नेभिगेशन
सबै कुरा

नेप्से परिसूचकमा उच्च अङ्कको वृद्धि, १२७.३२ अङ्कले उकालो लाग्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज उच्च अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक एक सय २७ दशमलव ३२ अङ्कले उकालो लागेर दुई हजार आठ सय २३ दशमलव २५ मा पुगेको छ । 

यस्तै ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक २२ दशमलव ९४ अङ्ले उकालो लागेर पाँच सय तीन दशमलव ८३ मा पुगेको छ । कूल तीन करोड १४ लाख ३० हजार ४८ कित्ता शेयर रु १३ अर्ब १० करोड ४६ लाख ३१ हजार आठ सय दुईमा कारोबार भयो । 

City Express

नेप्सेका अनुसार, नेशनल हाइड्रोपावर, वेस्ट फाइनान्स, समृद्धि फाइनान्स, प्रोगे्रसिभ फाइनान्स र एनएलजी इन्स्योरेन्स कम्पनीको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ । लक्ष्मी उन्नति कोष चार दशमलव ७१, माईखोला हाइड्रोपावर तीन दशमलव ५९, एनआइसी एसिया फ्लेक्स एक दशमलव ८७, सनराइज फोकस्ड इक्विटी फण्ड एक दशमलव ८१ र सामुदायिक लघुवित्तका लगानीकर्ताले एक दशमलव ६१ प्रतिशतले गुमाएका छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
नेप्से परिसूचकमा १११ अङ्कको वृद्धि

नेप्से परिसूचकमा १११ अङ्कको वृद्धि

आइतबार ३२९ कम्पनीको दुई करोड ३२ हजार २२४ कित्ता शेयर एक लाख आठ हजार ९०८ पटक खरिदबिक्री हुँदा रू नौ अर्ब १७ करोड ९५ लाख ७३ हजार बराबरको...
शेयर बजारमा अन्तिम १५ मिनेटको भारित औसत मूल्य कायम हुने व्यवस्था स्थगित

शेयर बजारमा अन्तिम १५ मिनेटको भारित औसत मूल्य कायम हुने व्यवस्था स्थगित

नेप्सेले गत चैतदेखि धितोपत्र बजारमा २ः४५ बजे देखि ३ः०० बजेसम्म कायम मूल्यको भारित औसत मूल्यलाई अन्तिम कारोबार मूल्य हुने व्यवस्था ल्याएको थियो । उक्त व्यवस्था हाललाई स्थगित गरिएको...
पुँजीबजारमा देखिएका समस्या पहिचान गर्न अर्थमन्त्रालय द्वारा कार्यदल गठन

पुँजीबजारमा देखिएका समस्या पहिचान गर्न अर्थमन्त्रालय द्वारा कार्यदल गठन

अर्थ मन्त्रालयका प्रवक्ता टङ्कप्रसाद पाण्डेयका अनुसार पुँजीबजारमा विकसित विसङ्गति तथा समस्याको अध्ययन गरी तत्काल आमलगानीकर्ताको मनोबल वृद्धिका लागि चाल्नुपर्ने प्रणालीगत तथा प्रक्रियागत सुधारका लागि सुझाव र ठोस कार्यान्वयन...
लगातार नकारात्मक सर्किट लागेपछि शेयर कारोबार स्थगित

लगातार नकारात्मक सर्किट लागेपछि शेयर कारोबार स्थगित

कारोबार सुरु भएलगत्तै बजार ओरालो लाग्न थालेको थियो । बजार खुलेको दुई मिनेटमै नेप्से परिसूचक चार प्रतिशतले ओरालो लागेको थियो । बजारमा छोटो समयमा नकारात्मक सर्किट लागेको थियो...