नेभिगेशन
सबै कुरा

बुद्धले भने ‘छोरीलाई बचाउन सकिएन’

काठमाडौँ । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचाररत ५ वर्षिय बालिका प्रकृति तामाङको निधन भएको छ । मृतक बालिकाकी बुबा बुद्धले छोरीलाई बचाउन नसकिएको सिधाकुरालाई बताए ।

‘चिकित्सकले सुधार हुँदैन भनेपछि अस्पतालबाट झिकेर ल्याएको छोरीको निधन भयो । अन्तिम संस्कार गरेर घर फर्किंदैछौँ’ बुबा बुद्धले सिधाकुरासँग भने ।

ललितपुरको गोदावरी नगरपालिका २ त्रिवेणीका बुद्धको परिवार छोरीको उपचारका लागि डेढ महिना देखि सङ्घर्षरत थिए । छोरीको उपचारका क्रममा आमा कविताको समेत मृगौलामा गम्भिर समस्या देखिएपछि उनीहरु थप समस्यामा परेका थिए ।

सम्बन्धित समाचारः बुद्धको उपचार संघर्ष,‘डाक्टरले छोरीलाई निको हुँदैन भने, कविताको दोस्रो पटक डायलासिस भयो’

२०८१ साउन ३ गते तामाङ दम्पतीले रुघा लागेको भन्दै छोरीलाई जचाउँन त्रिवि शिक्षण अस्पताल लगेका थिए । स्वास्थ्य परीक्षणमा क्षयरोगका कारण बालिकाको  टाउकामा पानी जमेको भन्दै चिकित्सकहरूले साउन दोस्रो साता उनको टाउकोको शल्यक्रिया गरेका थिए ।

तर, शल्यक्रिया पछिको लामो समयसम्म बालिकाको स्वास्थ्यमा सुधार आउन सकेको थिएन । सघन उपचारमा रहेकी छोरीको रेखदेखकै क्रममा आमा कविताको समेत स्वास्थ्य बिग्रिए पछि बुद्धले जागिर गुमाएका थिए भने एउटै अस्पतालमा श्रीमती र छोरीको रेखदेख गर्ने काम गरिरहेका थिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
सामान्य प्रशासन मन्त्री राजकुमार गुप्तालाई घुसका रुपमा दुई झोला रकम, अख्तियारमा नोट नम्बर र फोटो सहित उजुरी

संसद् भवनमा ड्रोन खसाएको अभियोगमा टेकस्पाएर कलेजका प्राध्यापकसहित ५ जना पक्राउ

संसद् भवनमा ड्रोन खसाएको अभियोगमा टेकस्पाएर कलेजका प्राध्यापकसहित ५ जना पक्राउ

नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा ड्रोन खसेको घटनामा प्रहरीले एक प्राध्यापकसहित पाँच जनालाई पक्राउ गरेको छ।
संवैधानिक नियुक्तिको फैसलाले संवैधानिक सर्वोच्चताको मान्यतालाई गम्भीर असर पुर्याएको  पूर्वन्यायाधीशहरूको टिप्पणी

संवैधानिक नियुक्तिको फैसलाले संवैधानिक सर्वोच्चताको मान्यतालाई गम्भीर असर पुर्याएको पूर्वन्यायाधीशहरूको टिप्पणी

संवैधानिक निकायमा गरिएको ५२ पदाधिकारीको नियुक्तिलाई सदर गर्ने सर्वोच्च अदालतको फैसलाप्रति पूर्वन्यायाधीश फोरमले आपत्ति जनाएको छ।
रवि लामिछानेमाथि बदनियतपूर्ण ढङ्गले मुद्दा चलाइयो : सर्वोच्चका पूर्व न्यायाधीश बलराम केसी

रवि लामिछानेमाथि बदनियतपूर्ण ढङ्गले मुद्दा चलाइयो : सर्वोच्चका पूर्व न्यायाधीश बलराम केसी

कुनै पनि समूहले चलाएको अभियानले अदालत प्रभावित नहुने बताए । ‘यो अभियानले न्यायालय प्रभावित हुँदैन। अदालतमा जे मुद्दा, कागज गएको छ नि, त्यतिमा सीमित रहन्छ। त्यसरी प्रभावित भयो...

भर्खरै