नेभिगेशन
सबै कुरा

यूराेपेली मुलुक बेल्जियममा बढ्दो चोरी, निसानामा नेपालीको घर

सन्तोष न्यौपाने, बेल्जियम । केही साताअघि लुभेन निवासी नन्द घले कामका लागि घरबाट कार्यालय निस्किए । श्रीमान् काममा गएपछि उनकी श्रीमतीले छोराछोरीलाई मन्टेस्वरीमा छोडेर उनी पनि काममा निस्किइन् । जब, उनीहरु कामबाट घर फर्के तब घरको स्थिती उनीहरुले सोचे भन्दा बेग्लै भइसकेको थियो । 


CG

घरमा चोर पसेर गरगहना र घरमा भएको रकम लिएर गएछ । घले परिवारका अनुसार घरको पछाडिको ढोका फोडेर चोर पसेका थिए । उनीहरुले तत्काल प्रहरीलाई खबर गरे । प्रहरीले सो चोरी प्रकरणमा अहिले अनुसन्धान गरिरहेको छ । यो त एउटा प्रतिनिधि घटना मात्रै हो । बितेको एक महिनामा आधा दर्जन नेपालीको घरमा चोरी भएको छ । गरगहना लगाउने नेपाली शैलीलाई पच्छ्याएर चोरहरुले सुनका गहना, महंगा लत्ता कपडा, नेपाली रुपैयाँ तथा युरो लिएर जाने गरेको प्रहरी अनुसन्धानमा देखिएको छ ।

युरोपियन मुलुक बेल्जियममा चोरीका घटना निरन्तर हुन्छन् भन्दा तपाईँ हामी धेरैलाई विश्वास नलाग्न सक्छ । तर, विगत लामो समयदेखि यो घटना नेपालीहरुको घरहरुमा लक्षित गरेर भइरहेको छ । लुभेन सहरमा धेरै नेपालीहरुको बसोबास रहेको छ । चोरले नेपालीका घरलाई लक्षित गरेर चोरी गरिरहेको देखिएको चोरीको घटना भोगेका नेपालीहरु बताउँछन् । 

गत वर्ष लुभेन निवासी पदम गुरुङ्गको घरमा पनि दिउँसै चोरी भएको थियो । त्यतिबेला उनकी श्रीमती मिरा नेपाल थिइन् भने छोरा–छोरी आफ्नो काममा बाहिर थिए । उनीहरुको घरबाट चोरले घर फोरेर ठूलो धन राशिका गरगहना, कपडा, रकम लिएर गएका थिए । यो केसमा पनि प्रहरीले आफ्नो अनुसन्धान गर्यो तर चोर फेला पार्न सकेन ।

पीडित नन्द घलेका अनुसार बेल्जियममा घरको इन्सुरेन्स गरिने हुदाँ केही रकम उनीहरुले बेहोर्छन । तर, बच्चाहरुले खुत्रुकेमा जम्मा गर्ने रकम, क्यास रकम, अनी सुन लगायतका गरगहनाहरुको भने उनीहरुले दिदैनन् । जसका कारण ठुलो क्षति बेहोर्नु पर्दछ ।  

चोरीका घटनाबारे लुभेन शहरस्थित प्रहरी कार्यलयमा सम्पर्क गर्दा उनीहरुले अघिल्लो वर्ष भन्दा चोरीका घटना बढेको बताए । विशेष गरेर शैक्षिक संस्था, ग्यारेज, एकल स्थानमा रहने घरहरुमा चोरी बढेको प्रहरीले बताएको छ । 

प्रहरीका अनुसार सन् २०२३ मा यो शहरमा २०९ घरमा चोरी भएकामा त्यो अहिले बढेर २६२ पुगेको छ । अघिल्लो वर्षको चोरीका घटनाहरु पछिल्लो १५ वर्षयताकै दोस्रो कम संख्या हो तर सन् २०२२ को तुलनामा ४२ प्रतिशतले बढी हो । 

नगरपालिका  र प्रहरीले सचेतना अभियानमार्फत  नागरिकहरूलाई सतर्क रहन र चोरहरूबाट बच्न प्रोत्साहित गरिरहेको छ । ‘सबै नगरिकहरुलाई घर सुरक्षाका बिभिन्न उपायहरु अबलम्बन गर्ने अनुरोध छ । चोरी नियन्त्रण गर्न हामी लागि लागिपरिरहेका छौँ’ लुभेन प्रहरीले भनेको छ । 

लुभेन शहरमा नेपालीहरु चोरीको घटनामा पर्नु कारण चोरहरुले नेपालीहरुको आनीबानी  र संस्कारलाई कमजोरीको रुपमा देखेको हुनसक्ने अनुमान गरिन्छ । नेपालीहरुले गर्ने कार्याक्रमहरुमा गरगहनाको प्रर्दशनी र तडक भडक देखिने र त्यसलाई चोहरुले कमजोरीका रुपमा लिएको हुनसक्ने बताइन्छ ।

यसै विषयमा एन आर एन बेल्जियमकी अध्यक्ष सीता सापकोटाले सबै सचेत भएर घरको सुरक्षामा लाग्नुपर्ने बताउँछिन् । ‘बिभिन्न कार्यकर्ममा जाँदा गरगहना धेरै नलगाउने, घरमा विशेष क्यामेरा जोड्ने, महत्वपूर्ण समान बैंक लकरमा राख्ने गर्नुपर्दछ,’ सापकोटा भन्छिन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
इक्वेडरका फुटबलर पिनिडाको गोली हानी हत्या

इक्वेडरका फुटबलर पिनिडाको गोली हानी हत्या

बढ्दो आपराधिक हिंसाले ग्रस्त बनेको ग्वायाकिलमा यो घटना घटेको हो, जहाँ लागुऔषध तस्करीसँग सम्बन्धित गिरोह गतिविधि तीव्र बन्दै गएको छ । ग्वायाकिल पछिल्ला वर्षहरूमा गिरोह हिंसाको प्रमुख केन्द्रका...
भारतद्वारा स्वतन्त्र व्यापार सम्झौतालाई तीव्रता

भारतद्वारा स्वतन्त्र व्यापार सम्झौतालाई तीव्रता

भारतीय अधिकारीहरूका अनुसार भारत युरोपेली सङ्घ (इयु), न्युजिल्यान्ड र चिलीसँग उन्नत चरणका वार्तामा रहेको छ भने ओमानसँग यसै साता पहिलो स्वतन्त्र व्यापार सम्झौतामा हस्ताक्षर गर्ने तयारी अन्तिम चरणमा...
ट्रम्पद्वारा थप सात देश र प्यालेस्टाइनमाथि पूर्ण यात्रा प्रतिबन्ध

ट्रम्पद्वारा थप सात देश र प्यालेस्टाइनमाथि पूर्ण यात्रा प्रतिबन्ध

यस कदमसँगै राष्ट्रियताको आधारमा मात्र अमेरिका प्रवेशमा रोक लगाइएका देशहरूको सङ्ख्या करिब ४० पुगेको छ । यसका साथै पश्चिमी देशहरूबाट हुने नियमित यात्रामा समेत नियमहरू थप कडा पारिएका...
हिंसा भड्काएको अभियोगमा धर्मगुरुलाई ३५ वर्ष जेल

हिंसा भड्काएको अभियोगमा धर्मगुरुलाई ३५ वर्ष जेल

प्रतिबन्धित तहरीक–ए–लब्बैक पाकिस्तान (टिएलपी) पार्टीका नेता जहीरुल हसन शाहलाई गत वर्ष पक्राउ गरिएको थियो । उनीमाथि सामाजिक सञ्जालमा एक भिडियो प्रसारित गरेको आरोप लागेको थियो, जसमा तत्कालीन प्रधानन्यायाधीश...