नेभिगेशन
सबै कुरा

भौतिक मन्त्रालय खोसिएपछि दिपक मनाङेको राजिनामा, भन्छन् 'बजेटै नहुने मन्त्रालयमा के मन्त्री हुनु' ?

पोखरा । भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्रालय खोसेर वन मन्त्रालय दिएपछि गण्डकी प्रदेशका मन्त्री राजीव गुरुङ(दीपक मनाङे)ले सरकार छाड्ने भएका छन् । 

आइतबारको मन्त्रिपरिषद् बैठकले मन्त्रालय फुटाएर ९ पुर्याउँदै एमालेलाई पनि सरकारमा सहभागी गराएको थियो । 

एमालेका ४ मन्त्री सरकारमा सहभागी भएसँगै मनाङेले यस अघि सम्हालिरहेको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्रालय एमालेको भागमा परेको थियो । 

मनाङेले सम्हालेको मन्त्रालयमा एमालेबाट समानुपातिक सांसद रहेका प्रकाशबहादुर केसीलाई मन्त्री बनाएर पठाइएको छ । 

आज प्रदेश प्रमुखको कार्यालयमा भएको सपथग्रहण कार्यक्रममा सहभागी भएका मन्त्री मनाङेकै अघि एमालेका प्रकाशबहादुर केसीले भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थ मन्त्रीकारुपमा सपथ लिएपछि मनाङे आक्रोशित हुँदै निस्किएका थिए  । 

त्यस लगत्तै स्वकिय सचिव मार्फत मुख्यमन्त्रीको कार्यालयमा राजिनामा पठाएका थिए । मन्त्री मनाङेले पनि राजिनामा पठाएका स्विकार गरे । "वन मन्त्रालयमा बजेट पनि हुँदैन, काम पनि हुँदैन" मनाङेले भने "म काम देखाउने मान्छे हो, कामै नहुने मन्त्रालयमा के मन्त्री हुनु "? 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
७१ सेवा केन्द्रमा तीव्र गतिको इन्टरनेट जडान गर्दै काठमाडौँ महानगरपालिका

७१ सेवा केन्द्रमा तीव्र गतिको इन्टरनेट जडान गर्दै काठमाडौँ महानगरपालिका

कामपाले आफ्ना मातहतमा रहेका स्वास्थ्य प्रवर्द्धन केन्द्र, वडा कार्यालयलगायत अन्य सेवा केन्द्रहरूमा तीव्र गतिको ब्रोडब्यान्ड इन्टरनेट (फाइबर टू द होम–एफटिटिएच) जडान प्रक्रिया अघि बढाएको कामपाको प्रशासन शाखा प्रमुख...
राष्ट्रपति पौडेल स्वदेश फिर्ता

राष्ट्रपति पौडेल स्वदेश फिर्ता

उनलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, परराष्ट्र सचिव अमृतबहादुर राई, नेपालका लागि कतारका राजदूत, सुरक्षा निकायका प्रमुखलगायतले स्वागत गरेका थिए ।...
सौराहामा रास्वपाको विस्तारित बैठक: ५ सय बढी प्रतिनिधिको यसरी हुँदै छ व्यवस्थापन

सौराहामा रास्वपाको विस्तारित बैठक: ५ सय बढी प्रतिनिधिको यसरी हुँदै छ व्यवस्थापन

संयोजक ढकालका अनुसार विस्तारित बैठकको ७० प्रतिशत बढी तयारी सकिएको छ । हल व्यवस्थापन, लजिस्टिक व्यवस्थापन लगायतका कामहरू लगभग सकिएका छन् । बिहीबार बाटै प्रतिनिधिहरू चितवन आउने क्रममा...