नेभिगेशन
सबै कुरा

भक्तपुरमा पञ्चदान सम्पन्न (तस्विरहरु)

भक्तपुर । भक्तपुरमा पाँच दिपंकर बुद्धलाई नगर परिक्रमा गराइ पञ्चदान पर्व मनाइएको छ।  प्रत्येक वर्ष भाद्रकृष्ण त्रयोदशी (पञ्चदान चह्रे) का दिन बौद्ध संस्कृतिअनुसार पञ्चदान पर्व मनाइन्छ । 
पञ्चदान पर्वका दिन भक्तपुर नगरपालिका वडा नं ९ सूर्यमढीमा पाँच वटा दीपंकर बुद्धलाई बिहान भेला गराइ दिनभर नगर परिक्रमा गराउने परम्परा छ।  यसअघि नगरका पाँच छुट्टाछुटै स्थामा राखिएका दीपंकर बुद्धलाई सूर्यमढी ल्याई पुर्याउने परम्परा छ।  
यसअनुसार बिहानै प्रशन्नशील महाविहार क्वाठण्डौंको मूलदीपंकर बुद्ध, चर्तुब्रह्म महाविहार साकोठाको दीपंकर बुद्ध, मंगलधर्म दीप महाविहार झौरवही पलिखेलको दीपंकर बुद्ध, जयकीर्ति महाविहार थथुवही इटाछेंको दीपंकर बुद्ध र बौद्ध समकृत विहार कुथुवही भक्तपुर मिनीबस पार्कको दीपंकर बुद्धलाई भक्तपुर वडा नं ९ सूर्यमढी टोलस्थित डबलीमा बोकेर ल्याइ पुर्याइएको थियो।
सूर्यमढी टोलस्थित आदिपद्म महाविहारमा मूल पुजारी (थाय्पाजु) द्वारा पञ्चदान प्रारम्भ गरेपछि ती पाँच दीपंकर बुद्धलाई नगरका विभिन्न स्थानमा परिक्रमा गराइएको थियो।  
नगर परिक्रमा गराउने क्रममा चोकको ठाउँठाउँमा स्वागत गर्ने, विराजमान गराई पूजा चढाउने, विशेष सांगीतिक बाजाको धुनमा नृत्य गराउने, स्त्रोत्र पाठ गरी परिक्रमा गर्ने गराउने परम्परा छ।  
नगर परिक्रमा गर्ने पाँच वटा दीपंकर बुद्धलाई बिहान सूर्यमढीबाट जेंला, दतात्रय, क्वाठण्डौं, गोल्मढी, सुकलढोका, महालक्ष्मी, भोलाछें, चोछेंबाट सुकुलढोका ल्याइएको थियो।  त्यहाँबाट पुनः साकोथा, दरबार स्क्वायर, इँटाछें, भक्तपुर मिनीबस पार्क ल्याइएको थियो।  
दानका रुपमा दैनिक उपभोग्य वस्तु दान गर्ने परम्परा छ।  धान, चामल, मकै, गेडागुडीलगायतका खाद्यान्न दान गर्ने परम्परा छ।  लोभ, लालच नराखी केही प्राप्त गर्ने मनसाय बिना शुद्ध मनले निस्वार्थ रुपमा दान गर्दा पुण्य प्राप्ती हुने विश्वासका साथ हजारौं नगरबासी दानमा सहभागी हुने गरेका छन् ।











प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
संसद् भवनमा ड्रोन खसाएको अभियोगमा टेकस्पाएर कलेजका प्राध्यापकसहित ५ जना पक्राउ

संसद् भवनमा ड्रोन खसाएको अभियोगमा टेकस्पाएर कलेजका प्राध्यापकसहित ५ जना पक्राउ

नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा ड्रोन खसेको घटनामा प्रहरीले एक प्राध्यापकसहित पाँच जनालाई पक्राउ गरेको छ।
संवैधानिक नियुक्तिको फैसलाले संवैधानिक सर्वोच्चताको मान्यतालाई गम्भीर असर पुर्याएको  पूर्वन्यायाधीशहरूको टिप्पणी

संवैधानिक नियुक्तिको फैसलाले संवैधानिक सर्वोच्चताको मान्यतालाई गम्भीर असर पुर्याएको पूर्वन्यायाधीशहरूको टिप्पणी

संवैधानिक निकायमा गरिएको ५२ पदाधिकारीको नियुक्तिलाई सदर गर्ने सर्वोच्च अदालतको फैसलाप्रति पूर्वन्यायाधीश फोरमले आपत्ति जनाएको छ।
रवि लामिछानेमाथि बदनियतपूर्ण ढङ्गले मुद्दा चलाइयो : सर्वोच्चका पूर्व न्यायाधीश बलराम केसी

रवि लामिछानेमाथि बदनियतपूर्ण ढङ्गले मुद्दा चलाइयो : सर्वोच्चका पूर्व न्यायाधीश बलराम केसी

कुनै पनि समूहले चलाएको अभियानले अदालत प्रभावित नहुने बताए । ‘यो अभियानले न्यायालय प्रभावित हुँदैन। अदालतमा जे मुद्दा, कागज गएको छ नि, त्यतिमा सीमित रहन्छ। त्यसरी प्रभावित भयो...
खेलकुद क्षेत्रमा राजनीति गर्ने होइन, एनपीएल अगाडि बढाउनुपर्छः प्रधानमन्त्री ओली

खेलकुद क्षेत्रमा राजनीति गर्ने होइन, एनपीएल अगाडि बढाउनुपर्छः प्रधानमन्त्री ओली

‘नेपाल प्रिमियर लिग तपाईँहरुले आयोजना गर्नुपर्छ । तपाईँहरुले त्यसको तयारीमा लाग्नस् । त्यो खेलिनुपर्दछ, त्यो गर्वको विषय हो । त्यसकारण एनपिएल अगाडि बढाउने कुरामा मन्त्रालय, खेलकुद परिषद् र...

भर्खरै