नेभिगेशन
सबै कुरा

सुमो र मोटरसाइकल ठोक्किदा २ जनाको मृत्यु

रौतहट  । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत रौतहटको धन्सर पुलमा टाटासुमो र मोटरसाइकल ठोक्किएर दुर्घटना हुदाँ २ युवकको मृत्यु भएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

मृत्यु हुनेमा मोटरसाइकलमा सवार सुनसरीको धरान उपमाहानगरपालिका–१५ बस्ने  ३३ बर्षका तुलसी ओझा र मोरको सुन्दरहरैचा नगरपालिका–११ बस्ने बर्ष २८ का विवश बास्कोटा रहेको जिल्ला ट्राफिक  प्रहरी कार्यालय रौतहटका प्रमुख सुशील आचार्यले जानकारी दिए ।  

Ncell
Extreme Energy

चन्द्रपुर नगरपालिका वडा नम्बर ४ स्थित पूर्वपश्चीम राजमार्गको धन्सार पुल नजिकैकोे लच्कामा  पश्चिमबाट पुर्वतर्फ जाँँदै गरेको बाग्मती प्रदेश ०३–००१ च ५३१ नम्बरको टाटा सुमोले  प्रदेश १–०२–०४३ प ८०२५ नम्बरको मोटरसाइकललाई ठक्कर दिदाँ मोटरसाइकलमा सवार दुवै जनाको घटनास्थलमै मृत्यु भएको  आचार्यले जानकारी दिए ।  

टाटा सुमो प्रहरीको  नियन्त्रणमा रहेको छ भने चालक फरार रहेका छन् । सोमबार दिउँसो भएको सो दुर्घटना ओभरटेक गर्ने क्रममा भएको हुन सक्ने प्रहरीको अनुमान छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
भोटेकोशी बाढी– दिनभर केके भए, कहाँ कति क्षति?

भोटेकोशी बाढी– दिनभर केके भए, कहाँ कति क्षति?

भौतिक क्षति त एउटा कुरा भयो, यो भन्दा ठूलो क्षति मानवीय क्षति हो । सुरक्षा पहरा दिँदै गरेका सुरक्षाकर्मी बेपत्ता छन्, भन्सारमा काम गर्दै गरेका कर्मचारी सम्पर्कविहीन छन्...
नेपाली सेना र निजी क्षेत्रका हेलिकप्टरद्वारा ११४ जना बाढी प्रभावितको उद्धार

नेपाली सेना र निजी क्षेत्रका हेलिकप्टरद्वारा ११४ जना बाढी प्रभावितको उद्धार

त्यसैगरी निजी क्षेत्रअन्तर्गत कैलाश हेलिकप्टरले रसुवा–टिचिङ अस्पतालमा पाँच जना, सिम्रिकले रसुवाबाट तीन, जना, अन्नपूर्ण रसुवाबाट टिचिङ अस्पतालमा चार जनाको उद्धार गरेका छन् ।
मोदीले बालेनलाई भने– सम्भावित सबै मानवीय सहयोग गर्न भारत तयार छ

मोदीले बालेनलाई भने– सम्भावित सबै मानवीय सहयोग गर्न भारत तयार छ

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले बाढी प्रभावित नेपालीहरुलाई सहयोग गर्न भारत तयार रहेको बताएका छन् ।
भारत, चीन र विश्व बैंकले सोधे– कस्तो सहयोग कहाँ पठाऊँ ?

भारत, चीन र विश्व बैंकले सोधे– कस्तो सहयोग कहाँ पठाऊँ ?

नेपालका बाढीप्रभावितको उद्धार र पुनर्निर्माणका लागि आर्थिक सहयोग गर्न सरकारसँग भारत, चीन र विश्व बैंकले समन्वय गरेका छन्