नेभिगेशन
सबै कुरा

‘सिधाकुरा’ दोस्रो वर्षमा

‘हाम्रो उपस्थितिले फरक पर्नेछ’ 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सिधाकुरा डटकमले आजबाट आफ्नो औपचारिक प्रकाशन आरम्भको गौरवमय ३६५ दिन पुरा गरेको छ । बि.सं. २०८० भदौ ४ गते साँझ ठिक ७ बजे हामीले हाम्रो औपचारिक प्रकाशन आरम्भ गरेका थियौँ । जनताको कुरा जनताले बुझिने भाषामा, सञ्चारको आधुनिक माध्यममार्फत सिधै भन्नुपर्छ भन्ने मान्यताका साथ हामीले ‘भ्वाइस् अफ पब्लिक’ अर्थात ‘जनताको आवाज’ भन्न सिधाकुराको यात्रा थालनी गरेका थियौँ । 

Ncell
Extreme Energy

सीमित स्रोत र साधनका बीच उच्च मनोबल र युवा अनुभवको भरपुर उपयोग गर्दै सिधाकुराले यो एक वर्षमा कयौँ आवाजविहीनहरूको आवाजलाई मूल मुद्दा बनाएको छ । भ्रष्टाचार, अनियमितता र पदीय दुरुपयोग विरुद्ध खरो प्रहार, अपराध निरुत्साहन, सीमान्तकृत, पिछडिएका र आवाजविहीन नागरिकहरूको आवाजलाई हाम्रो मूलधार बनाएर सञ्चार गरिरहेका छौँ । विद्यमान अनलाइन पत्रकारिताको अभ्यासलाई ‘डिजिटल न्यू मिडिया’मा सृजनात्मक ढङ्गबाट जोडेर पाठकमाझ फराकिलो यात्रा सिधाकुराले यो एक वर्षमा तय गरेको छ । ‘न्यू डिजिटल मिडिया’मा समाचार कसरी भन्ने भन्ने मानक सिधाकुरा हो भन्ने कुरामा गर्व गर्दछौँ । पत्रकारिताको यो स्वर्णिम ३६५ दिनको आरोह र अवरोहपूर्ण सिधाकुराको यात्राका सहयात्री तपाईँ सम्पूर्ण पाठक, दर्शक र हाम्रा शुभेच्छुकहरूप्रति हामी हार्दिक नमन गर्दछौँ । पत्रकारिता गर्ने परम्परागत र नयाँ सयौँका सङ्ख्यामा हामी पृथक छौँ, पृथक हौँ । हाम्रो उपस्थितिले फरक पर्नेछ । यहाँहरू सबैलाई धन्यवाद !

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
रसुवा बाढीमा मृतकको सङ्ख्या १५७ पुग्यो

रसुवा बाढीमा मृतकको सङ्ख्या १५७ पुग्यो

फेला परेका शवहरूमध्ये सबैभन्दा धेरै चितवनमा मात्रै ६४ जनाकाे शव फेला परेकाछन् भने धादिङमा २७, नवलपरासी पूर्वमा २२, गोरखामा १९, नुवाकोटमा १३, तनहुँमा ९ र रसुवामा ३ जनाको...
बिहीबार बिहानैदेखि हेलिकप्टरमार्फत उद्धार जारी रहने

बिहीबार बिहानैदेखि हेलिकप्टरमार्फत उद्धार जारी रहने

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको केहीबेर अघि सम्पन्न बैठकले प्रभावित क्षेत्रका घाइतेलाई उद्धार गरी सुरुमा रसुवाको धुन्चे र नुवाकोटको विदुरस्थित नेपाली सेनाको ब्यारेकमा स्थापना गरिने क्याम्पमा...
बाढीले बगाएर ल्याएका १८ शव गोरखामा फेला

बाढीले बगाएर ल्याएका १८ शव गोरखामा फेला

“शव धमाधम फेला परिरहेका छन् । हालसम्म १८ वटा फेला छ”, उनले भने। शवहरूको खोजीकार्य हालसम्म पनि जारी रहेको उनको भनाइ छ ।
भारत सरकारले पठायो १० टन राहत सामग्री

भारत सरकारले पठायो १० टन राहत सामग्री

भारतीय विदेशमन्त्री डा एस जयशङ्करले सामाजिक सञ्जालमार्फत उक्त जानकारी दिँदै आज नेपालको रसुवामा आएको बाढीपीडितका लागि मानवीय सहायता, विपद् राहत, आवश्यक औषधि नेपाल पठाइएको बताएका छन् ।