नेभिगेशन
सबै कुरा

टुँडिखेलमा नेताको विरोध गर्दा पक्राउ परेका युवालाई तत्काल रिहा गरः रास्वपा सांसद ढकाल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाको विरोध गर्दा पक्राउ परेको युवालाई तत्काल रिहा गर्न माग गरेका छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बुधबार जारी प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद हरि ढकालले युवाहरूलाई समातेर सरकारले गलत गरेको भन्दै असन्तुष्टि जनाए । 

Ncell
Extreme Energy

ढकालले भने, ‘गौरा पर्वको अवसरमा आयोजित कार्यक्रममा युवाहरूले विरोध भाषणा गरे, यसलाई अराजकता अनेक अनेक बहाना लगाएर भिडिओ फुटेजहरु हेरेर युवा साथीहरूलाई हिरासतमा राख्न थालेको रहेछ । यो गलत भएको छ । विरोधका बोलीहरु त्यो पनि युवाले राखेको छ । राज्यले सुन्नसक्ने धैर्यता राख्नसक्नुपर्छ ।’

टुँडिखेलमा ओली र देउवा विरुद्ध नारा लगाउनेहरू भिडियो फुटेज हेरेर पहिचान गरिंदै

स्वदेशमा रोजगारी र अवसरबाट वञ्चित बनाइएका युवाहरूले सिंहदबारभित्रका बेमानहरूलाई खबरदारी गर्दै गर्दा समाउन नपाइने भन्दै ढकालले ती युवाहरूको तत्काल रिहाको माग गरे । 

ढकालले थपे,‘स्टाटस लेखेकै भरमा युवाहरूलाई समेतको कुरा आएको छ, कमिलाको उड्ने बेलामा प्वाँख पलाउँछ त्यस्तो नहोस्, हामी पनि यो विषयमा संवेदनशील छौं तर सरकारले यो रवैया देखायो भने कमिलाको प्वाख पलाएको जस्तो छ ।’

उनले क्यामेरामा देखिएको युवामात्रै नभएर टुँडिखेलाभरीका सबैलाई समातेर देखाउन गृहमन्त्रीलाई चुनौती दिए ।

टुँडिखेल घटना जनता जागेको ठुलो घण्टी होः रवि लामिछाने

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
प्रतिनिधिसभाको दोस्रो अधिवेशनः ६२ दिनका ६८ बैठकमा के-के भयाे

प्रतिनिधिसभाको दोस्रो अधिवेशनः ६२ दिनका ६८ बैठकमा के-के भयाे

गत वैशाख २८ गतेदेखि आजसम्म गरी कुल १४५ दिन भए पनि संसदीय कार्य दिन ६२ कायम भएको हो । सभामुख डोलप्रसाद अर्यालले दोस्रो अधिवेशनको अन्त्यको घोषणा गर्नुपूर्व अधिवेशनमा...
रास्वपा सचेतक क्रान्तिशिखाको आग्रह– नयाँ घटना आएपछि अघिल्लो पीडा नबिर्सौं

रास्वपा सचेतक क्रान्तिशिखाको आग्रह– नयाँ घटना आएपछि अघिल्लो पीडा नबिर्सौं

रास्वपा सचेतक क्रान्तिशिखा धितालले नयाँ घटना आउना साथ पुरानो घटना र त्यसले दिएको पीडा नभुल्न सरकारलाई आग्रह गरेकी छन् ।
राष्ट्रसंघ महासभामा नेपालले के भन्यो ? परराष्ट्रमन्त्रीले संसद्लाई गराए जानकारी

राष्ट्रसंघ महासभामा नेपालले के भन्यो ? परराष्ट्रमन्त्रीले संसद्लाई गराए जानकारी

परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा नेपालको सहभागिताबारे प्रतिनिधिसभाको आजको बैठकलाई जानकारी गराएका छन् ।
सरकारले जनअपेक्षाबमोजिम काम गर्न सकेनः आङ्देम्बे

सरकारले जनअपेक्षाबमोजिम काम गर्न सकेनः आङ्देम्बे

प्रमुख प्रतिपक्षी दलका नेता भीष्मराज आङ्देम्बेले वर्तमान सरकारका छ महिना जनअपेक्षाबमोजिम उपलब्धिपूर्ण हुन नसकेको र सङ्क्रमणकालकै निरन्तरता भएको बताएका छन् ।