नेभिगेशन
सबै कुरा

निजी क्षेत्रको भूमिकालाई कटौती गर्ने काम सरकारले गर्दैनः अर्थमन्त्री

काठमाडौँ । उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले निजी क्षेत्रको भूमिकालाई कटौती गर्ने काम सरकारले नगर्ने स्पष्ट पारेका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

नेपाल उद्योग तथा व्यवसायी महासंघले शुक्रबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा अर्थमन्त्री पौडेलले मुलुकको आर्थिक विकासमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण रहेको भन्दै यसलाई कटौती गर्ने काम वर्तमान सरकारले नगर्ने स्पष्ट पारेका हुन् । 

Ncell
Extreme Energy

सरकारले निजी क्षेत्र र सहकारीलाई एक साथ विकासको गतिमा अघि बढाउने उनले बताए । उनले वर्तमान सरकार संसदको अहिलेसम्मकै बलियो सरकार भएकाले भन्दै सरकारमा रहेका प्रत्येक मन्त्रीलाई काम नगर्ने छुट नभएको जिकिर गरे । 

बिभिन्न नितिगत बिषयमा निजि क्षेत्रको असन्तुष्टि देखिएको सन्दर्भमा त्यसलाई सम्बोधन गर्दै अर्थतन्त्रलाई बलियो बनाउने गरी काम गरिरहेको उनले बताए । पौडेलले पुँजीगत खर्चको गुणात्मक वृद्धि नगरी विकास समृद्धिका कुरा गर्नुको कुनै अर्थ नहुने बताए । 

बजेट विनियोजन कौशलका हिसाबले नेपाल अति कमजोर देखिएको भन्दै उनले लागत अनुमान नगरिएका तथा प्रतिफलको सही अनुमान नगरिएका ११ हजार बढी योजना संघीय सरकारले सञ्चालन गर्नुपर्ने योजनाका रूपमा रहेको बताए । 

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रलाई अख्तियारको अनुसन्धानको दायरामा राख्न खोजिएको भन्दै आपत्ती जनाए । यसका कारण पूर्वाधार, कलकारखानादेखि हरेक क्षेत्रमा ब्रेक लाग्न सक्ने उनले बताए । त्यस्तै उनले बैंकहरुमा लगानी गर्नेले अरु क्षेत्रमा लगानी गर्न नपाउने व्यवस्थाले आर्थिक गतिविधिमा नै प्रभाव पार्ने उल्लेख गरे । 

कार्यक्रममा सहभागी अन्य व्यवसायीहरुले मुलकको आर्थिक समृद्धिमा निजी क्षेत्रको भूमिकालाई समेट्दै अघि बढ्न सरकारलाई सुझाव दिएका थिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
रसुवा बाढीमा मृतकको सङ्ख्या १५७ पुग्यो

रसुवा बाढीमा मृतकको सङ्ख्या १५७ पुग्यो

फेला परेका शवहरूमध्ये सबैभन्दा धेरै चितवनमा मात्रै ६४ जनाकाे शव फेला परेकाछन् भने धादिङमा २७, नवलपरासी पूर्वमा २२, गोरखामा १९, नुवाकोटमा १३, तनहुँमा ९ र रसुवामा ३ जनाको...
बिहीबार बिहानैदेखि हेलिकप्टरमार्फत उद्धार जारी रहने

बिहीबार बिहानैदेखि हेलिकप्टरमार्फत उद्धार जारी रहने

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको केहीबेर अघि सम्पन्न बैठकले प्रभावित क्षेत्रका घाइतेलाई उद्धार गरी सुरुमा रसुवाको धुन्चे र नुवाकोटको विदुरस्थित नेपाली सेनाको ब्यारेकमा स्थापना गरिने क्याम्पमा...
बाढीले बगाएर ल्याएका १८ शव गोरखामा फेला

बाढीले बगाएर ल्याएका १८ शव गोरखामा फेला

“शव धमाधम फेला परिरहेका छन् । हालसम्म १८ वटा फेला छ”, उनले भने। शवहरूको खोजीकार्य हालसम्म पनि जारी रहेको उनको भनाइ छ ।
भारत सरकारले पठायो १० टन राहत सामग्री

भारत सरकारले पठायो १० टन राहत सामग्री

भारतीय विदेशमन्त्री डा एस जयशङ्करले सामाजिक सञ्जालमार्फत उक्त जानकारी दिँदै आज नेपालको रसुवामा आएको बाढीपीडितका लागि मानवीय सहायता, विपद् राहत, आवश्यक औषधि नेपाल पठाइएको बताएका छन् ।