नेभिगेशन
सबै कुरा

देउवाले मञ्चबाटै सर्वसाधारणलाई भने–‘लाज नभएका बदमासहरु’ (भिडियाे)

काठमाडाैँ । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सर्वसाधार।णलाई ‘लाज नभएकाहरु’ भन्दै हप्काएका छन् । काठमाडौँमा आयोजित गौरा पर्व हेर्न पुगेका सर्वसाधारणहरुलाई देउवाले मञ्चबाटै यस्तो भनेका हुन् । 


मञ्चमा उनी बोल्दै गर्दा सहभागीहरुले होहल्ला गरेका थिए । त्यसपछि देउवा आक्रोसित बनेका हुन् । नारावाजी भएपछि उनले भने, ‘तपाईँहरु जति कराउनुहुन्छ म बोल्ने कुरा बोलिहाल्छु । जति कराएपनि कराउनुस् । जति कराउन मन छ कराउनुस् । लाज पनि छैन अर्काको कार्यक्रम बिथोल्ने ? लाज नभाकाहरु । अर्काको कार्यक्रम विथोल्ने लाज छैन ? यही हो नेपालको संस्कृति ? यही हो नेपालको चलन ? यही सिकेर आएको ? बदमासहरु । आदरणिय दाजुभाई, दिदिबहिनीहरु यस्तै छ । यहाँ गौरापर्व सुन्न आएका छन् । देउडा खेल्न आएका छन् । कुरा सुन्न दिदैनन् । न देउडा खेल्न दिन्छन् । यस्ता अर्काको कार्यक्रम विथोल्नेहरु यहाँ बसेका छन् । यस्तालाई जनातले ठिक पार्छन् । ठिक पार्नुपर्छ ।’

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
७१ सेवा केन्द्रमा तीव्र गतिको इन्टरनेट जडान गर्दै काठमाडौँ महानगरपालिका

७१ सेवा केन्द्रमा तीव्र गतिको इन्टरनेट जडान गर्दै काठमाडौँ महानगरपालिका

कामपाले आफ्ना मातहतमा रहेका स्वास्थ्य प्रवर्द्धन केन्द्र, वडा कार्यालयलगायत अन्य सेवा केन्द्रहरूमा तीव्र गतिको ब्रोडब्यान्ड इन्टरनेट (फाइबर टू द होम–एफटिटिएच) जडान प्रक्रिया अघि बढाएको कामपाको प्रशासन शाखा प्रमुख...
राष्ट्रपति पौडेल स्वदेश फिर्ता

राष्ट्रपति पौडेल स्वदेश फिर्ता

उनलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, परराष्ट्र सचिव अमृतबहादुर राई, नेपालका लागि कतारका राजदूत, सुरक्षा निकायका प्रमुखलगायतले स्वागत गरेका थिए ।...
सौराहामा रास्वपाको विस्तारित बैठक: ५ सय बढी प्रतिनिधिको यसरी हुँदै छ व्यवस्थापन

सौराहामा रास्वपाको विस्तारित बैठक: ५ सय बढी प्रतिनिधिको यसरी हुँदै छ व्यवस्थापन

संयोजक ढकालका अनुसार विस्तारित बैठकको ७० प्रतिशत बढी तयारी सकिएको छ । हल व्यवस्थापन, लजिस्टिक व्यवस्थापन लगायतका कामहरू लगभग सकिएका छन् । बिहीबार बाटै प्रतिनिधिहरू चितवन आउने क्रममा...