नेभिगेशन
सबै कुरा

गगन थापाको प्रतिवेदन परिमार्जन गर्ने कांग्रेसको निर्णय

काठमाडौँ । नेपाली कांग्रेसले केन्द्रीय समितिमा महामन्त्री गगन कुमार थापाले प्रस्तुत गरेको प्रतिवेदनलाई परिमार्जन सहित अघि बढाउने भएको छ । 

पार्टी सभापति शेर बहादुर देउवा निवास बुढानिलकण्ठमा शनिबार बसेको कांग्रेस पदाधिकारी र पूर्व पदाधिकारीको बैठकले थापाको प्रतिवेदनलाई परिमार्जनसहित अघि बढाउने निर्णय गरेको हो । बैठकपछि कांग्रेस मुख्य सचेतक श्यामकुमार घिमिरेले केन्द्रीय समितिमा प्रतिवेदनलाई परिमार्जन गरेर पारित गर्ने सहमति भएको जानकारी दिए । 

कांग्रेस केन्द्रीय समिति बैठक आइतबार बस्दैछ । बैठकअघि दिउँसो पुन पदाधिकारी बैठक बसी आवश्यक छलफल गरिने उनले बताए । केन्द्रीय समिति बैठकबाट आगामी निर्वाचनमा एक्लै बहुमत ल्याउने गरि संगठन तयार गर्ने निर्णयसहित अघि बढ्ने घिमिरेले जानकारी दिए । 

महामन्त्री विश्वप्रकाश शर्माको प्रतिवेदन भने अहिलेका लागि यथावत राख्ने बिषयमा सहमति नजिक पुगिएको नेताहरुले जनाएका छन् । शर्माको प्रतिवेदनमा राष्ट्रपति, प्रधानमन्त्री, सांसद लगाएतको कार्यकाल तोक्ने गरि संविधान संशोधन हुनुपर्ने उल्लेख छ । केही दिन यता जारी केन्द्रीय समितिको बैठकमा बिभिन्न प्रतिवेदन लगाएतका ११ एजेण्डाहरुमाथि छलफल भइरहेको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
संसद् भवनमा ड्रोन खसाएको अभियोगमा टेकस्पाएर कलेजका प्राध्यापकसहित ५ जना पक्राउ

संसद् भवनमा ड्रोन खसाएको अभियोगमा टेकस्पाएर कलेजका प्राध्यापकसहित ५ जना पक्राउ

नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा ड्रोन खसेको घटनामा प्रहरीले एक प्राध्यापकसहित पाँच जनालाई पक्राउ गरेको छ।
संवैधानिक नियुक्तिको फैसलाले संवैधानिक सर्वोच्चताको मान्यतालाई गम्भीर असर पुर्याएको  पूर्वन्यायाधीशहरूको टिप्पणी

संवैधानिक नियुक्तिको फैसलाले संवैधानिक सर्वोच्चताको मान्यतालाई गम्भीर असर पुर्याएको पूर्वन्यायाधीशहरूको टिप्पणी

संवैधानिक निकायमा गरिएको ५२ पदाधिकारीको नियुक्तिलाई सदर गर्ने सर्वोच्च अदालतको फैसलाप्रति पूर्वन्यायाधीश फोरमले आपत्ति जनाएको छ।
रवि लामिछानेमाथि बदनियतपूर्ण ढङ्गले मुद्दा चलाइयो : सर्वोच्चका पूर्व न्यायाधीश बलराम केसी

रवि लामिछानेमाथि बदनियतपूर्ण ढङ्गले मुद्दा चलाइयो : सर्वोच्चका पूर्व न्यायाधीश बलराम केसी

कुनै पनि समूहले चलाएको अभियानले अदालत प्रभावित नहुने बताए । ‘यो अभियानले न्यायालय प्रभावित हुँदैन। अदालतमा जे मुद्दा, कागज गएको छ नि, त्यतिमा सीमित रहन्छ। त्यसरी प्रभावित भयो...
खेलकुद क्षेत्रमा राजनीति गर्ने होइन, एनपीएल अगाडि बढाउनुपर्छः प्रधानमन्त्री ओली

खेलकुद क्षेत्रमा राजनीति गर्ने होइन, एनपीएल अगाडि बढाउनुपर्छः प्रधानमन्त्री ओली

‘नेपाल प्रिमियर लिग तपाईँहरुले आयोजना गर्नुपर्छ । तपाईँहरुले त्यसको तयारीमा लाग्नस् । त्यो खेलिनुपर्दछ, त्यो गर्वको विषय हो । त्यसकारण एनपिएल अगाडि बढाउने कुरामा मन्त्रालय, खेलकुद परिषद् र...

भर्खरै