नेभिगेशन
सबै कुरा

अमेरिकामा मुना पाण्डेको हत्या अभियोगमा बबीसिं शाह पक्राउ, बयानमा भने 'लुटपाटका क्रममा हत्या गरे'

वाशिङ्टन डिसी (अमेरिका) । अमेरिकामा नेपाली विद्यार्थी २१ वर्षीया मुना पाण्डेको हत्याका अभियोगमा  टेक्सास राज्यबाट ५१ वर्षीय बबीसिं शाह पक्राउ परेका छन्  । पाण्डेको  टेक्सासको हयुष्टनमा गत शनिबार हत्या भएको थियो । पाण्डेको हत्याका अभियोगमा शाहलाई पक्राउ गरी तस्बिरसमेत सार्वजनिक गरेको प्रहरीले जनाएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

हयुष्टन पुलिस डिपार्टमेन्टले ६३६३ वेष्ट एयरपोर्ट ब्लुवर्डमा गत सोमबार साँझ ५ः३५ बजे पाण्डेको शव उनकै अपार्टमेन्टमा फेला पारेको थियो । प्रहरीलाई अपार्टमेन्टको स्टाफले फोन गरेर जानकारी दिएको र सोही जानकारीका आधारमा अपार्टमेन्टमा प्रहरी टोली सोमबार पुगेका जनाइएको छ ।

Ncell
Extreme Energy

त्यहाँ उनीहरूले गोलीको प्रहारपश्चात निधन भएकी मुनाको शव बरामद गरेका थिए । प्रहरीले बुधबार मात्र शङ्कास्पद व्यक्तिको तस्विर सार्वजनिक गरेको थियो । सोही दिन साँझ संदिग्ध शाहलाई गिरफ्तार गर्न सफल भएका थिए ।

नेपाली समुदायका अगुवाहरूले मुनाको न्यायको लागि प्रयास गरिरहने र संदिग्ध व्यक्तिलाई अधिकतम सजायको माग गरेका छन् ।

यस्तै पक्राउ परेका बबिसिंले प्रहरीलाई दिएको बयानमा हत्याको कारण खुलाएका छन् । उनले लुटपाटको क्रममा मुनाको हत्या गरेको स्विकार गरेका छन् । 

नियतवश घातक हतियाले प्रहार गरिएको प्रहरीले अदालतमा पेश गरेको कागजमा खुलेको छ। अमेरिकाबाट प्रकाशित हुने नेप्योर्क डटकमका अनुसार बब्बी सिंह साहले बयानका क्रममा लुटपाटका क्रममा हत्या गरेको स्विकार गरेको बयान सहितको कागज अदालतमा पेश भएको छ । 



यस अघि प्रकाशित समाचारकाे शिर्षकमा  उल्लेखित नममा अन्यथा भएकाेमा सच्याइएकाे छ । -सम्पादक

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
घुससहित भूमि प्रशासनका कर्मचारी र लेखापढी व्यवसायी नियन्त्रणमा

घुससहित भूमि प्रशासनका कर्मचारी र लेखापढी व्यवसायी नियन्त्रणमा

आयोगका प्रवक्ता सुरेश न्यौपानेले आयोगको टोलीले रु तीन लाख घुस÷रिसवतबापतको रकम र स्रोत नखुलेको रु २४ हजार ८९० सहित ललितपुर महानगर वडा नं ४ स्थित एक होटलबाट शुक्रबार...
सशस्त्र प्रहरीको विद्यालयमा ११ करोड हिनामिना गर्ने इन्स्पेक्टर कल्पना सहित प्रेमीमाथि अख्तियारको अनुसन्धान

सशस्त्र प्रहरीको विद्यालयमा ११ करोड हिनामिना गर्ने इन्स्पेक्टर कल्पना सहित प्रेमीमाथि अख्तियारको अनुसन्धान

सशस्त्र प्रहरीको कीर्तिपुरस्थित विद्यालयमा ११ करोड भन्दा बढी रकम हिनामिना गरेको आरोपमा पक्राउ परेका  सशस्त्र प्रहरीकी इन्स्पेक्टर कल्पना गुरुङ र प्रेमी टासी भन्ने लीलाबहादुर लामामाथि अख्तियार दुरुपयोग अनुसन्धान...
त्रिवि एमबिएस प्रथम सत्रको प्रश्नपत्र कसरी बाहिरियो? अहिलेसम्म केके भयो?

त्रिवि एमबिएस प्रथम सत्रको प्रश्नपत्र कसरी बाहिरियो? अहिलेसम्म केके भयो?

त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत मास्टर्स अफ बिजनेश स्टडिज (एमबिएस) प्रथम सत्रको प्रश्नपत्र परीक्षा सुरु भएको केही मिनेटमै सामाजिक सञ्जालमा बाहिरिएको घटनाले सार्वजनिक भएको छ।
काठमाडौँमा ११ हजार बढी अपराधका घटना दर्ता, सबैभन्दा बढी बैंकिङ  कसुरका

काठमाडौँमा ११ हजार बढी अपराधका घटना दर्ता, सबैभन्दा बढी बैंकिङ कसुरका

काठमाडौँ प्रहरी परिसरले शुक्रबार पत्रकार सम्मेलन गर्दै आर्थिक वर्ष २०८२/८३ मा ११ हजार ८७ वटा अपराधको मुद्दा दर्ता भएको र ८ हजार ५ सय ७११ जनालाई पक्राउ गरिएको...