रकारिता गर्ने परम्परागत र नयाँ सयौँका सङ्ख्यामा हामी पृथक छौँ, पृथक हौँ । हाम्रो उपस्थितिले फरक पर्नेछ । यहाँहरू सबैलाई धन्यवाद !

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
राजधानीमा चलेको किशोरीको डिम्ब बेच्ने धन्दामा प्रहरीको अपरेसन !

राजधानीमा चलेको किशोरीको डिम्ब बेच्ने धन्दामा प्रहरीको अपरेसन !

किशोरीलाई १० हजार दिइन्छ र त्यो अण्डा किन्ने क्रेताबाट १८ देखि २० लाखसम्म उठाउने गरिन्छ ।
सामान्य प्रशासनमा घुसको रेटः मन्त्री ७८ लाख, सचिवालय माग्थ्यो ७ देखि १० लाख, के गर्ला अख्तियार ?

सामान्य प्रशासनमा घुसको रेटः मन्त्री ७८ लाख, सचिवालय माग्थ्यो ७ देखि १० लाख, के गर्ला अख्तियार ?

आफ्नै निर्वाचन क्षेत्रको एक पालिकामा  प्रमुख प्रशासकीय अधिकृत सरुवाका लागि उनले भदौ महिनामै सो रकम डिल गरेका थिए । असार ३१ गते राजकुमार गुप्ता संघीय मामला तथा सामान्य...
रिलायन्स स्पिनिङ मिल्सलाई ‘सीआईपी’ सम्मान

रिलायन्स स्पिनिङ मिल्सलाई ‘सीआईपी’ सम्मान

केन्द्रका अनुसार रिलायन्स स्पिनिङ मिल्सले आर्थिक वर्ष २०८०/८१ मा १२ अर्ब ४९ करोड रुपैयाँ बराबरको निर्यात गरेको छ। कम्पनीले तेस्रो मुलुकतर्फको निर्यात पनि बढाउँदै लगेको छ।