नेभिगेशन
सबै कुरा

टुँडिखेल घटना जनता जागेको ठुलो घण्टी होः रवि लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानले सोमबार टुँडिखेलमा भएको घटना बारे टिप्पणी गरेका छन् । मंगलबार संसद भवन बाहिर सञ्चारकर्मीहरुले लामिछानेलाई सोमबार टँडिखेलमा भएको नारावाजिका विषयमा प्रश्न गरेका थिए । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

देउवाले मञ्चबाटै सर्वसाधारणलाई भने–‘लाज नभएका बदमासहरु’ (भिडियाे)

Ncell
Extreme Energy

जवाफमा लामिछानेले दुई तिहाईको सरकारका लागि ठुलो घण्टी भएको टिप्पणी गरे । उनले भने, ‘दुई तिहाईको सरकारलाई यो भन्दा ठुलो घण्टी अरु के बज्ने होर ?’ 

लामिछानेले नागरिकले चासोका साथ राजनीतिलाई हेरेकाले अब जे पनि चल्दैन भन्ने संकेतको सुरुवात भएको पनि बताए । हरेक ठाउँमा नागरिकले हस्तक्षप गर्न सुरु गरिसकेको भन्दै लामिछानेले भने, ‘राजनीतिकरुपमा हामीले हस्तक्षप गर्न आयौँ, आम नागरिकले पनि हस्तक्षेप गर्न अब सुरु गरे भन्ने  संकेतका रुपमा बुझ्नुपर्छ ।’ टुँडिखेलमा जनताले हरेक चिज हेरिरहेका छन्, जागिरहेका छन् भन्ने सन्देश  अभिव्यक्त भएको लामिछानेले बताए ।

नेताहरुविरुद्ध नारावाजी भएपछि प्रधानमन्त्री ओलीले भने, ‘नयाँ पुस्ताले शिष्टता बिर्सियो’ (भिडियाे)

लामिछानले भने, ‘जनताले हरेक चिज हेरिरहेका छन् भन्ने कुराको स्पष्ट सन्देश गत चुनावमा हामीले पनि देखाएको हो, स्थानीय चुनावमा साथीहरुले पनि देखाइसकेका हुन्, अहिले आम नागरिक तहमा देखाइसकियो भने अब अरु हेर्न बाँकी केही पनि छैन, सच्चिनु सुध्रिनु बाहेक केही छैन।

टुँडिखेलमा ओली र देउवा विरुद्ध नारा लगाउनेहरू भिडियो फुटेज हेरेर पहिचान गरिंदै

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
प्रतिनिधिसभाको दोस्रो अधिवेशनः ६२ दिनका ६८ बैठकमा के-के भयाे

प्रतिनिधिसभाको दोस्रो अधिवेशनः ६२ दिनका ६८ बैठकमा के-के भयाे

गत वैशाख २८ गतेदेखि आजसम्म गरी कुल १४५ दिन भए पनि संसदीय कार्य दिन ६२ कायम भएको हो । सभामुख डोलप्रसाद अर्यालले दोस्रो अधिवेशनको अन्त्यको घोषणा गर्नुपूर्व अधिवेशनमा...
रास्वपा सचेतक क्रान्तिशिखाको आग्रह– नयाँ घटना आएपछि अघिल्लो पीडा नबिर्सौं

रास्वपा सचेतक क्रान्तिशिखाको आग्रह– नयाँ घटना आएपछि अघिल्लो पीडा नबिर्सौं

रास्वपा सचेतक क्रान्तिशिखा धितालले नयाँ घटना आउना साथ पुरानो घटना र त्यसले दिएको पीडा नभुल्न सरकारलाई आग्रह गरेकी छन् ।
राष्ट्रसंघ महासभामा नेपालले के भन्यो ? परराष्ट्रमन्त्रीले संसद्लाई गराए जानकारी

राष्ट्रसंघ महासभामा नेपालले के भन्यो ? परराष्ट्रमन्त्रीले संसद्लाई गराए जानकारी

परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा नेपालको सहभागिताबारे प्रतिनिधिसभाको आजको बैठकलाई जानकारी गराएका छन् ।
सरकारले जनअपेक्षाबमोजिम काम गर्न सकेनः आङ्देम्बे

सरकारले जनअपेक्षाबमोजिम काम गर्न सकेनः आङ्देम्बे

प्रमुख प्रतिपक्षी दलका नेता भीष्मराज आङ्देम्बेले वर्तमान सरकारका छ महिना जनअपेक्षाबमोजिम उपलब्धिपूर्ण हुन नसकेको र सङ्क्रमणकालकै निरन्तरता भएको बताएका छन् ।