नेभिगेशन
सबै कुरा

युरोपमा फैलिएको तिजको रौनक !

काठमाडौँ । युरोपियन भूमि बेल्जियममा तिजको रौनक बढ्न थालेको छ । बेल्जियममा रहेका नेपालीहरुले हरेक वर्ष तिजअघि दर खाने कार्यक्रम आयोजना गर्न थालेपछि विदेशी भू्मिमा नेपाली पवै फेलिएको हो । केही दिनअघि देखि बेल्जियमको बिभिन्न सहरहरुमा तिज विशेष कार्यक्रमको आयोजन गर्न सुरु भएको छ । गत शनिबार एभरेस्ट नेपाली समाजले ब्रुज सहरमा तिज विशेष कार्यक्रम आयोजना गरेको थियो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter


Ncell
Extreme Energy

उक्त कार्यक्रममा ब्रुज शहरका मेयरका उम्मेद्वार पाब्लो एनिस  को पनि उपस्थिति रहेको थियो । उनले आफू मेयरमा जितेको खण्डमा नेपाली समाज को लागि आवश्यक रहेको  ठुलो हलको लागि पहल गर्ने र ब्रुज शहरको तर्फबाट प्रायोजनको लागि पहल गर्ने बताए । संस्थाका अनुसार ब्रसेल्समा पनि तिज विशेष कार्यक्रम आयोजना हुँदैछ ।  शिक्षा, रोजगारी तथा भविष्य निर्माणको लागि विदेश पुगेका नेपाली चेलीहरु तिजकै लागि भनेर नेपाल जाने अवसर कमैलाई मात्र जुर्छ । कर्मथलोमै आयोजना गरिएको यस्ता कार्यक्रमले नेपाली महिलाहरुको तिज मनाउने धित मार्ने गरेको आयोजक बताउँछन् । 

बेल्जियममा रहेका विभिन्न संघसंस्थाहरुले चेलिबेटीहरुको लागि तिज विशेष कार्यक्रम गरेर दर खुवाउने गरेका छन् । प्रवाशमा यसरि तिज मनाउदा वर्ष भरिको दुख साटसाट गर्ने मौका मिल्ने सहभागी बताउँछन् । यसपाली बेल्जियममा रहेका महिलाकै संघ संस्थाहरुले तिज कार्यक्रम भिन्न तरिकाले मनाउन गइरहेका छन् । उनिहरुले धेरै तडकभडक नगरी कार्यक्रमबाट संकलित रकम नेपालमा समाजसेवामा लगाउने तयारी गरेका छन् । 

बेल्जियममा हुने धेरैजसो कार्यक्रममा दाजुभाइहरुले दर खुवाउने गरेका छन् । यस्ता कार्यक्रमले चेलीहरुलाई थोरै भएपनि माइतीको नियास्रो मेटाउन सहयोग गरेको सहभागीहरु बताउँछन् । प्रवाशमा गरिने यस्ता चाडपर्वहरुले वर्ष दिनमा एकपटक भएपनि चेलीहरुलाई खुसी राख्ने काम गरेको छ । साथै नेपाली पर्वहरु युरोपमा मनाएर यसको संरक्षण र यहाँ रहेका साना नेपाली बालबालिकाका लागि संस्कृतिको परिचय दिन यस्ता कार्यक्रमले टेवा पुर्याएको छ ।


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
नेपाली जनसम्पर्क समिति क्यानडाको सभापतिमा केशव दाहाल

नेपाली जनसम्पर्क समिति क्यानडाको सभापतिमा केशव दाहाल

नेपाली जनसम्पर्क समिति (एनपिआरसी) क्यानडाको सभापतिमा केशव दाहाल सर्वसम्मत चयन भएका छन् ।
अमेरिकामा कांग्रेस महाधिवेशन प्रतिनिधि छनोटमा प्रश्न

अमेरिकामा कांग्रेस महाधिवेशन प्रतिनिधि छनोटमा प्रश्न

नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै गर्दा अमेरिकास्थित नेपाली जनसम्पर्क समितिबाट महाधिवेशन प्रतिनिधि तथा महासमिति सदस्य छनोटको विषय विवादमा परेको छ।
कुवेतमा ड्रोन आक्रमणमा परी निधन भएका सोमकुमार तामाङको शव नेपाल ल्याइँदै

कुवेतमा ड्रोन आक्रमणमा परी निधन भएका सोमकुमार तामाङको शव नेपाल ल्याइँदै

कुवेतस्थित नेपाली राजदूतावासले स्थानीय निकाय तथा सम्बन्धित कम्पनीसँग आवश्यक समन्वय गरी पार्थिव शरीर स्वदेश पठाउने प्रक्रिया सम्पन्न गरेको मन्त्रालयले जनाएको छ ।

भर्खरै