नेभिगेशन
सबै कुरा

राष्ट्रपति र प्रधानमन्त्रीद्वारा कास्यपदक विजेता पलेशा गोवर्धनलाई बधाई

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीले पारालिम्पिकमा कास्य पदक विजेता पलेशा गोवर्धनलाई बधाई दिएका छन् । राष्ट्रपति पौडेलले सञ्जालमार्फत ऐतिहासिक कास्य पदक विजेता गोवर्धनलाई बधाई दिएका हुन्। 

उनले भनेका छन्, “फरक क्षमता भएर नेपाली खेलकुदमा आफूलाई अब्बल दर्शाउनुभएकी पलेशाले जित्नुभएको कास्य पदक नेपाल र नेपालीको लागि गर्वको विषय हो । ”प्रधानमन्त्री ओलीले पनि सामाजिक सञ्जालबाट गोवधर्नलाई बधाई दिएका हुन् । 

Dish home
City Express

पेरिस पारालिम्पिक–२०२४ अन्तर्गत गए राति सम्पन्न के–४४ वर्गअन्तर्गत महिला ५७ केजीमुनिको स्पर्धामा पलेशाले सर्वियाकी मारिजा मिचेभलाई १५–८ ले पराजित गर्दै कांस्य पदक जितेकी हुन् । पारालिम्पिकमा पदक जित्ने उनी पहिलो नेपाली खेलाडी बनेकी छिन् ।

हिजै भएको पहिलो चरणको खेलमा उनले भेनेजुएलाकी भलेरिया मोराल्सलाई ३१(० ले पराजित गर्दै क्वार्टरफाइनलमा स्थान बनाएकी थिइन् । क्वार्टरफाइनलमा ब्राजिलकी सिल्भाना फर्नान्डेससङ  १०–८ ले पराजित भइन् । दोस्रो चरणमा पराजित भएको कारण उनले रिपाचेजमा मौका पाउँदै फ्रान्सकी सेफी कार्भजनलेलाई २–१ ले पराजित गरेकी थिइन् । 

गत चैतमा चीनको ताइयानमा भएको पारालिम्पिकको एसियाली छनोट प्रतियोगितामा उनले  स्वर्ण पदक जित्दै पेरिस पारालिम्पिकमा छनोट भएकी थिइन्। छनोट चरण पार गर्दै पारालिम्पिक खेल्ने पलेशा पहिलो नेपाली खेलाडी हुन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
नेपाल तेस्रो पटक टी–२० विश्वकपमा छनोट

नेपाल तेस्रो पटक टी–२० विश्वकपमा छनोट

जारी प्रतियोगिताको ‘सुपर सिक्स’मा आज युएईले सोमाओलाई ७७ रनले पराजित गरेसँगै नेपालले विश्वकपमा स्थान सुरक्षित गरेको हो । यससँगै नेपालले लगातार दोस्रो तथा समग्रमा तेस्रो पटक विश्वकपमा पुग्न...
विश्वकप क्रिकेट छनोटः नेपालद्वारा युएई १ रनले पराजित

विश्वकप क्रिकेट छनोटः नेपालद्वारा युएई १ रनले पराजित

ओमानको अल अमेरतस्थित ओमान क्रिकेट एकेडेमीतर्फ–१ मा आज भएको खेलमा नेपालले युएईलाई एक रनले पराजित गर्दै विजयी भएको हो । नेपालले जितका लागि दिएको १४१ रनको लक्ष्य पछ्याएको...
मलेसियाविरुद्धको चौथो खेलमा नेपाल विजयी

मलेसियाविरुद्धको चौथो खेलमा नेपाल विजयी

आज मलेसियाले दिएको एक सय १२ रनको लक्ष्य पछ्याएको नेपालले १७ दशमलव ३ ओभरमा चार विकेट गुमाउँदै  पूरा ग¥यो । नेपालको लागि कप्तान इन्दु बर्माले ३९ बलमा ४८...
टी–२० विश्वकपका निम्ति खेलाडी छनोट, सन्दीप पनि समेटिए

टी–२० विश्वकपका निम्ति खेलाडी छनोट, सन्दीप पनि समेटिए

टोलीमा सन्दीप लामिछानेलाई पनि समावेश गरिएको छ । यसअघि उनले वेस्ट इन्डिजसँगको सिरिजको पहिलो खेल सुरु हुनु करिब ४५ मिनेट अगाडि मैदानमा उत्रन अस्वीकार गरेका थिए ।  क्यानले...