नेभिगेशन
सबै कुरा

दलित समूदायले काठमाडौँमा गरिरहेको आन्दोलनमा बाबुराम भट्टराईको ऐक्यवद्धता

काठमाडौँ । पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले बिभिन्न माग राख्दै काठमाडौँमा दलित समूदायले गरिरहेको आन्दोलनप्रति ऐक्यवद्धता जनाएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

शनिबार काठमाडौँको माइतिघर पुगेर भट्टराईले दलितका लागि दलित अभियान, नेपालले गरिरहेको आन्दोलतप्रति ऐक्यवद्धता जनाएका हुन् । सो क्रममा भट्टराईले दलित अधिकार र समावेशीतालाई बलियो बनाउँदै जातीय भेदभावको जरैसम्म अन्त्य गर्नुपर्ने बताए । दलित अधिकारका लागि उठाएको मुद्दा निकै गम्भीर भएको भन्दै सबै मिलेर यसको समाधानका लागि प्रणालीमा सुधार गर्नुपर्ने उनले बताए । उनले आफूले दलित समुदायका लागि १०–१२ प्रतिशत समावेशी अनिवार्य प्रतिनिधित्व गर्नुपर्ने प्रस्ताव संविधान बनाउने समयमा राखेपनि सफल हुन नसकेको धारणा राखे । 

Ncell
Extreme Energy

दलितका लागि दलित अभियान, नेपालले सरकार निर्माण तथा राजनीतिक नियुक्तिमा दलित समुदायलाई घृणा गरिएको भन्दै निरन्तर धर्ना दिदै आएको छ । राज्यका महत्वपूर्ण निकायमा दलित समुदायको प्रतिनिधित्व गर्नका लागि निरन्तर दवाव दिने दलितका लागि दलित अभियानले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
६० दिनमा सरदरभन्दा १०.१ प्रतिशत कम वर्षा

६० दिनमा सरदरभन्दा १०.१ प्रतिशत कम वर्षा

यस वर्ष मनसुन सुरु भएयता ६० दिनमा देशभर सरदरभन्दा १०.१ प्रतिशत कम वर्षा भएको छ।
दुई वर्षमा सक्नुपर्ने सडक १० वर्षमा पनि उस्तै

दुई वर्षमा सक्नुपर्ने सडक १० वर्षमा पनि उस्तै

मध्यपहाडी पुष्पलाल लोकमार्गअन्तर्गत बागलुङ सदरमुकाम–बिहुँ खण्डको सडक कालोपत्र गर्ने काम ठेक्का सम्झौता भएको १० वर्ष पुग्दा पनि सम्पन्न हुन सकेको छैन।
“सूचना प्रविधि क्षेत्रमा निर्धक्क भएर लगानी बढाउनुहोस्, सरकार साथमा छ” : अर्थमन्त्री डा. स्वर्णिम वाग्ले

“सूचना प्रविधि क्षेत्रमा निर्धक्क भएर लगानी बढाउनुहोस्, सरकार साथमा छ” : अर्थमन्त्री डा. स्वर्णिम वाग्ले

“सूचना प्रविधि क्षेत्र छोटो समयमा ठूलो फड्को मार्न सकिने क्षेत्र हो, तपाईं युवा उद्यमीहरू लगानी बढाउनुहोस्। आफूलाई फैलाउनुहोस्,” उनले भने, “सरकार तपाईंको साथमा छ। के–के गर्नुपर्ने हो भन्नुहोस्।”
सरकारको ‘स्प्रिट’ अनुसार काम गर्न र सीमा सुरक्षामा कुनै कमीकमजोरी हुन नदिन सशस्त्र प्रहरी महानिरीक्षकको निर्देशन

सरकारको ‘स्प्रिट’ अनुसार काम गर्न र सीमा सुरक्षामा कुनै कमीकमजोरी हुन नदिन सशस्त्र प्रहरी महानिरीक्षकको निर्देशन

महानिरीक्षक पौडेलले सशस्त्र प्रहरी बलबारे नागरिकबाट गुनासो नआउने गरी दत्तचित्त भएर जिम्मेवारी निर्वाह गर्न आग्रह गर्नुभयो । उहाँले आर्थिक सुशासन, भ्रष्टाचार नियन्त्रण, मानवअधिकार संरक्षण र लैङ्गिक समानतालाई आधार...