नेभिगेशन
सबै कुरा

गगन थापाको प्रतिवेदन परिमार्जन गर्ने कांग्रेसको निर्णय

काठमाडौँ । नेपाली कांग्रेसले केन्द्रीय समितिमा महामन्त्री गगन कुमार थापाले प्रस्तुत गरेको प्रतिवेदनलाई परिमार्जन सहित अघि बढाउने भएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

पार्टी सभापति शेर बहादुर देउवा निवास बुढानिलकण्ठमा शनिबार बसेको कांग्रेस पदाधिकारी र पूर्व पदाधिकारीको बैठकले थापाको प्रतिवेदनलाई परिमार्जनसहित अघि बढाउने निर्णय गरेको हो । बैठकपछि कांग्रेस मुख्य सचेतक श्यामकुमार घिमिरेले केन्द्रीय समितिमा प्रतिवेदनलाई परिमार्जन गरेर पारित गर्ने सहमति भएको जानकारी दिए । 

Ncell
Extreme Energy

कांग्रेस केन्द्रीय समिति बैठक आइतबार बस्दैछ । बैठकअघि दिउँसो पुन पदाधिकारी बैठक बसी आवश्यक छलफल गरिने उनले बताए । केन्द्रीय समिति बैठकबाट आगामी निर्वाचनमा एक्लै बहुमत ल्याउने गरि संगठन तयार गर्ने निर्णयसहित अघि बढ्ने घिमिरेले जानकारी दिए । 

महामन्त्री विश्वप्रकाश शर्माको प्रतिवेदन भने अहिलेका लागि यथावत राख्ने बिषयमा सहमति नजिक पुगिएको नेताहरुले जनाएका छन् । शर्माको प्रतिवेदनमा राष्ट्रपति, प्रधानमन्त्री, सांसद लगाएतको कार्यकाल तोक्ने गरि संविधान संशोधन हुनुपर्ने उल्लेख छ । केही दिन यता जारी केन्द्रीय समितिको बैठकमा बिभिन्न प्रतिवेदन लगाएतका ११ एजेण्डाहरुमाथि छलफल भइरहेको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
६० दिनमा सरदरभन्दा १०.१ प्रतिशत कम वर्षा

६० दिनमा सरदरभन्दा १०.१ प्रतिशत कम वर्षा

यस वर्ष मनसुन सुरु भएयता ६० दिनमा देशभर सरदरभन्दा १०.१ प्रतिशत कम वर्षा भएको छ।
दुई वर्षमा सक्नुपर्ने सडक १० वर्षमा पनि उस्तै

दुई वर्षमा सक्नुपर्ने सडक १० वर्षमा पनि उस्तै

मध्यपहाडी पुष्पलाल लोकमार्गअन्तर्गत बागलुङ सदरमुकाम–बिहुँ खण्डको सडक कालोपत्र गर्ने काम ठेक्का सम्झौता भएको १० वर्ष पुग्दा पनि सम्पन्न हुन सकेको छैन।
“सूचना प्रविधि क्षेत्रमा निर्धक्क भएर लगानी बढाउनुहोस्, सरकार साथमा छ” : अर्थमन्त्री डा. स्वर्णिम वाग्ले

“सूचना प्रविधि क्षेत्रमा निर्धक्क भएर लगानी बढाउनुहोस्, सरकार साथमा छ” : अर्थमन्त्री डा. स्वर्णिम वाग्ले

“सूचना प्रविधि क्षेत्र छोटो समयमा ठूलो फड्को मार्न सकिने क्षेत्र हो, तपाईं युवा उद्यमीहरू लगानी बढाउनुहोस्। आफूलाई फैलाउनुहोस्,” उनले भने, “सरकार तपाईंको साथमा छ। के–के गर्नुपर्ने हो भन्नुहोस्।”
सरकारको ‘स्प्रिट’ अनुसार काम गर्न र सीमा सुरक्षामा कुनै कमीकमजोरी हुन नदिन सशस्त्र प्रहरी महानिरीक्षकको निर्देशन

सरकारको ‘स्प्रिट’ अनुसार काम गर्न र सीमा सुरक्षामा कुनै कमीकमजोरी हुन नदिन सशस्त्र प्रहरी महानिरीक्षकको निर्देशन

महानिरीक्षक पौडेलले सशस्त्र प्रहरी बलबारे नागरिकबाट गुनासो नआउने गरी दत्तचित्त भएर जिम्मेवारी निर्वाह गर्न आग्रह गर्नुभयो । उहाँले आर्थिक सुशासन, भ्रष्टाचार नियन्त्रण, मानवअधिकार संरक्षण र लैङ्गिक समानतालाई आधार...