नेभिगेशन
सबै कुरा

पिपरा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा तालाबन्दी

महोत्तरी । महोत्तरीको पिपरा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा सर्वदलिय समितिले तालाबन्दी गरेको छ । प्रमुख प्रशासकीय अधिकृत सन्तोष कुमार मिश्रले छलफलका लागि  समय तोकेर पनि उपस्थित नहुँदा समयको अवहेलना गरेको भन्दै  तालाबन्दी गरिएको जनमत पार्टी पिपरा गाउँपालिकाका अध्यक्ष रूपेश मण्डलले बताए । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

नेकपा एमाले,नेपाली कांग्रेस,लोसपा,जनमत पार्टी लगायत अन्य दल सहभागी रहेको सर्वदलिय समितिले प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा ताल्चा लगाएको मण्डले जानकारी दिएका छन ।  पिपरा गाँउपालिकामा शिक्षा,स्वास्थ्य,कृषि,पशु स्वास्थ्य लगायतका क्षेत्रहरुमा भईरहेको कामलाई सर्वदलिय समितिले अनुगमन गरेको थियो ।

Ncell
Extreme Energy

 उक्त अनुगमन बाट आएको गुनासो र कमीकमजोरीका विषयमा महिनो देखी प्रमुख प्रशासकीय अधिकृत सँग छलफलका लागि समय तोकिए पनि प्रमुख सन्तोष कुमार मिश्रले पटक(पटक समयको अवहेलना गरेकोले तालाबन्दी गर्न बाध्य भएको लोकतान्त्रिक समाजवादी पार्टी ९लोसपा०का पिपरा गाउँपालिका अध्यक्ष बिनित पाण्डेय ले जानकारी गराए । प्रमुख प्रशासकीय अधिकृतको रवैया बारे महोत्तरीका प्रमुख जिल्ला अधिकारी लाई जानकारी गराउदा उनले पिपरा गाउँपालिका अध्यक्ष सँग बुझ्न बताए । सोही अनुसार सर्वदलिय समितिले पालिका अध्यक्षलाई सम्पर्क गर्न खोज्दा अध्यक्ष रामजानकी यादवले फोन नउठाएकोले अन्ततः तालाबन्दी गर्ने निष्कर्षमा सर्वदलिय समिति पुगेको र छलफल नभए समम् ताल्चा नखोल्ने बिनित पाण्डेयले जानकारी दिए ।

यस विषयमा पिपरा गाउँपालिका अध्यक्ष रामजानकी यादवले पालिकाको विकास गति हेरेर सर्वदलिय समिति हतोत्साहित भएको बातएका छन । उनले कुनै विकास कार्यप्रति गुनासो वा असन्तुष्टि  भएमा आवश्यक प्रक्रिया पुरा गरी गुनासो सुनिदिने निकायमा पुग्नु पर्ने आवश्यक रहेको सुझाएका छन । यस विषयमा पहिला पनि छलफल भएकै हो र पुनः छलफल गर्न आफु सकारात्मक रहेको पालिका अध्यक्ष रामजानकी यादवले बातएका छन ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
प्रतिनिधिसभाको दोस्रो अधिवेशनः ६२ दिनका ६८ बैठकमा के-के भयाे

प्रतिनिधिसभाको दोस्रो अधिवेशनः ६२ दिनका ६८ बैठकमा के-के भयाे

गत वैशाख २८ गतेदेखि आजसम्म गरी कुल १४५ दिन भए पनि संसदीय कार्य दिन ६२ कायम भएको हो । सभामुख डोलप्रसाद अर्यालले दोस्रो अधिवेशनको अन्त्यको घोषणा गर्नुपूर्व अधिवेशनमा...
रास्वपा सचेतक क्रान्तिशिखाको आग्रह– नयाँ घटना आएपछि अघिल्लो पीडा नबिर्सौं

रास्वपा सचेतक क्रान्तिशिखाको आग्रह– नयाँ घटना आएपछि अघिल्लो पीडा नबिर्सौं

रास्वपा सचेतक क्रान्तिशिखा धितालले नयाँ घटना आउना साथ पुरानो घटना र त्यसले दिएको पीडा नभुल्न सरकारलाई आग्रह गरेकी छन् ।
राष्ट्रसंघ महासभामा नेपालले के भन्यो ? परराष्ट्रमन्त्रीले संसद्लाई गराए जानकारी

राष्ट्रसंघ महासभामा नेपालले के भन्यो ? परराष्ट्रमन्त्रीले संसद्लाई गराए जानकारी

परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा नेपालको सहभागिताबारे प्रतिनिधिसभाको आजको बैठकलाई जानकारी गराएका छन् ।
सरकारले जनअपेक्षाबमोजिम काम गर्न सकेनः आङ्देम्बे

सरकारले जनअपेक्षाबमोजिम काम गर्न सकेनः आङ्देम्बे

प्रमुख प्रतिपक्षी दलका नेता भीष्मराज आङ्देम्बेले वर्तमान सरकारका छ महिना जनअपेक्षाबमोजिम उपलब्धिपूर्ण हुन नसकेको र सङ्क्रमणकालकै निरन्तरता भएको बताएका छन् ।