नेभिगेशन
सबै कुरा

ममताले प्रेमी बनाईन्, प्रेमी काल बने !

काठमाडौँ । अमेरिकामा बेपत्ता ममता काफ्लेलाई श्रीमानले नै बेडरुममा हत्या गरी शव गायब पारेको प्रहरीले अदालतमा बुझाएको कागजमा देखिएको सिएनएनले जनाएको छ । ‘हामीमाथि यो सबै के भइरहेको छ ? हामी शून्य शून्य भएका छौँ,’ बोल्न सक्ने अवस्थामै छैनौँ,’ महेश काफ्लेले भावविह्वल स्वरमा सिधाकुरासँग भने । 


Dish Home
Global Ime Bank

साउन १६ गतेदेखि अमेरिकाको भर्जिनियामा हराइरहेकी बहिनी ममता काफ्लेलाई उनकै श्रीमान्ले हत्या गरेर बेपत्ता बनाएको खबर महेशको परिवारले सञ्चार माध्यमबाट थाहा पाए । पढाईमा तिक्ष्ण परिवारकी एक्ली छोरीको अत्यास लाग्दो जीवनलिला अन्त्यले पनौती नगरपालिका ६ नमोबुद्ध सडक छेउको काफ्ले परिवार शोकमा डुबेको छ । 

आफन्त र छरछिमेकी काफ्ले परिवारलाई सान्त्वनाका लागि जम्मा भएका छन् । सबैको मन कुँडिएको छ, आँखा रसाएका छन् ।  तीन सातादेखि अमेरिकामा हराइरहेकी ममता काफ्लेलाई उनकै पति नरेश भट्टले नै हत्या गरी शव लुकाएको आरोपमा बिहीबार प्रहरीले पक्राउ गरेको थियो । कञ्चनपुुरका नरेश  लामो समयदेखि अमेरिकामा बस्दै आएका थिए, साथै उनी अवकाश प्राप्त युुएस आर्मी रहेको बुझिएको छ ।

आरोपित भट्टलाई शुक्रबार प्रन्सविलियम काउन्टी जुभेनाइल एन्ड डोमेस्टिक रिलेसन अदालतमा पेस गरिएको छ । बुधबारदेखि घर घेरा हालेर प्रहरीले चलाएको अपरेशनपछि श्रीमान् भट्ट पक्राउ परेका थिए । नरेश र ममताकी एक वर्षकी छोरीलाई प्रहरीले उद्धार गरेर बाल हेरचाह केन्द्रमा पठाएको छ । प्रहरीले अदालतमा बुझाएको कागजातमा अनुसन्धानका क्रममा ममताको हत्यासँग जोडिएका पर्याप्त डिजिटल र फोरेन्सिक प्रमाण बरामद भएको दाबी गरिएको छ । घरको मुख्य बेडरुममै ममताको हत्या भएको र घिसारेर शव निकालीएको यथेस्ट प्रमाणहरु भेटिएको प्रहरीले अदालतमा पेश गरेको कागजातमा उल्लेख छ । ममताले अन्तिम पटक साउन १५ गते नेपालस्थित माइतीमा फोन गरेकी थिइन् । 

प्रहरी अनुसन्धानअनुसार जुलाई २८ अर्थात १३ साउनका दिन उनी अन्तिम पटक आफ्नो काम गर्ने ठाउँको साथीहरुसँग सम्पर्कमा रहेको खुलेको छ । श्रीमान्ले प्रहरीलाई दिएको बयानमा दुईजना बीच ३१ जुलाई अर्थात १६ साउनमा कुरा भएको उल्लेख छ ।ममता नियमित काममा नगएको र आफन्त तथा परिवारको सम्पर्कमा पनि नभएपछि नेपाली समुदायले उनको खोजी अभियान सुरु गरेको थियो ।ममता नर्सिङ काम गर्ने यूभीए हेल्थ प्रिन्स विलियम मेडिकल सेन्टरले उनी हाजिर नभएको भन्दै प्रहरीमा जानकारी गराएको थियो । ममताको अफिस र नेपाली समुदायले खोजी सुरु गर्दा पनि श्रीमान् भट्ट भने श्रीमती हराएको भन्दै प्रहरीकोमा पुगेका थिएनन् । 

‘मेरो एक्ली बहिनीमाथी यो सबै के भयो ?’ महेश प्रश्न गर्छन्, ‘बुबा आमा केही बोल्न नसक्ने अवस्थामा हुनुहुन्छ ।’ उनका अनुसार बहिनी हराएकोबारे थाहा पाएपछि उनीहरुले नेपालबाट खोजी कार्यका लागि पहल पनि गरेका थिए । अमेरिकामा रहेका नेपाली समुदाय, आफन्त र परिवारसँग पनि आग्रह गरिएको दाजु महेशले सिधाकुरालाई बताए । ‘तर, आज यस्तो खबर सुन्नुप¥यो’ उनी ‘विक्षिप्त सुनिन्थे ।’

दाजु महेशकन अनुसार ममताले पनौतीको नवरत्न इंग्लिस स्कुलबाट एसईई र बनेपाको बेलर इन्टरनेसनलबाट प्लस टु गरी भारतबाट नर्सिङ गरेकी थिइन् । ‘बहिनीले नै सामाजिक सञ्जालबाट ज्वाईँ नरेशलाई चिनेकी हुन्,’ दाजु महेशले भने,‘उनले नै घरमा प्रेमी भनेर बिहे गर्ने प्रस्ताव गरेपछि बिहे भएको हो । ’२०७७ मंसिरमा ममता र नरेशको बिहे भएको थियो । २०७८ साउन १० मा उनी अमेरिका गएकी थिइन् । ममता र नरेशले २०८० भदौ ५ गते छोरीलाई जन्म दिएका थिए । अमेरिकी सेनामा कार्यरत नरेशलाई ममता आफैँले प्रेमी बनाएकी थिइन् । तर, दुर्भाग्य तिनै प्रेमी ममताको काल बने ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
दक्षिणपश्चिम चीनमा बाढीः दर्जनौँ गाउँ बगे, ८० हजारभन्दा बढी नागरिक विस्थापित

दक्षिणपश्चिम चीनमा बाढीः दर्जनौँ गाउँ बगे, ८० हजारभन्दा बढी नागरिक विस्थापित

दक्षिणपश्चिम चीनमा हालैका दिनहरूमा आएको भीषण बाढीका कारण ८० हजारभन्दा बढी मानिस विस्थापित भएका छन्। सरकारी सञ्चारमाध्यमका अनुसार, गुइझोउ प्रान्तमा मात्र करिब ८०,९०० जनालाई सुरक्षित स्थानमा सारिएको छ...
इजरायल र इरानद्वारा युद्धविराम स्वीकार

इजरायल र इरानद्वारा युद्धविराम स्वीकार

तेहरानले कतारमा रहेको अमेरिकी सैन्य बेसमा सीमित बदलामूलक मिसाइल आक्रमण गरेपछि इजरायल र इरानले मङ्गलबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा प्रस्तावित युद्धविराम योजना स्वीकार गरेका छन् । युद्धविरामले मध्यपूर्वमा...
इरान–इजरायल युद्ध : यस्ता छन् पछिल्लो घटनाक्रमहरु

इरान–इजरायल युद्ध : यस्ता छन् पछिल्लो घटनाक्रमहरु

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा घोषणा गरिएको युद्धविरामको अन्तिम क्षणहरूमा मिसाइलहरूमार्फत इरान र इजरायलले मङ्गलबार एकअर्काविरुद्ध आक्रमण गरेका छन् ।
इरानमा रहेका नेपालीको उद्धार गरिदिन भारतलाई आग्रह

इरानमा रहेका नेपालीको उद्धार गरिदिन भारतलाई आग्रह

परराष्ट्रमन्त्री डा राणाले भनिन्, “इरानमा केही नेपाली हुनुहुन्छ । आफ्ना नागरिकको उद्धार गर्दा नेपालीको पनि उद्धारका निम्ति मैले भारत सरकारसँग आग्रह गरेकी छु । हामी भारतबाट सकारात्मक जवाफ...