नेभिगेशन
सबै कुरा

बुद्धले भने ‘छोरीलाई बचाउन सकिएन’

काठमाडौँ । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचाररत ५ वर्षिय बालिका प्रकृति तामाङको निधन भएको छ । मृतक बालिकाकी बुबा बुद्धले छोरीलाई बचाउन नसकिएको सिधाकुरालाई बताए ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

‘चिकित्सकले सुधार हुँदैन भनेपछि अस्पतालबाट झिकेर ल्याएको छोरीको निधन भयो । अन्तिम संस्कार गरेर घर फर्किंदैछौँ’ बुबा बुद्धले सिधाकुरासँग भने ।

Ncell
Extreme Energy

ललितपुरको गोदावरी नगरपालिका २ त्रिवेणीका बुद्धको परिवार छोरीको उपचारका लागि डेढ महिना देखि सङ्घर्षरत थिए । छोरीको उपचारका क्रममा आमा कविताको समेत मृगौलामा गम्भिर समस्या देखिएपछि उनीहरु थप समस्यामा परेका थिए ।

सम्बन्धित समाचारः बुद्धको उपचार संघर्ष,‘डाक्टरले छोरीलाई निको हुँदैन भने, कविताको दोस्रो पटक डायलासिस भयो’

२०८१ साउन ३ गते तामाङ दम्पतीले रुघा लागेको भन्दै छोरीलाई जचाउँन त्रिवि शिक्षण अस्पताल लगेका थिए । स्वास्थ्य परीक्षणमा क्षयरोगका कारण बालिकाको  टाउकामा पानी जमेको भन्दै चिकित्सकहरूले साउन दोस्रो साता उनको टाउकोको शल्यक्रिया गरेका थिए ।


तर, शल्यक्रिया पछिको लामो समयसम्म बालिकाको स्वास्थ्यमा सुधार आउन सकेको थिएन । सघन उपचारमा रहेकी छोरीको रेखदेखकै क्रममा आमा कविताको समेत स्वास्थ्य बिग्रिए पछि बुद्धले जागिर गुमाएका थिए भने एउटै अस्पतालमा श्रीमती र छोरीको रेखदेख गर्ने काम गरिरहेका थिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
६० दिनमा सरदरभन्दा १०.१ प्रतिशत कम वर्षा

६० दिनमा सरदरभन्दा १०.१ प्रतिशत कम वर्षा

यस वर्ष मनसुन सुरु भएयता ६० दिनमा देशभर सरदरभन्दा १०.१ प्रतिशत कम वर्षा भएको छ।
दुई वर्षमा सक्नुपर्ने सडक १० वर्षमा पनि उस्तै

दुई वर्षमा सक्नुपर्ने सडक १० वर्षमा पनि उस्तै

मध्यपहाडी पुष्पलाल लोकमार्गअन्तर्गत बागलुङ सदरमुकाम–बिहुँ खण्डको सडक कालोपत्र गर्ने काम ठेक्का सम्झौता भएको १० वर्ष पुग्दा पनि सम्पन्न हुन सकेको छैन।
“सूचना प्रविधि क्षेत्रमा निर्धक्क भएर लगानी बढाउनुहोस्, सरकार साथमा छ” : अर्थमन्त्री डा. स्वर्णिम वाग्ले

“सूचना प्रविधि क्षेत्रमा निर्धक्क भएर लगानी बढाउनुहोस्, सरकार साथमा छ” : अर्थमन्त्री डा. स्वर्णिम वाग्ले

“सूचना प्रविधि क्षेत्र छोटो समयमा ठूलो फड्को मार्न सकिने क्षेत्र हो, तपाईं युवा उद्यमीहरू लगानी बढाउनुहोस्। आफूलाई फैलाउनुहोस्,” उनले भने, “सरकार तपाईंको साथमा छ। के–के गर्नुपर्ने हो भन्नुहोस्।”
सरकारको ‘स्प्रिट’ अनुसार काम गर्न र सीमा सुरक्षामा कुनै कमीकमजोरी हुन नदिन सशस्त्र प्रहरी महानिरीक्षकको निर्देशन

सरकारको ‘स्प्रिट’ अनुसार काम गर्न र सीमा सुरक्षामा कुनै कमीकमजोरी हुन नदिन सशस्त्र प्रहरी महानिरीक्षकको निर्देशन

महानिरीक्षक पौडेलले सशस्त्र प्रहरी बलबारे नागरिकबाट गुनासो नआउने गरी दत्तचित्त भएर जिम्मेवारी निर्वाह गर्न आग्रह गर्नुभयो । उहाँले आर्थिक सुशासन, भ्रष्टाचार नियन्त्रण, मानवअधिकार संरक्षण र लैङ्गिक समानतालाई आधार...