नेभिगेशन
सबै कुरा

उद्योग समितिले विमानस्थलभित्र रहेको हवाई इन्धन डिपोको अनुगमन गर्ने

काठमाडौँ । प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले त्रिभुवन विमानस्थलभित्र रहेको आयल निगमको इन्धन भण्डारणको अनुगमन गर्ने भएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सिंहदरवारमा आइतबार बसेको समिति बैठकले विमानस्थलभित्र रहेको निगमको भण्डारणको स्थानान्तरणका बिषयमा छलफल गर्दै एक साताभित्र स्थलगत अनुगमन गरी समग्र कामकारवाहीको बारेमा जानकारी लिने निर्णय गरेको हो ।

Ncell
Extreme Energy

त्यस्तै बैकल्पिक उर्जाको रुपमा इथानोलको सम्भाव्यता अध्ययन गर्ने बिषयमा समेत छलफल गर्दै समितिले नेपालमा वायो ईथानोल उत्पादन गर्ने उत्पादकहरुसँग तोकिएको गुणस्तर तथा मूल्यमा निश्चित परिमाणमा खरिद सम्झौता गरि पेट्रोलमा वायो ईथानोल मिश्रण गरि आन्तरिक उत्पादन, वैदेशिक मुद्रा सञ्चिति र रोजगारीका साथै कुल ग्राहस्थ उत्पादन बढाउन सकिने तर्फ गम्भीर ध्यानाकर्षण भएको सभापति अव्दुल खानले जानकारी दिए । 

यसका लागि स्वदेशी उत्पादकहरुलाई आह्वान गरि बायो इथानोलको उत्पादन तथा प्रयोगमा ल्याउन आवश्यक प्रवन्ध गर्न उद्योग मन्त्रालयलाई निर्देशन दिइएको समिति सभापति खानले बताए । 

त्यस्तै बैठकले अन्तराष्ट्रिय आप्रवासी संगठनले समेत विदेश जाने विद्यार्थी तथा श्रमिकको स्वास्थ्य परीक्षण गर्ने गरेको भन्ने जानकारी आएकाले त्यसको अनुमति कहाँबाट लिएको हो र सरकारलाई तिर्नुपर्ने करको अवस्था के छ भन्ने बारे प्रमाणसहितको विवरण श्रम मन्त्रालयबाट माग गर्ने निर्णय पनि गरेको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
नितान्त पारिवारिक भ्रमण हो, खिचडी नपकाउन अनुरोध छः रवि लामिछाने

नितान्त पारिवारिक भ्रमण हो, खिचडी नपकाउन अनुरोध छः रवि लामिछाने

उनले भने, ‘पहिलेदेखि नै जाने एउटा भाकल पनि थियो । धार्मिक एउटा आस्था, विश्वास, पारिवारिक एउटा संस्कार पनि, मेरो परिवार पनि अध्यात्मिक पनि भएको हुनाले, यो सबै कारणले...
अर्थमन्त्री डा.स्वर्णिम वाग्ले र भारतीय विदेशमन्त्री डा. एस. जयशंकरबीच बदलिदोँ विश्व परिस्थितिलाई लिएर रोचक प्रश्नोत्तर (पूर्णपाठ)

अर्थमन्त्री डा.स्वर्णिम वाग्ले र भारतीय विदेशमन्त्री डा. एस. जयशंकरबीच बदलिदोँ विश्व परिस्थितिलाई लिएर रोचक प्रश्नोत्तर (पूर्णपाठ)

समिटको 'द जियोपोलिटिक्स् अफ सोभरेन चोइस' शीर्षकको प्यानलमा भारतीय विदेशमन्त्री डा. एस. जयशंकर प्रमुख वक्त्ता थिए । सोहीक्रममा उपस्थित अतिथिकोतर्फबाट नेपालका अर्थमन्त्री डा.स्वर्णिम वाग्लेलाई पनि जयशंकरको विचारमाथि प्रश्न...
रास्वपा सभापति रवि लामिछाने तीनदिने धार्मिक भ्रमणका लागि भारत जाँदै

रास्वपा सभापति रवि लामिछाने तीनदिने धार्मिक भ्रमणका लागि भारत जाँदै

लामिछानेले आजदेखि तीन दिनसम्म भारत भ्रमण गर्ने भएका हुन्। रास्वपा सभापतिको निजी सचिवालयले कात्तिक ५ गते जारी गरेको प्रेस विज्ञप्तिमार्फत उनको भारत भ्रमणबारे जानकारी दिएको हो।
पूर्वराष्ट्रपति भण्डारी चीन प्रस्थान

पूर्वराष्ट्रपति भण्डारी चीन प्रस्थान

परिवर्तनशील विश्वमा विश्वास र सहकार्यको पुनर्निर्माण ‘थिम’ रहेको उक्त ग्लोबल गभर्नेन्स सम्मेलन यही अक्टोबर २३ देखि २५ सम्म आयोजना हुँदैछ ।