नेभिगेशन
सबै कुरा

बाल श्रम शोषण गर्ने सांसदलाई कारबाही नभएपछि बालेनले ओलीलाई सोधे– कहिले समाउने ? कि नसमाउने ?’

काठमाडौँ महानगपालिकाका मेयर बालेन्द्र शाहले प्रदेश सांसद रेखा शर्मालाई कारबाही नगरिएकोप्रति आपक्ति जनाएका छन् । उनले सामाजिक सञ्जालमार्फत सो विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई समेत प्रश्न गरेका छन् । उनले लेखेका छन्, ‘सुशासन भनेको अदालतले नि समाउ भनेको तपाईंको सांसद रेखा शर्मा जसलाई बाल शोषण  गरेको मुद्दा छ समाउनलाई भन्दछ । सायद तपाईंको लागि सुशासनको अर्थ सो बालिकाको मृत्यु पछि गोहिको आँसु चुहाएर फेसबुकमा समवेदना  दिदै  एक लाख घोषणा गर्नु नै होला ।’ 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter


Ncell
Extreme Energy

लुम्बिनी प्रदेशमा एमालेबाट सांसद रहेकी रेखा कुमारी शर्माले १४ वर्षीया बालिकालाई ८ वर्षदेखि काठमाडौँस्थित निजी घरमा बालश्रमिक बनाएर राखेको खुलेको थियो । उनलाई ८ वर्षदेखि श्रम शोषण गरेकी सांसद विरुद्धको अनुन्सन्धान भने सत्ता र शक्तिको आडमा प्रभावित भएको छ । 

काठमाडौँ महानगरपालिकाका अनुसार बालिकाको उद्धारपछि सांसद शर्मा माथि कानुनी कारवाहीका लागि काठमाडौँ प्रहरी परिसरमा जेठ ३० गते जाहेरी दिए पनि अहिलेसम्म अनुसन्धान  भएको छैन ।   

सांसदलाई कारबाही नगरिएपछि बालेनले लेखेका छन्, ‘उहाँ  हुनुहुन्छ नेकपा एमालेकी प्रदेश सांसद रेखा शर्मा , वहाँ ले बिगत ८ वर्ष देखी बन्दी बनाएर , एक जना नबालिकालाई घरेलु कामदार को नाममा हिंसा गर्दै आउनु भएको छ, दैनिक रूप मा कुटपिट गर्दै आउनु भएको छ । काठमाडौं महानगर ले बिगत २ महिना देखी कारबाही अगाडी बढाउनु भन्दा पनि यो सरकार ले समाएको छैन । अदालतले पनि मुद्दा  चलाउ भनेर भनी सकेको छ । 

सम्माननिय प्रधानमन्त्री खड्ग  प्रसाद ओली ज्यु ,

सुशासन भनेको अदालतले नि समाउ भनेको तपाईंको सांसद रेखा शर्मा जसलाई बाल शोषण  गरेको मुद्दा छ समाउन लाई भन्दछ । 

सायद तपाईंको लागि सुशासनको अर्थ सो बालिकाको मृत्यु पछि गोहिको आँसु चुहाएर फेसबुकमा समवेदना  दिदै  एक लाख घोषणा गर्नु नै होला ।

कहिले समाउने ? कि नसमाउने ?’


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
प्रतिनिधिसभाको दोस्रो अधिवेशनः ६२ दिनका ६८ बैठकमा के-के भयाे

प्रतिनिधिसभाको दोस्रो अधिवेशनः ६२ दिनका ६८ बैठकमा के-के भयाे

गत वैशाख २८ गतेदेखि आजसम्म गरी कुल १४५ दिन भए पनि संसदीय कार्य दिन ६२ कायम भएको हो । सभामुख डोलप्रसाद अर्यालले दोस्रो अधिवेशनको अन्त्यको घोषणा गर्नुपूर्व अधिवेशनमा...
रास्वपा सचेतक क्रान्तिशिखाको आग्रह– नयाँ घटना आएपछि अघिल्लो पीडा नबिर्सौं

रास्वपा सचेतक क्रान्तिशिखाको आग्रह– नयाँ घटना आएपछि अघिल्लो पीडा नबिर्सौं

रास्वपा सचेतक क्रान्तिशिखा धितालले नयाँ घटना आउना साथ पुरानो घटना र त्यसले दिएको पीडा नभुल्न सरकारलाई आग्रह गरेकी छन् ।
राष्ट्रसंघ महासभामा नेपालले के भन्यो ? परराष्ट्रमन्त्रीले संसद्लाई गराए जानकारी

राष्ट्रसंघ महासभामा नेपालले के भन्यो ? परराष्ट्रमन्त्रीले संसद्लाई गराए जानकारी

परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा नेपालको सहभागिताबारे प्रतिनिधिसभाको आजको बैठकलाई जानकारी गराएका छन् ।
सरकारले जनअपेक्षाबमोजिम काम गर्न सकेनः आङ्देम्बे

सरकारले जनअपेक्षाबमोजिम काम गर्न सकेनः आङ्देम्बे

प्रमुख प्रतिपक्षी दलका नेता भीष्मराज आङ्देम्बेले वर्तमान सरकारका छ महिना जनअपेक्षाबमोजिम उपलब्धिपूर्ण हुन नसकेको र सङ्क्रमणकालकै निरन्तरता भएको बताएका छन् ।