नेभिगेशन
सबै कुरा

संघीय सरकारी अस्पतालका स्वास्थ्य उपकरण मर्मतको जिम्मा महावीर पुनलाई

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संघीय अस्पतालका बिग्रिएका स्वास्थ्य उपकरण मर्मतको जिम्मा वैज्ञानिक महावीर पुन नेतृत्वको राष्ट्रिय आविष्कार केन्द्रलाई दिने भएको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलको उपस्थितिमा बुधबार मन्त्रालय र केन्द्रबीच हस्ताक्षर भएको हो ।

मन्त्रालयका तर्फबाट गुणस्तर मापन तथा नियमन महाशाखा प्रमुख डा मदन उपाध्याय र केन्द्रका अध्यक्ष महावीर पुनले सम्झौतामा हस्ताक्षर गरेका छन् । अस्पतालमा खेर गइरहेका उपकरण मर्मत गर्नका लागि सघाउन मन्त्री पौडेलले केही दिन अघि पुनसँग आग्रह गरेका थिए । त्यसलगत्तै मन्त्रालयले उनी नेतृत्वको केन्द्रसँग औपचारिक सम्झौता गरेको हो ।

Dish Home
Global Ime Bank

सम्झौता भएसँगै  केन्द्रले हाल मन्त्रालय अन्तर्गतका १७ अस्पतालमा बिग्रिएर रहेका स्वास्थ्य उपकरणको अवस्थाबारे जानकारी लिनेछ । त्यसपश्चात मर्मत सम्भव भएका सबै उपकरणको केन्द्रका प्राविधिकहरुले मर्मत गर्नेछन् ।

हस्ताक्षर कार्यक्रममा बोल्दै मन्त्री पौडेलले अस्पतालमा मर्मत अभावमा उपयोगमा आउन नसकेका उपकरणलाई केन्द्रको सहयोगमा मर्मतपछि उपचार सेवामा सहजता आउने विश्वास व्यक्त गरे । ‘देशको सीप प्रयोग गरेर स्वदेशमै केही गर्न खोजिरहेका वैज्ञानिकहरुको योगदानलाई यो राज्यका तर्फबाट कदर हो’, मन्त्री पौडेलले भने, ‘स्वदेशी सीपमा कम खर्चमा उपकरणको मर्मत हुने आशा लिएको छु ।’

उनले केन्द्रको सहयोगमा राज्यको खेर गइरहेको सम्पत्तिको उपयोगबाट बिरामी पनि लाभान्वित हुने र उपकरण खरिदका लागि हुने खर्चसमेत कम हुने आशा व्यक्त गरे ।

त्यस्तै सहमतिपत्रमा हस्ताक्षर गर्दै केन्द्र प्रमुख पुनले राज्यले आफूहरुलाई विश्वास गरेर ठूलो जिम्मेवारी दिएको भन्दै खुशी प्रकट गरे । ‘राज्यले हामीलाई विश्वास गरेर ठूलो जिम्मेवारी दिएको छ’, उनले भने, ‘अब हामी हाम्रै श्रोत साधन र प्राविधिकको उपयोग गरेर मर्मत गर्नेछौँ ।’

त्यस्तै उनले नेपाल सरकारको यो कदमले आफूहरुलाई हौसला मिलेको बताउँछन् । 

मन्त्रालयका प्रवक्ता प्रकाश बुढाथोकीले सुरुवातमा १७ वटा संघीय अस्पतालको उपकरणको अवस्थाबारे विवरण केन्द्रबाट प्राप्त भएपछि सम्बन्धित अस्पतालमै गएर केन्द्रले मर्मत थाल्ने बताए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
बागलुङ जिप दुर्घटना अपडेटः मृत्यु हुनेको सङ्ख्या चार पुग्यो

बागलुङ जिप दुर्घटना अपडेटः मृत्यु हुनेको सङ्ख्या चार पुग्यो

शुक्रबार साँझ बागलुङको ढोरपाटन नगरपालिका–५ अस्तु बतासेडाँडामा भएको जिप दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या चार पुगेको छ ।
भिरमहको उत्पादन घट्यो

भिरमहको उत्पादन घट्यो

म्याग्दीमा यस वर्ष भिरमह उत्पादन घटेको छ । विगतको तुलनामा ७५ प्रतिशत कम मह उत्पादन भएको मह सिकारीहरूले बताएका छन् ।
आजको मौसम पूर्वानुमान : यी प्रदेशहरूमा धेरै भारी वर्षाको सम्भावना

आजको मौसम पूर्वानुमान : यी प्रदेशहरूमा धेरै भारी वर्षाको सम्भावना

हाल कोशी, मधेश, बागमती, गण्डकी प्रदेशका केही भू–भाग र लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रका थोरै भू–भागमा मनसुनी वायुको प्रभाव रहेको छ । साथै देशको पश्चिम भू–भागमा पश्चिमी वायु तथा...
यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

समितिले स्याउ (झोले) प्रतिकिलो रु २५०, स्याउ (फुजी) प्रतिकिलो रु ३००, केरा (दर्जन) रु १५०, कागती प्रतिकिलो रु १६०, अनार प्रतिकिलो रु ३५०, आँप (माल्द) प्रतिकिलो रु ६५,...