नेभिगेशन
सबै कुरा

२०७९ मा झिल्को बन्यौं, २०८४ मा राँको बनेर आउँछौँः रवि लामिछाने

सुर्खेत । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले वर्तमान गठबन्धनलाई अनुभवी लुटेराको संज्ञा दिएका छन् । सुर्खेतको वीरेन्द्रनगरमा रास्वपाको कर्णाली प्रदेश भेलालाई सम्बोधन गर्दै सभापति लामिछानेले अहिलेको गठबन्धनबाट केही आशा गर्न नसकिने बताएका हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

‘अनुभवी लुटेराको गठबन्धनबाट केही आशा गर्न सकिदैन, परिवर्तन केही हुने छैन। हदै भए बाँकी तीन वर्ष बाँडिचुँडी खानुहोला, २०८४ मा त घण्टी बज्छ बज्छ।’

Ncell
Extreme Energy

त्यस्तै उनले सहकारी प्रकरणमा हुँदै नभएको प्रमाण १२/१४ महिना खोज्दा पनि नभेटेको बताए ।  ‘भेटेका भए किन छोड्थे। अझै डाम्न सकिन्छ कि भन्ने प्रयासमा छन्। तर, सक्दैनन्। किनकि, मैले कुनै कमजोरी गरेको छैन’, उनले भने, ‘रविलाई सिध्याउन सके रास्वपा सकिन्छ भन्ने सोचेका होलान्, असंभव। २०७९ मा झिल्को बन्यौं, २०८४ मा राँको बनेर आउँछौँ ।’ 

उनले पार्टीमा पहिला लागेको भनेर अबसर नपाइने स्पष्ट पारे। प्रतिस्पर्धामा जो अब्बल हुन्छ, उसैले अबसर अवसर पाउने उनको भनाई छ । ‘घण्टी बोकेर मात्र जितिदैन, जनताका एजेण्डा बोक्नु पर्छ। अब कुनै पनि निर्वाचनमा कुनै दलको उम्मेद्वारले हारेर फरक पर्दैन। अब कर्णालीले हार्नु हुँदैन। कर्णालीले जित्न रास्वपाले जित्नु पर्छ’, लामिछानेले भने । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
६० दिनमा सरदरभन्दा १०.१ प्रतिशत कम वर्षा

६० दिनमा सरदरभन्दा १०.१ प्रतिशत कम वर्षा

यस वर्ष मनसुन सुरु भएयता ६० दिनमा देशभर सरदरभन्दा १०.१ प्रतिशत कम वर्षा भएको छ।
दुई वर्षमा सक्नुपर्ने सडक १० वर्षमा पनि उस्तै

दुई वर्षमा सक्नुपर्ने सडक १० वर्षमा पनि उस्तै

मध्यपहाडी पुष्पलाल लोकमार्गअन्तर्गत बागलुङ सदरमुकाम–बिहुँ खण्डको सडक कालोपत्र गर्ने काम ठेक्का सम्झौता भएको १० वर्ष पुग्दा पनि सम्पन्न हुन सकेको छैन।
“सूचना प्रविधि क्षेत्रमा निर्धक्क भएर लगानी बढाउनुहोस्, सरकार साथमा छ” : अर्थमन्त्री डा. स्वर्णिम वाग्ले

“सूचना प्रविधि क्षेत्रमा निर्धक्क भएर लगानी बढाउनुहोस्, सरकार साथमा छ” : अर्थमन्त्री डा. स्वर्णिम वाग्ले

“सूचना प्रविधि क्षेत्र छोटो समयमा ठूलो फड्को मार्न सकिने क्षेत्र हो, तपाईं युवा उद्यमीहरू लगानी बढाउनुहोस्। आफूलाई फैलाउनुहोस्,” उनले भने, “सरकार तपाईंको साथमा छ। के–के गर्नुपर्ने हो भन्नुहोस्।”
सरकारको ‘स्प्रिट’ अनुसार काम गर्न र सीमा सुरक्षामा कुनै कमीकमजोरी हुन नदिन सशस्त्र प्रहरी महानिरीक्षकको निर्देशन

सरकारको ‘स्प्रिट’ अनुसार काम गर्न र सीमा सुरक्षामा कुनै कमीकमजोरी हुन नदिन सशस्त्र प्रहरी महानिरीक्षकको निर्देशन

महानिरीक्षक पौडेलले सशस्त्र प्रहरी बलबारे नागरिकबाट गुनासो नआउने गरी दत्तचित्त भएर जिम्मेवारी निर्वाह गर्न आग्रह गर्नुभयो । उहाँले आर्थिक सुशासन, भ्रष्टाचार नियन्त्रण, मानवअधिकार संरक्षण र लैङ्गिक समानतालाई आधार...