नेभिगेशन
सबै कुरा

टुँडिखेलमा नेताको विरोध गर्दा पक्राउ परेका युवालाई तत्काल रिहा गरः रास्वपा सांसद ढकाल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाको विरोध गर्दा पक्राउ परेको युवालाई तत्काल रिहा गर्न माग गरेका छ । 

बुधबार जारी प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद हरि ढकालले युवाहरूलाई समातेर सरकारले गलत गरेको भन्दै असन्तुष्टि जनाए । 

ढकालले भने, ‘गौरा पर्वको अवसरमा आयोजित कार्यक्रममा युवाहरूले विरोध भाषणा गरे, यसलाई अराजकता अनेक अनेक बहाना लगाएर भिडिओ फुटेजहरु हेरेर युवा साथीहरूलाई हिरासतमा राख्न थालेको रहेछ । यो गलत भएको छ । विरोधका बोलीहरु त्यो पनि युवाले राखेको छ । राज्यले सुन्नसक्ने धैर्यता राख्नसक्नुपर्छ ।’

टुँडिखेलमा ओली र देउवा विरुद्ध नारा लगाउनेहरू भिडियो फुटेज हेरेर पहिचान गरिंदै

स्वदेशमा रोजगारी र अवसरबाट वञ्चित बनाइएका युवाहरूले सिंहदबारभित्रका बेमानहरूलाई खबरदारी गर्दै गर्दा समाउन नपाइने भन्दै ढकालले ती युवाहरूको तत्काल रिहाको माग गरे । 

ढकालले थपे,‘स्टाटस लेखेकै भरमा युवाहरूलाई समेतको कुरा आएको छ, कमिलाको उड्ने बेलामा प्वाँख पलाउँछ त्यस्तो नहोस्, हामी पनि यो विषयमा संवेदनशील छौं तर सरकारले यो रवैया देखायो भने कमिलाको प्वाख पलाएको जस्तो छ ।’

उनले क्यामेरामा देखिएको युवामात्रै नभएर टुँडिखेलाभरीका सबैलाई समातेर देखाउन गृहमन्त्रीलाई चुनौती दिए ।

टुँडिखेल घटना जनता जागेको ठुलो घण्टी होः रवि लामिछाने

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
७१ सेवा केन्द्रमा तीव्र गतिको इन्टरनेट जडान गर्दै काठमाडौँ महानगरपालिका

७१ सेवा केन्द्रमा तीव्र गतिको इन्टरनेट जडान गर्दै काठमाडौँ महानगरपालिका

कामपाले आफ्ना मातहतमा रहेका स्वास्थ्य प्रवर्द्धन केन्द्र, वडा कार्यालयलगायत अन्य सेवा केन्द्रहरूमा तीव्र गतिको ब्रोडब्यान्ड इन्टरनेट (फाइबर टू द होम–एफटिटिएच) जडान प्रक्रिया अघि बढाएको कामपाको प्रशासन शाखा प्रमुख...
राष्ट्रपति पौडेल स्वदेश फिर्ता

राष्ट्रपति पौडेल स्वदेश फिर्ता

उनलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, परराष्ट्र सचिव अमृतबहादुर राई, नेपालका लागि कतारका राजदूत, सुरक्षा निकायका प्रमुखलगायतले स्वागत गरेका थिए ।...
सौराहामा रास्वपाको विस्तारित बैठक: ५ सय बढी प्रतिनिधिको यसरी हुँदै छ व्यवस्थापन

सौराहामा रास्वपाको विस्तारित बैठक: ५ सय बढी प्रतिनिधिको यसरी हुँदै छ व्यवस्थापन

संयोजक ढकालका अनुसार विस्तारित बैठकको ७० प्रतिशत बढी तयारी सकिएको छ । हल व्यवस्थापन, लजिस्टिक व्यवस्थापन लगायतका कामहरू लगभग सकिएका छन् । बिहीबार बाटै प्रतिनिधिहरू चितवन आउने क्रममा...