नेभिगेशन
सबै कुरा

नेप्से परिसूचकमा निरन्तर गिरावट, आज एकै दिन १ सय ११ दशमलव ९६ अङ्कले घट्यो

काठमाडौँ, ११ भदौ : यो सातामा कारोबारको दोस्रो दिन पनि पुँजीबजारमा उच्च अङ्कको गिरावट देखिएको छ । आइतबार ७९ दशमलव ८८ अङ्कले घटेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज एक सय ११ दशमलव ९६ अङ्कले घटेर दुई हजार सात सय ८२ दशमलव ६० को बिन्दुमा कायम भएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

आज नेप्से परिसूचक तीन दशमलव ८६ प्रतिशतले घटेको हो । आज तीन सय ३० कम्पनीको चार करोड ३८ लाख ६८ हजार नौ सय ७० कित्ता शेयर दुई लाख ३४ हजार तीन सय ६० पटक खरिदबिक्री हुँदा रु १८ अर्ब ६४ करोड ९५ लाख ३३ हजार एक सय ७० बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

Ncell
Extreme Energy

होटल तथा पर्यटन समूह शून्य दशमलव ४३ प्रतिशतले बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ । सबैभन्दा धेरै बैंकिङ चार दशमलव ९२, विकास बैंक चार दशमलव १८, वित्त चार दशमलव ६९ र लगानी समूह चार दशमलव १३ प्रतिशतले घटेको छ । 

त्यस्तै, जलविद्युत् तीन दशमलव ९६, जीवन बीमा तीन दशमलव ६५, उत्पादन तथा प्रशोधन दुई दशमलव ९३, लघुवित्त दुई दशमलव ९६, म्युचुअल फन्ड एक दशमलव ०९, निर्जीवन बीमा दुई दशमलव ४५, व्यापार दुई दशमलव १६ र अन्य समूह तीन दशमलव ८५ प्रतिशतले घटेको छ ।

तारागाउँ रिजेन्सी होटल लिमिटेड, आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेड र दोल्ति पावर कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने नेपाल फाइनान्स लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्स लिमिटेडको रु ६५ करोड ४२ लाख नौ हजार पाँच सय ८२ बराबरको कारोबार भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने अपि पावर कम्पनी लिमिटेडको १४ लाख ५९ हजार चार सय ५० बराबरको कारोबार भएको छ ।


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
नेप्से परिसूचक ३६ दशमलव २५ अङ्कले  घट्यो

नेप्से परिसूचक ३६ दशमलव २५ अङ्कले  घट्यो

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक छ दशमलव ३३ अङ्कले घटेर ४६७ दशमलव ४६ मा पुगेको छ । त्यसैगरी फ्लोट सूचक दुई दशमलव ६० अङ्कले घटेर १८०...
किन स्थगित भयाे सेयर बजारमा आजको कारोबार ?

किन स्थगित भयाे सेयर बजारमा आजको कारोबार ?

नेप्सेको कारोबार प्रणालीसँग सम्बन्धित ७२ कारोबार सदस्य कम्पनीहरूको सर्भर राखिएको डाटा सेन्टरमा प्राविधिक समस्या देखिएपछि कारोबार स्थगित गरिएको हो । नेप्सेले सोमबार जारी गरेको सूचनामा डाटा हब प्रालिमा...
नेप्से परिसूचक २१ दशमलव १९ अङ्कले घट्यो

नेप्से परिसूचक २१ दशमलव १९ अङ्कले घट्यो

विभिन्न कम्पनीका एक करोड ५१ लाख एक हजार ५५५ कित्ता शेयर रु पाँच अर्ब ३८ करोड ९५ लाख ७४ हजार ६४८ मूल्यमा खरिद बिक्री भएको छ । सबै...
४८ दशमलव ५७ अङ्कले बढ्यो नेप्से परिसूचक

४८ दशमलव ५७ अङ्कले बढ्यो नेप्से परिसूचक

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ४८ दशमलव  ५७ अङ्कले बढेर दुई हजार ६३३ दशमलव ६२ मा पुगेको छ ।