नेभिगेशन
सबै कुरा

भक्तपुरमा पञ्चदान सम्पन्न (तस्विरहरु)

भक्तपुर । भक्तपुरमा पाँच दिपंकर बुद्धलाई नगर परिक्रमा गराइ पञ्चदान पर्व मनाइएको छ।  प्रत्येक वर्ष भाद्रकृष्ण त्रयोदशी (पञ्चदान चह्रे) का दिन बौद्ध संस्कृतिअनुसार पञ्चदान पर्व मनाइन्छ । 
पञ्चदान पर्वका दिन भक्तपुर नगरपालिका वडा नं ९ सूर्यमढीमा पाँच वटा दीपंकर बुद्धलाई बिहान भेला गराइ दिनभर नगर परिक्रमा गराउने परम्परा छ।  यसअघि नगरका पाँच छुट्टाछुटै स्थामा राखिएका दीपंकर बुद्धलाई सूर्यमढी ल्याई पुर्याउने परम्परा छ।  
यसअनुसार बिहानै प्रशन्नशील महाविहार क्वाठण्डौंको मूलदीपंकर बुद्ध, चर्तुब्रह्म महाविहार साकोठाको दीपंकर बुद्ध, मंगलधर्म दीप महाविहार झौरवही पलिखेलको दीपंकर बुद्ध, जयकीर्ति महाविहार थथुवही इटाछेंको दीपंकर बुद्ध र बौद्ध समकृत विहार कुथुवही भक्तपुर मिनीबस पार्कको दीपंकर बुद्धलाई भक्तपुर वडा नं ९ सूर्यमढी टोलस्थित डबलीमा बोकेर ल्याइ पुर्याइएको थियो।
सूर्यमढी टोलस्थित आदिपद्म महाविहारमा मूल पुजारी (थाय्पाजु) द्वारा पञ्चदान प्रारम्भ गरेपछि ती पाँच दीपंकर बुद्धलाई नगरका विभिन्न स्थानमा परिक्रमा गराइएको थियो।  
नगर परिक्रमा गराउने क्रममा चोकको ठाउँठाउँमा स्वागत गर्ने, विराजमान गराई पूजा चढाउने, विशेष सांगीतिक बाजाको धुनमा नृत्य गराउने, स्त्रोत्र पाठ गरी परिक्रमा गर्ने गराउने परम्परा छ।  
नगर परिक्रमा गर्ने पाँच वटा दीपंकर बुद्धलाई बिहान सूर्यमढीबाट जेंला, दतात्रय, क्वाठण्डौं, गोल्मढी, सुकलढोका, महालक्ष्मी, भोलाछें, चोछेंबाट सुकुलढोका ल्याइएको थियो।  त्यहाँबाट पुनः साकोथा, दरबार स्क्वायर, इँटाछें, भक्तपुर मिनीबस पार्क ल्याइएको थियो।  
दानका रुपमा दैनिक उपभोग्य वस्तु दान गर्ने परम्परा छ।  धान, चामल, मकै, गेडागुडीलगायतका खाद्यान्न दान गर्ने परम्परा छ।  लोभ, लालच नराखी केही प्राप्त गर्ने मनसाय बिना शुद्ध मनले निस्वार्थ रुपमा दान गर्दा पुण्य प्राप्ती हुने विश्वासका साथ हजारौं नगरबासी दानमा सहभागी हुने गरेका छन् ।











Watch On

Facebook Tiktok Youtube Instagram Twitter
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
६० दिनमा सरदरभन्दा १०.१ प्रतिशत कम वर्षा

६० दिनमा सरदरभन्दा १०.१ प्रतिशत कम वर्षा

यस वर्ष मनसुन सुरु भएयता ६० दिनमा देशभर सरदरभन्दा १०.१ प्रतिशत कम वर्षा भएको छ।
दुई वर्षमा सक्नुपर्ने सडक १० वर्षमा पनि उस्तै

दुई वर्षमा सक्नुपर्ने सडक १० वर्षमा पनि उस्तै

मध्यपहाडी पुष्पलाल लोकमार्गअन्तर्गत बागलुङ सदरमुकाम–बिहुँ खण्डको सडक कालोपत्र गर्ने काम ठेक्का सम्झौता भएको १० वर्ष पुग्दा पनि सम्पन्न हुन सकेको छैन।
“सूचना प्रविधि क्षेत्रमा निर्धक्क भएर लगानी बढाउनुहोस्, सरकार साथमा छ” : अर्थमन्त्री डा. स्वर्णिम वाग्ले

“सूचना प्रविधि क्षेत्रमा निर्धक्क भएर लगानी बढाउनुहोस्, सरकार साथमा छ” : अर्थमन्त्री डा. स्वर्णिम वाग्ले

“सूचना प्रविधि क्षेत्र छोटो समयमा ठूलो फड्को मार्न सकिने क्षेत्र हो, तपाईं युवा उद्यमीहरू लगानी बढाउनुहोस्। आफूलाई फैलाउनुहोस्,” उनले भने, “सरकार तपाईंको साथमा छ। के–के गर्नुपर्ने हो भन्नुहोस्।”
सरकारको ‘स्प्रिट’ अनुसार काम गर्न र सीमा सुरक्षामा कुनै कमीकमजोरी हुन नदिन सशस्त्र प्रहरी महानिरीक्षकको निर्देशन

सरकारको ‘स्प्रिट’ अनुसार काम गर्न र सीमा सुरक्षामा कुनै कमीकमजोरी हुन नदिन सशस्त्र प्रहरी महानिरीक्षकको निर्देशन

महानिरीक्षक पौडेलले सशस्त्र प्रहरी बलबारे नागरिकबाट गुनासो नआउने गरी दत्तचित्त भएर जिम्मेवारी निर्वाह गर्न आग्रह गर्नुभयो । उहाँले आर्थिक सुशासन, भ्रष्टाचार नियन्त्रण, मानवअधिकार संरक्षण र लैङ्गिक समानतालाई आधार...