नेभिगेशन
सबै कुरा

प्रचण्ड लक्षित ओलीको अभिव्यक्ति, ‘मैले १७ हजार मान्छे मारेको छु र खुट्टा कमाउने ?’

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा कुनै पनि किसिमको हिंसा सम्भव नभएको बताएका छन् । शनिबार काठमाडौँमा अनयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले नेपाल श्रीलंका र बंगलादेश जस्तै हुनसक्ने धम्कीबाट आफु नडराउने भन्दै अब कुनै पनि किसिमको हिंसा सम्भव नभएको बताएका हुन् । 

श्रीलंका र बंगलादेशबाट सिक भनेर प्रचण्डले अर्ती उपदेश दिएको भन्दै ओलीले भने, ‘मैले १७ हजार मान्छे मारेको छु र खुट्टा कमाउने ?’

नेपाल कुनै देशको फोटोकपी मेशिन नभएको र यहाँ आफ्नै इतिहास र परम्परा रहेको उनले बताए । 

प्रधानमन्त्री ओलीले लोकतन्त्रविरुद्ध आवाज उठाउनेहरु नै अहिले ठूलो कुरा गरिरहेको आरोप समेत लगाए । उनले आधा शताब्दीभन्दा बढि समयदेखि देश बनाउने अभियानमा लागेका कारण आफुलाई पशुपति जलहरी जस्ता बिभिन्न प्रकरणमा झुटा आरोप लगाउने गरिएको बताए । प्रधानमन्त्री ओलीले आफूलाई पदको कुनै लोभ नभएको पनि जिकिर गरे । आफ्नो प्रधानमन्त्रीको कार्यकाल सकिनुअघि नै सहज रुपमा कांग्रेसलाई सत्ता हस्तान्तरण गर्ने उनले बताए । 

उनले राजनीति र राज्य व्यवस्थालाई घृणा गर्ने भन्ने कुरा सामाजिक अराजकतामात्रै भएको र यसले समाजलाई वेतिथितर्फ लाने धारणा राखे । प्रधानमन्त्री ओलीले लोकतान्त्रिक शासन प्रणालीमा अरुको अधिकार हनन् हुने गरी हुने कुनै पनि गतिविधि वा अराजकतालाई राज्यले कानुुनीरुपमा रोक्ने स्पष्ट गरे ।  

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
संसद् भवनमा ड्रोन खसाएको अभियोगमा टेकस्पाएर कलेजका प्राध्यापकसहित ५ जना पक्राउ

संसद् भवनमा ड्रोन खसाएको अभियोगमा टेकस्पाएर कलेजका प्राध्यापकसहित ५ जना पक्राउ

नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा ड्रोन खसेको घटनामा प्रहरीले एक प्राध्यापकसहित पाँच जनालाई पक्राउ गरेको छ।
संवैधानिक नियुक्तिको फैसलाले संवैधानिक सर्वोच्चताको मान्यतालाई गम्भीर असर पुर्याएको  पूर्वन्यायाधीशहरूको टिप्पणी

संवैधानिक नियुक्तिको फैसलाले संवैधानिक सर्वोच्चताको मान्यतालाई गम्भीर असर पुर्याएको पूर्वन्यायाधीशहरूको टिप्पणी

संवैधानिक निकायमा गरिएको ५२ पदाधिकारीको नियुक्तिलाई सदर गर्ने सर्वोच्च अदालतको फैसलाप्रति पूर्वन्यायाधीश फोरमले आपत्ति जनाएको छ।
रवि लामिछानेमाथि बदनियतपूर्ण ढङ्गले मुद्दा चलाइयो : सर्वोच्चका पूर्व न्यायाधीश बलराम केसी

रवि लामिछानेमाथि बदनियतपूर्ण ढङ्गले मुद्दा चलाइयो : सर्वोच्चका पूर्व न्यायाधीश बलराम केसी

कुनै पनि समूहले चलाएको अभियानले अदालत प्रभावित नहुने बताए । ‘यो अभियानले न्यायालय प्रभावित हुँदैन। अदालतमा जे मुद्दा, कागज गएको छ नि, त्यतिमा सीमित रहन्छ। त्यसरी प्रभावित भयो...
खेलकुद क्षेत्रमा राजनीति गर्ने होइन, एनपीएल अगाडि बढाउनुपर्छः प्रधानमन्त्री ओली

खेलकुद क्षेत्रमा राजनीति गर्ने होइन, एनपीएल अगाडि बढाउनुपर्छः प्रधानमन्त्री ओली

‘नेपाल प्रिमियर लिग तपाईँहरुले आयोजना गर्नुपर्छ । तपाईँहरुले त्यसको तयारीमा लाग्नस् । त्यो खेलिनुपर्दछ, त्यो गर्वको विषय हो । त्यसकारण एनपिएल अगाडि बढाउने कुरामा मन्त्रालय, खेलकुद परिषद् र...

भर्खरै