नेभिगेशन
सबै कुरा

नेप्से परिसूचकमा निरन्तर गिरावट, आज एकै दिन १ सय ११ दशमलव ९६ अङ्कले घट्यो

काठमाडौँ, ११ भदौ : यो सातामा कारोबारको दोस्रो दिन पनि पुँजीबजारमा उच्च अङ्कको गिरावट देखिएको छ । आइतबार ७९ दशमलव ८८ अङ्कले घटेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज एक सय ११ दशमलव ९६ अङ्कले घटेर दुई हजार सात सय ८२ दशमलव ६० को बिन्दुमा कायम भएको छ । 

आज नेप्से परिसूचक तीन दशमलव ८६ प्रतिशतले घटेको हो । आज तीन सय ३० कम्पनीको चार करोड ३८ लाख ६८ हजार नौ सय ७० कित्ता शेयर दुई लाख ३४ हजार तीन सय ६० पटक खरिदबिक्री हुँदा रु १८ अर्ब ६४ करोड ९५ लाख ३३ हजार एक सय ७० बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

CG

होटल तथा पर्यटन समूह शून्य दशमलव ४३ प्रतिशतले बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ । सबैभन्दा धेरै बैंकिङ चार दशमलव ९२, विकास बैंक चार दशमलव १८, वित्त चार दशमलव ६९ र लगानी समूह चार दशमलव १३ प्रतिशतले घटेको छ । 

त्यस्तै, जलविद्युत् तीन दशमलव ९६, जीवन बीमा तीन दशमलव ६५, उत्पादन तथा प्रशोधन दुई दशमलव ९३, लघुवित्त दुई दशमलव ९६, म्युचुअल फन्ड एक दशमलव ०९, निर्जीवन बीमा दुई दशमलव ४५, व्यापार दुई दशमलव १६ र अन्य समूह तीन दशमलव ८५ प्रतिशतले घटेको छ ।

तारागाउँ रिजेन्सी होटल लिमिटेड, आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेड र दोल्ति पावर कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने नेपाल फाइनान्स लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्स लिमिटेडको रु ६५ करोड ४२ लाख नौ हजार पाँच सय ८२ बराबरको कारोबार भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने अपि पावर कम्पनी लिमिटेडको १४ लाख ५९ हजार चार सय ५० बराबरको कारोबार भएको छ ।


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
नेप्से परिसूचकमा १० अङ्कको वृद्धि

नेप्से परिसूचकमा १० अङ्कको वृद्धि

बुधबार ३४२ कम्पनीको एक करोड १९ लाख ४६ हजार ३३३ कित्ता शेयर ६३ हजार ९८१ पटक खरिद बिक्री हुँदा रू पाँच अर्ब १३ करोड ४८ लाख ५० हजार...
नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट

नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट

सोमबार ३३७ कम्पनीको एक करोड ३७ हजार ३०७ कित्ता शेयर ६९ हजार ५४८ पटक खरिदबिक्री हुँदा रु चार अर्ब ७७ करोड ४७ लाख ८६ हजार ३४ बराबरको कारोबार...
नेप्से परिसूचकमा ४७ अङ्कको वृद्धि

नेप्से परिसूचकमा ४७ अङ्कको वृद्धि

आइतबार विभिन्न ३२८ कम्पनीका एक करोड ३४ लाख ६७ हजार १४५ कित्ता शेयर ८९ हजार २५१ पटक खरिदबिक्री हुँदा रू पाँच अर्ब ५३ करोड १३ लाख ७० हजार...
नेप्से परिसूचक सामान्य अङ्कले वृद्धि

नेप्से परिसूचक सामान्य अङ्कले वृद्धि

बुधबार ३३४ कम्पनीको ७२ लाख २४ हजार ९१७ कित्ता शेयर ६२ हजार ७६८ पटक खरिदबिक्री हुँदा रु तीन अर्ब २२ करोड ४६ लाख ६४ हजार ६६३ दशमलव ४५...