नेभिगेशन
सबै कुरा

टुँडिखेल घटना जनता जागेको ठुलो घण्टी होः रवि लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानले सोमबार टुँडिखेलमा भएको घटना बारे टिप्पणी गरेका छन् । मंगलबार संसद भवन बाहिर सञ्चारकर्मीहरुले लामिछानेलाई सोमबार टँडिखेलमा भएको नारावाजिका विषयमा प्रश्न गरेका थिए । 

देउवाले मञ्चबाटै सर्वसाधारणलाई भने–‘लाज नभएका बदमासहरु’ (भिडियाे)

जवाफमा लामिछानेले दुई तिहाईको सरकारका लागि ठुलो घण्टी भएको टिप्पणी गरे । उनले भने, ‘दुई तिहाईको सरकारलाई यो भन्दा ठुलो घण्टी अरु के बज्ने होर ?’ 

लामिछानेले नागरिकले चासोका साथ राजनीतिलाई हेरेकाले अब जे पनि चल्दैन भन्ने संकेतको सुरुवात भएको पनि बताए । हरेक ठाउँमा नागरिकले हस्तक्षप गर्न सुरु गरिसकेको भन्दै लामिछानेले भने, ‘राजनीतिकरुपमा हामीले हस्तक्षप गर्न आयौँ, आम नागरिकले पनि हस्तक्षेप गर्न अब सुरु गरे भन्ने  संकेतका रुपमा बुझ्नुपर्छ ।’ टुँडिखेलमा जनताले हरेक चिज हेरिरहेका छन्, जागिरहेका छन् भन्ने सन्देश  अभिव्यक्त भएको लामिछानेले बताए ।

नेताहरुविरुद्ध नारावाजी भएपछि प्रधानमन्त्री ओलीले भने, ‘नयाँ पुस्ताले शिष्टता बिर्सियो’ (भिडियाे)

लामिछानले भने, ‘जनताले हरेक चिज हेरिरहेका छन् भन्ने कुराको स्पष्ट सन्देश गत चुनावमा हामीले पनि देखाएको हो, स्थानीय चुनावमा साथीहरुले पनि देखाइसकेका हुन्, अहिले आम नागरिक तहमा देखाइसकियो भने अब अरु हेर्न बाँकी केही पनि छैन, सच्चिनु सुध्रिनु बाहेक केही छैन।

टुँडिखेलमा ओली र देउवा विरुद्ध नारा लगाउनेहरू भिडियो फुटेज हेरेर पहिचान गरिंदै

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
७१ सेवा केन्द्रमा तीव्र गतिको इन्टरनेट जडान गर्दै काठमाडौँ महानगरपालिका

७१ सेवा केन्द्रमा तीव्र गतिको इन्टरनेट जडान गर्दै काठमाडौँ महानगरपालिका

कामपाले आफ्ना मातहतमा रहेका स्वास्थ्य प्रवर्द्धन केन्द्र, वडा कार्यालयलगायत अन्य सेवा केन्द्रहरूमा तीव्र गतिको ब्रोडब्यान्ड इन्टरनेट (फाइबर टू द होम–एफटिटिएच) जडान प्रक्रिया अघि बढाएको कामपाको प्रशासन शाखा प्रमुख...
राष्ट्रपति पौडेल स्वदेश फिर्ता

राष्ट्रपति पौडेल स्वदेश फिर्ता

उनलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, परराष्ट्र सचिव अमृतबहादुर राई, नेपालका लागि कतारका राजदूत, सुरक्षा निकायका प्रमुखलगायतले स्वागत गरेका थिए ।...
सौराहामा रास्वपाको विस्तारित बैठक: ५ सय बढी प्रतिनिधिको यसरी हुँदै छ व्यवस्थापन

सौराहामा रास्वपाको विस्तारित बैठक: ५ सय बढी प्रतिनिधिको यसरी हुँदै छ व्यवस्थापन

संयोजक ढकालका अनुसार विस्तारित बैठकको ७० प्रतिशत बढी तयारी सकिएको छ । हल व्यवस्थापन, लजिस्टिक व्यवस्थापन लगायतका कामहरू लगभग सकिएका छन् । बिहीबार बाटै प्रतिनिधिहरू चितवन आउने क्रममा...