नेभिगेशन
सबै कुरा

उद्योग समितिले विमानस्थलभित्र रहेको हवाई इन्धन डिपोको अनुगमन गर्ने

काठमाडौँ । प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले त्रिभुवन विमानस्थलभित्र रहेको आयल निगमको इन्धन भण्डारणको अनुगमन गर्ने भएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सिंहदरवारमा आइतबार बसेको समिति बैठकले विमानस्थलभित्र रहेको निगमको भण्डारणको स्थानान्तरणका बिषयमा छलफल गर्दै एक साताभित्र स्थलगत अनुगमन गरी समग्र कामकारवाहीको बारेमा जानकारी लिने निर्णय गरेको हो ।

Ncell
Extreme Energy

त्यस्तै बैकल्पिक उर्जाको रुपमा इथानोलको सम्भाव्यता अध्ययन गर्ने बिषयमा समेत छलफल गर्दै समितिले नेपालमा वायो ईथानोल उत्पादन गर्ने उत्पादकहरुसँग तोकिएको गुणस्तर तथा मूल्यमा निश्चित परिमाणमा खरिद सम्झौता गरि पेट्रोलमा वायो ईथानोल मिश्रण गरि आन्तरिक उत्पादन, वैदेशिक मुद्रा सञ्चिति र रोजगारीका साथै कुल ग्राहस्थ उत्पादन बढाउन सकिने तर्फ गम्भीर ध्यानाकर्षण भएको सभापति अव्दुल खानले जानकारी दिए । 

यसका लागि स्वदेशी उत्पादकहरुलाई आह्वान गरि बायो इथानोलको उत्पादन तथा प्रयोगमा ल्याउन आवश्यक प्रवन्ध गर्न उद्योग मन्त्रालयलाई निर्देशन दिइएको समिति सभापति खानले बताए । 

त्यस्तै बैठकले अन्तराष्ट्रिय आप्रवासी संगठनले समेत विदेश जाने विद्यार्थी तथा श्रमिकको स्वास्थ्य परीक्षण गर्ने गरेको भन्ने जानकारी आएकाले त्यसको अनुमति कहाँबाट लिएको हो र सरकारलाई तिर्नुपर्ने करको अवस्था के छ भन्ने बारे प्रमाणसहितको विवरण श्रम मन्त्रालयबाट माग गर्ने निर्णय पनि गरेको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
“सूचना प्रविधि क्षेत्रमा निर्धक्क भएर लगानी बढाउनुहोस्, सरकार साथमा छ” : अर्थमन्त्री डा. स्वर्णिम वाग्ले

“सूचना प्रविधि क्षेत्रमा निर्धक्क भएर लगानी बढाउनुहोस्, सरकार साथमा छ” : अर्थमन्त्री डा. स्वर्णिम वाग्ले

“सूचना प्रविधि क्षेत्र छोटो समयमा ठूलो फड्को मार्न सकिने क्षेत्र हो, तपाईं युवा उद्यमीहरू लगानी बढाउनुहोस्। आफूलाई फैलाउनुहोस्,” उनले भने, “सरकार तपाईंको साथमा छ। के–के गर्नुपर्ने हो भन्नुहोस्।”
किन बद्‍नाम भयो संघीयता ?

किन बद्‍नाम भयो संघीयता ?

संविधानअनुसार नेपालमा तीन तहका सरकार छन्– संघ, प्रदेश र स्थानीय । यी तीन तहका सरकारमध्ये प्रदेश सरकारहरू यति अस्थिर बनेका छन् कि, कुन नेतालाई के मुड चल्छ, सरकार...
ओलीबारे प्रतिवेदनमार्फत के भनेका छन् शंकर पोखरेलले ?

ओलीबारे प्रतिवेदनमार्फत के भनेका छन् शंकर पोखरेलले ?

नेकपा एमालेका महासचिव शंकर पोखरेलले कार्यदलको प्रतिवेदनमार्फत पार्टी नेतृत्वको खुलेर आलोचना गरेका छन् र सुधारको माग गरेका छन् ।
३ मन्त्री र सभामुख पाएपछि बागमतीमा नेकपा विवाद सुल्झियो

३ मन्त्री र सभामुख पाएपछि बागमतीमा नेकपा विवाद सुल्झियो

शक्ति बाँडफाँटलाई लिएर बागमती प्रदेशमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) भित्र बढेको विवाद सुल्झिएको नेताहरूले बताएका छन् ।