नेभिगेशन
सबै कुरा

प्रचण्ड लक्षित ओलीको अभिव्यक्ति, ‘मैले १७ हजार मान्छे मारेको छु र खुट्टा कमाउने ?’

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा कुनै पनि किसिमको हिंसा सम्भव नभएको बताएका छन् । शनिबार काठमाडौँमा अनयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले नेपाल श्रीलंका र बंगलादेश जस्तै हुनसक्ने धम्कीबाट आफु नडराउने भन्दै अब कुनै पनि किसिमको हिंसा सम्भव नभएको बताएका हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

श्रीलंका र बंगलादेशबाट सिक भनेर प्रचण्डले अर्ती उपदेश दिएको भन्दै ओलीले भने, ‘मैले १७ हजार मान्छे मारेको छु र खुट्टा कमाउने ?’

Ncell
Extreme Energy

नेपाल कुनै देशको फोटोकपी मेशिन नभएको र यहाँ आफ्नै इतिहास र परम्परा रहेको उनले बताए । 

प्रधानमन्त्री ओलीले लोकतन्त्रविरुद्ध आवाज उठाउनेहरु नै अहिले ठूलो कुरा गरिरहेको आरोप समेत लगाए । उनले आधा शताब्दीभन्दा बढि समयदेखि देश बनाउने अभियानमा लागेका कारण आफुलाई पशुपति जलहरी जस्ता बिभिन्न प्रकरणमा झुटा आरोप लगाउने गरिएको बताए । प्रधानमन्त्री ओलीले आफूलाई पदको कुनै लोभ नभएको पनि जिकिर गरे । आफ्नो प्रधानमन्त्रीको कार्यकाल सकिनुअघि नै सहज रुपमा कांग्रेसलाई सत्ता हस्तान्तरण गर्ने उनले बताए । 

उनले राजनीति र राज्य व्यवस्थालाई घृणा गर्ने भन्ने कुरा सामाजिक अराजकतामात्रै भएको र यसले समाजलाई वेतिथितर्फ लाने धारणा राखे । प्रधानमन्त्री ओलीले लोकतान्त्रिक शासन प्रणालीमा अरुको अधिकार हनन् हुने गरी हुने कुनै पनि गतिविधि वा अराजकतालाई राज्यले कानुुनीरुपमा रोक्ने स्पष्ट गरे ।  

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
६० दिनमा सरदरभन्दा १०.१ प्रतिशत कम वर्षा

६० दिनमा सरदरभन्दा १०.१ प्रतिशत कम वर्षा

यस वर्ष मनसुन सुरु भएयता ६० दिनमा देशभर सरदरभन्दा १०.१ प्रतिशत कम वर्षा भएको छ।
दुई वर्षमा सक्नुपर्ने सडक १० वर्षमा पनि उस्तै

दुई वर्षमा सक्नुपर्ने सडक १० वर्षमा पनि उस्तै

मध्यपहाडी पुष्पलाल लोकमार्गअन्तर्गत बागलुङ सदरमुकाम–बिहुँ खण्डको सडक कालोपत्र गर्ने काम ठेक्का सम्झौता भएको १० वर्ष पुग्दा पनि सम्पन्न हुन सकेको छैन।
“सूचना प्रविधि क्षेत्रमा निर्धक्क भएर लगानी बढाउनुहोस्, सरकार साथमा छ” : अर्थमन्त्री डा. स्वर्णिम वाग्ले

“सूचना प्रविधि क्षेत्रमा निर्धक्क भएर लगानी बढाउनुहोस्, सरकार साथमा छ” : अर्थमन्त्री डा. स्वर्णिम वाग्ले

“सूचना प्रविधि क्षेत्र छोटो समयमा ठूलो फड्को मार्न सकिने क्षेत्र हो, तपाईं युवा उद्यमीहरू लगानी बढाउनुहोस्। आफूलाई फैलाउनुहोस्,” उनले भने, “सरकार तपाईंको साथमा छ। के–के गर्नुपर्ने हो भन्नुहोस्।”
सरकारको ‘स्प्रिट’ अनुसार काम गर्न र सीमा सुरक्षामा कुनै कमीकमजोरी हुन नदिन सशस्त्र प्रहरी महानिरीक्षकको निर्देशन

सरकारको ‘स्प्रिट’ अनुसार काम गर्न र सीमा सुरक्षामा कुनै कमीकमजोरी हुन नदिन सशस्त्र प्रहरी महानिरीक्षकको निर्देशन

महानिरीक्षक पौडेलले सशस्त्र प्रहरी बलबारे नागरिकबाट गुनासो नआउने गरी दत्तचित्त भएर जिम्मेवारी निर्वाह गर्न आग्रह गर्नुभयो । उहाँले आर्थिक सुशासन, भ्रष्टाचार नियन्त्रण, मानवअधिकार संरक्षण र लैङ्गिक समानतालाई आधार...