नेभिगेशन
सबै कुरा

२०७९ मा झिल्को बन्यौं, २०८४ मा राँको बनेर आउँछौँः रवि लामिछाने

सुर्खेत । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले वर्तमान गठबन्धनलाई अनुभवी लुटेराको संज्ञा दिएका छन् । सुर्खेतको वीरेन्द्रनगरमा रास्वपाको कर्णाली प्रदेश भेलालाई सम्बोधन गर्दै सभापति लामिछानेले अहिलेको गठबन्धनबाट केही आशा गर्न नसकिने बताएका हुन् । 

‘अनुभवी लुटेराको गठबन्धनबाट केही आशा गर्न सकिदैन, परिवर्तन केही हुने छैन। हदै भए बाँकी तीन वर्ष बाँडिचुँडी खानुहोला, २०८४ मा त घण्टी बज्छ बज्छ।’

त्यस्तै उनले सहकारी प्रकरणमा हुँदै नभएको प्रमाण १२/१४ महिना खोज्दा पनि नभेटेको बताए ।  ‘भेटेका भए किन छोड्थे। अझै डाम्न सकिन्छ कि भन्ने प्रयासमा छन्। तर, सक्दैनन्। किनकि, मैले कुनै कमजोरी गरेको छैन’, उनले भने, ‘रविलाई सिध्याउन सके रास्वपा सकिन्छ भन्ने सोचेका होलान्, असंभव। २०७९ मा झिल्को बन्यौं, २०८४ मा राँको बनेर आउँछौँ ।’ 

उनले पार्टीमा पहिला लागेको भनेर अबसर नपाइने स्पष्ट पारे। प्रतिस्पर्धामा जो अब्बल हुन्छ, उसैले अबसर अवसर पाउने उनको भनाई छ । ‘घण्टी बोकेर मात्र जितिदैन, जनताका एजेण्डा बोक्नु पर्छ। अब कुनै पनि निर्वाचनमा कुनै दलको उम्मेद्वारले हारेर फरक पर्दैन। अब कर्णालीले हार्नु हुँदैन। कर्णालीले जित्न रास्वपाले जित्नु पर्छ’, लामिछानेले भने । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
संसद् भवनमा ड्रोन खसाएको अभियोगमा टेकस्पाएर कलेजका प्राध्यापकसहित ५ जना पक्राउ

संसद् भवनमा ड्रोन खसाएको अभियोगमा टेकस्पाएर कलेजका प्राध्यापकसहित ५ जना पक्राउ

नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा ड्रोन खसेको घटनामा प्रहरीले एक प्राध्यापकसहित पाँच जनालाई पक्राउ गरेको छ।
संवैधानिक नियुक्तिको फैसलाले संवैधानिक सर्वोच्चताको मान्यतालाई गम्भीर असर पुर्याएको  पूर्वन्यायाधीशहरूको टिप्पणी

संवैधानिक नियुक्तिको फैसलाले संवैधानिक सर्वोच्चताको मान्यतालाई गम्भीर असर पुर्याएको पूर्वन्यायाधीशहरूको टिप्पणी

संवैधानिक निकायमा गरिएको ५२ पदाधिकारीको नियुक्तिलाई सदर गर्ने सर्वोच्च अदालतको फैसलाप्रति पूर्वन्यायाधीश फोरमले आपत्ति जनाएको छ।
रवि लामिछानेमाथि बदनियतपूर्ण ढङ्गले मुद्दा चलाइयो : सर्वोच्चका पूर्व न्यायाधीश बलराम केसी

रवि लामिछानेमाथि बदनियतपूर्ण ढङ्गले मुद्दा चलाइयो : सर्वोच्चका पूर्व न्यायाधीश बलराम केसी

कुनै पनि समूहले चलाएको अभियानले अदालत प्रभावित नहुने बताए । ‘यो अभियानले न्यायालय प्रभावित हुँदैन। अदालतमा जे मुद्दा, कागज गएको छ नि, त्यतिमा सीमित रहन्छ। त्यसरी प्रभावित भयो...
खेलकुद क्षेत्रमा राजनीति गर्ने होइन, एनपीएल अगाडि बढाउनुपर्छः प्रधानमन्त्री ओली

खेलकुद क्षेत्रमा राजनीति गर्ने होइन, एनपीएल अगाडि बढाउनुपर्छः प्रधानमन्त्री ओली

‘नेपाल प्रिमियर लिग तपाईँहरुले आयोजना गर्नुपर्छ । तपाईँहरुले त्यसको तयारीमा लाग्नस् । त्यो खेलिनुपर्दछ, त्यो गर्वको विषय हो । त्यसकारण एनपिएल अगाडि बढाउने कुरामा मन्त्रालय, खेलकुद परिषद् र...

भर्खरै