नेभिगेशन
सबै कुरा

विश्वभरका नेपाली स्वास्थ्यविज्ञको दक्षता देशमै भित्र्याउन हेल्थ समिट गर्दै स्वास्थ्य मन्त्रालय

काठमाडौँ । नेपालको स्वास्थ्य क्षेत्रमा सुधारका लागि विदेशमा रहेका नेपालीको ज्ञान, सीप र दक्षता देशमा भित्र्याउन भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ‘नेपाल हेल्थ समिट २०२४’ आयोजना गर्ने निर्णय गरेको छ । उक्त सम्मेलनमा स्वदेश तथा विदेशमा रहेका स्वास्थ्य क्षेत्रमा कार्यरत नेपाली विज्ञहरूको सहभागिता रहने र सुझावहरू सङ्कलन गर्ने मन्त्रालयको तयारी रहेको छ । सम्मेलनमार्फत स्वास्थ्य सुधारका लागि निटक भविष्यमा समेत नीति निर्माण तथा योजना र आवश्यक कार्यक्रम बनाउन महत्वपूर्ण सहयोग पुग्ने विश्वास मन्त्रलायले लिएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले मङ्गलबार यससम्बन्धी निर्णय गरेका हुन् । गत साउन २७ गते उनले सार्वजनिक गरेको योजना तथा प्राथमिकतामा ‘नेपाल बाहिर विभिन्न देशमा विज्ञता र अनुभव हासिल गरिरहेका स्वास्थ्य जनशक्तिको सीप र दक्षतालाई नेपालको स्वास्थ्य सेवा प्रणालीसँग आबद्ध गर्न आवश्यक प्रबन्ध गरिने’ उल्लेख छ । 

Ncell
Extreme Energy

विश्वभरका नेपाली चिकित्सक, अनुसन्धानकर्ता, प्राज्ञिक व्यक्तित्व तथा नर्सहरूको सीप र दक्षतालाई देशको स्वास्थ्य सुधारमा उपयोग गर्न आवश्यक सुझाव लिनका लागि सम्मेलन गर्न लागिएको मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले जानकारी दिए । ‘समिटमा सहभागी नेपाली विज्ञबाट प्राप्त सुझावका आधारमा मन्त्रीज्यूको लक्ष्यअनुसार स्वास्थ्य क्षेत्रमा सुधारको कार्ययोजना तयार पारिनेछ,’ उनले भने । 

मन्त्रालयले यसका लागि आवश्यक तयारी गर्न डा. प्रकाश थपलियाको संयोजकत्वमा ८  सदस्यीय कार्यदल गठनसमेत गरेको छ । कार्यदलमा स्वास्थ्य विज्ञ डा. शम्भु आचार्यसँगै पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका सङ्क्रामक रोग विशेषज्ञ डा. जनक कोइराला तथा धुलिखेल अस्पतालका डा. विराज कर्माचार्यलाई सदस्य छन् । यसैगरी, विज्ञहरू डा रुना झा, डा अर्चना अमात्य, वरिष्ठ जनस्वास्थ्य प्रशासक उपेन्द्र ढुङ्गाना र प्रमुख जनस्वास्थ्य प्रशासक डा. भीमप्रसाद सापकोटा र नेपाल मेडिकल काउन्सिलका प्रतिनिधिलाई आमन्त्रित सदस्य तोकिएको छ । कार्यदलको सुझावका आधारमा मन्त्रालयले सम्मेलनको मिति तथा आवश्यक कार्यढाँचा तय गर्ने मन्त्री पौडेलको सचिवालयले जनाएको छ ।


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
नितान्त पारिवारिक भ्रमण हो, खिचडी नपकाउन अनुरोध छः रवि लामिछाने

नितान्त पारिवारिक भ्रमण हो, खिचडी नपकाउन अनुरोध छः रवि लामिछाने

उनले भने, ‘पहिलेदेखि नै जाने एउटा भाकल पनि थियो । धार्मिक एउटा आस्था, विश्वास, पारिवारिक एउटा संस्कार पनि, मेरो परिवार पनि अध्यात्मिक पनि भएको हुनाले, यो सबै कारणले...
अर्थमन्त्री डा.स्वर्णिम वाग्ले र भारतीय विदेशमन्त्री डा. एस. जयशंकरबीच बदलिदोँ विश्व परिस्थितिलाई लिएर रोचक प्रश्नोत्तर (पूर्णपाठ)

अर्थमन्त्री डा.स्वर्णिम वाग्ले र भारतीय विदेशमन्त्री डा. एस. जयशंकरबीच बदलिदोँ विश्व परिस्थितिलाई लिएर रोचक प्रश्नोत्तर (पूर्णपाठ)

समिटको 'द जियोपोलिटिक्स् अफ सोभरेन चोइस' शीर्षकको प्यानलमा भारतीय विदेशमन्त्री डा. एस. जयशंकर प्रमुख वक्त्ता थिए । सोहीक्रममा उपस्थित अतिथिकोतर्फबाट नेपालका अर्थमन्त्री डा.स्वर्णिम वाग्लेलाई पनि जयशंकरको विचारमाथि प्रश्न...
रास्वपा सभापति रवि लामिछाने तीनदिने धार्मिक भ्रमणका लागि भारत जाँदै

रास्वपा सभापति रवि लामिछाने तीनदिने धार्मिक भ्रमणका लागि भारत जाँदै

लामिछानेले आजदेखि तीन दिनसम्म भारत भ्रमण गर्ने भएका हुन्। रास्वपा सभापतिको निजी सचिवालयले कात्तिक ५ गते जारी गरेको प्रेस विज्ञप्तिमार्फत उनको भारत भ्रमणबारे जानकारी दिएको हो।
पूर्वराष्ट्रपति भण्डारी चीन प्रस्थान

पूर्वराष्ट्रपति भण्डारी चीन प्रस्थान

परिवर्तनशील विश्वमा विश्वास र सहकार्यको पुनर्निर्माण ‘थिम’ रहेको उक्त ग्लोबल गभर्नेन्स सम्मेलन यही अक्टोबर २३ देखि २५ सम्म आयोजना हुँदैछ ।