नेभिगेशन
सबै कुरा

पिपरा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा तालाबन्दी

महोत्तरी । महोत्तरीको पिपरा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा सर्वदलिय समितिले तालाबन्दी गरेको छ । प्रमुख प्रशासकीय अधिकृत सन्तोष कुमार मिश्रले छलफलका लागि  समय तोकेर पनि उपस्थित नहुँदा समयको अवहेलना गरेको भन्दै  तालाबन्दी गरिएको जनमत पार्टी पिपरा गाउँपालिकाका अध्यक्ष रूपेश मण्डलले बताए । 

नेकपा एमाले,नेपाली कांग्रेस,लोसपा,जनमत पार्टी लगायत अन्य दल सहभागी रहेको सर्वदलिय समितिले प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा ताल्चा लगाएको मण्डले जानकारी दिएका छन ।  पिपरा गाँउपालिकामा शिक्षा,स्वास्थ्य,कृषि,पशु स्वास्थ्य लगायतका क्षेत्रहरुमा भईरहेको कामलाई सर्वदलिय समितिले अनुगमन गरेको थियो ।

 उक्त अनुगमन बाट आएको गुनासो र कमीकमजोरीका विषयमा महिनो देखी प्रमुख प्रशासकीय अधिकृत सँग छलफलका लागि समय तोकिए पनि प्रमुख सन्तोष कुमार मिश्रले पटक(पटक समयको अवहेलना गरेकोले तालाबन्दी गर्न बाध्य भएको लोकतान्त्रिक समाजवादी पार्टी ९लोसपा०का पिपरा गाउँपालिका अध्यक्ष बिनित पाण्डेय ले जानकारी गराए । प्रमुख प्रशासकीय अधिकृतको रवैया बारे महोत्तरीका प्रमुख जिल्ला अधिकारी लाई जानकारी गराउदा उनले पिपरा गाउँपालिका अध्यक्ष सँग बुझ्न बताए । सोही अनुसार सर्वदलिय समितिले पालिका अध्यक्षलाई सम्पर्क गर्न खोज्दा अध्यक्ष रामजानकी यादवले फोन नउठाएकोले अन्ततः तालाबन्दी गर्ने निष्कर्षमा सर्वदलिय समिति पुगेको र छलफल नभए समम् ताल्चा नखोल्ने बिनित पाण्डेयले जानकारी दिए ।

यस विषयमा पिपरा गाउँपालिका अध्यक्ष रामजानकी यादवले पालिकाको विकास गति हेरेर सर्वदलिय समिति हतोत्साहित भएको बातएका छन । उनले कुनै विकास कार्यप्रति गुनासो वा असन्तुष्टि  भएमा आवश्यक प्रक्रिया पुरा गरी गुनासो सुनिदिने निकायमा पुग्नु पर्ने आवश्यक रहेको सुझाएका छन । यस विषयमा पहिला पनि छलफल भएकै हो र पुनः छलफल गर्न आफु सकारात्मक रहेको पालिका अध्यक्ष रामजानकी यादवले बातएका छन ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
७१ सेवा केन्द्रमा तीव्र गतिको इन्टरनेट जडान गर्दै काठमाडौँ महानगरपालिका

७१ सेवा केन्द्रमा तीव्र गतिको इन्टरनेट जडान गर्दै काठमाडौँ महानगरपालिका

कामपाले आफ्ना मातहतमा रहेका स्वास्थ्य प्रवर्द्धन केन्द्र, वडा कार्यालयलगायत अन्य सेवा केन्द्रहरूमा तीव्र गतिको ब्रोडब्यान्ड इन्टरनेट (फाइबर टू द होम–एफटिटिएच) जडान प्रक्रिया अघि बढाएको कामपाको प्रशासन शाखा प्रमुख...
राष्ट्रपति पौडेल स्वदेश फिर्ता

राष्ट्रपति पौडेल स्वदेश फिर्ता

उनलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, परराष्ट्र सचिव अमृतबहादुर राई, नेपालका लागि कतारका राजदूत, सुरक्षा निकायका प्रमुखलगायतले स्वागत गरेका थिए ।...
सौराहामा रास्वपाको विस्तारित बैठक: ५ सय बढी प्रतिनिधिको यसरी हुँदै छ व्यवस्थापन

सौराहामा रास्वपाको विस्तारित बैठक: ५ सय बढी प्रतिनिधिको यसरी हुँदै छ व्यवस्थापन

संयोजक ढकालका अनुसार विस्तारित बैठकको ७० प्रतिशत बढी तयारी सकिएको छ । हल व्यवस्थापन, लजिस्टिक व्यवस्थापन लगायतका कामहरू लगभग सकिएका छन् । बिहीबार बाटै प्रतिनिधिहरू चितवन आउने क्रममा...