नेभिगेशन
सबै कुरा

१७ देशका लागि प्रस्तावित राजदूतहरुको सुनुवाई भदौ १४ देखि गरिने

काठमाडौँ । संसदीय सुनुवाई समितिले बिभिन्न देशका लागि प्रस्तावित राजदूतहरुको सुनुवाई भाद्र १४ गतेदेखि सुरु गर्ने भएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सिंहदरबारमा मंगलबार बसेको समिति बैठकले प्रस्तावित राजदूतहरुको सुनुवाईको कार्यतालिका पारित गरेको हो । कार्यतालिका अनुसार भाद्र १४ गते समितिले उजुरीकर्ताहरुहरुसंग छलफल गर्नेछ भने भाद्र १६ देखि २५ गतेसम्म विदाको दिनबाहेक प्रस्तावित राजदूतहरूको संसदीय सुनुवाई हुने समिति सभापति ईश्वरीदेवी न्यौपानेले जानकारी दिए ।  उनले राजदूत सिफारिसका बिषयमा परराष्ट्रमन्त्रीसँग पनि छलफल गर्ने निर्णय भएको बताए । संविधान अनुसार समावेशीताको आधारमा राजदूत सिफारिस भए–नभएको र नभएको भए त्यसको कारणबारे परराष्ट्रमन्त्रीसँग जानकारी लिइने उनले बताए । 

Ncell
Extreme Energy

बैठकमा समिति सदस्यहरुले राजदूत सिफारिस गर्दा समावेशीतालाई ख्याल नगरेको धारणा राखेका थिए । सांसद जीवन परियारले पछि परेका समूदायलाई पनि सहभागीताका बारेमा पटक पटक ध्यानाकर्षण गराउदा पनि सरकारले सम्बोधन गर्न नसकेको बताए । कर्मचारी बाहेकबाट राजदूत सिफारिस गर्दा समावेशीलाई ध्यान दिन उनले सरकारको ध्यानाकर्षण गराए ।

त्यस्तै सांसद जनार्दन शर्माले संविधानले दिएको अधिकार कार्यान्वयन गर्नका लागि पनि समावेशीतालाई ध्यान दिनुपर्ने उल्लेख गरे । संविधानलाई सही ढंगले कार्यान्वयन गर्न नसके आगामी दिनमा समस्या आउन सक्ने उनको भनाइ छ ।

सरकारले साउन १४ गते बिभिन्न १७ देशका लागि राजदूत सिफारिस गरेको थियो । संविधान अनुसार राजदूत पदमा सिफारिस भएकाहरूको संसदीय सुनुवाइ गर्नुपर्ने व्यवस्था छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
प्रतिनिधिसभाको दोस्रो अधिवेशनः ६२ दिनका ६८ बैठकमा के-के भयाे

प्रतिनिधिसभाको दोस्रो अधिवेशनः ६२ दिनका ६८ बैठकमा के-के भयाे

गत वैशाख २८ गतेदेखि आजसम्म गरी कुल १४५ दिन भए पनि संसदीय कार्य दिन ६२ कायम भएको हो । सभामुख डोलप्रसाद अर्यालले दोस्रो अधिवेशनको अन्त्यको घोषणा गर्नुपूर्व अधिवेशनमा...
रास्वपा सचेतक क्रान्तिशिखाको आग्रह– नयाँ घटना आएपछि अघिल्लो पीडा नबिर्सौं

रास्वपा सचेतक क्रान्तिशिखाको आग्रह– नयाँ घटना आएपछि अघिल्लो पीडा नबिर्सौं

रास्वपा सचेतक क्रान्तिशिखा धितालले नयाँ घटना आउना साथ पुरानो घटना र त्यसले दिएको पीडा नभुल्न सरकारलाई आग्रह गरेकी छन् ।
राष्ट्रसंघ महासभामा नेपालले के भन्यो ? परराष्ट्रमन्त्रीले संसद्लाई गराए जानकारी

राष्ट्रसंघ महासभामा नेपालले के भन्यो ? परराष्ट्रमन्त्रीले संसद्लाई गराए जानकारी

परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा नेपालको सहभागिताबारे प्रतिनिधिसभाको आजको बैठकलाई जानकारी गराएका छन् ।
सरकारले जनअपेक्षाबमोजिम काम गर्न सकेनः आङ्देम्बे

सरकारले जनअपेक्षाबमोजिम काम गर्न सकेनः आङ्देम्बे

प्रमुख प्रतिपक्षी दलका नेता भीष्मराज आङ्देम्बेले वर्तमान सरकारका छ महिना जनअपेक्षाबमोजिम उपलब्धिपूर्ण हुन नसकेको र सङ्क्रमणकालकै निरन्तरता भएको बताएका छन् ।