नेभिगेशन
सबै कुरा

बालबालिकालाई काममा लगाउने उद्योगमाथि कारबाही

बागमती । बालबालिकालाई बालश्रमिकका रूपमा काममा लगाउने ३५ उद्योग प्रतिष्ठान तथा रोजगारदातालाई श्रम तथा रोजगार कार्यालय हेटौँडाले कारबाही गरेको छ ।  आर्थिक वर्ष २०८०८१ मा ९५ उद्योग प्रतिष्ठान गरिएको अनुगमनका क्रममा बालबालिकालाई बालश्रमिकका रूपमा काममा लगाउने ३५ प्रतिष्ठान तथा रोजगारदातामाथि कारबाही गरेको हो ।  कार्यालयका प्रमुख छन्दनारायण श्रेष्ठका अनुुसार ती प्रतिष्ठान तथा रोजगारदातामाथि कारबाही गरी ६१ हजार एक सय जरिवाना तथा तीन लाख ९१ हजार दुई सय ५६ जरिवाना गराइएको छ । 

सो अवधिमा विभिन्न उद्योग प्रतिष्ठानबाट बालश्रमिकका रूपमा रहेका ३५ जना बालबालिकाको उद्धार गरिएको कार्यालय प्रमुख श्रेष्ठले बताए । आव २०८०र८१ मा दुई सय ३५ प्रतिष्ठानमा अनुगमन गर्दा अधिकांश ठूला उद्योग प्रतिष्ठानमा न्यूनतम पारिश्रमिकलगायत श्रम कानुनको पालना गरिएको पाइए पनि साना उद्योग प्रतिष्ठानमा नियुक्तिपत्र, न्यूनतम पारिश्रमिक, सामाजिक सुरक्षा, व्यवसायजन्य सुरक्षाको अवस्था कमजोर रहेको पाइएको प्रमुख श्रेष्ठले बताए । 

Global Ime Bank

कार्यालयमा धेरैजसो उजुरी पारिश्रमिक नपाएको सम्बन्धी आउने गरेको उनले  बताए । सो अवधिमा पारिश्रमिकसम्बन्धी ७९ उजुरी दर्ता भएकामा ६०  उजुरी कार्यालयको पहलमा प्रत्यक्ष वार्तामार्फत समाधान गरिएको र बाँकी १९ उजुरी समाधानको प्रक्रियामा रहेको प्रमुख श्रेष्ठले जानकारी दिए  । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
त्रीशूलीमा फसेका दुई जनाको हेलिकप्टबाट उद्धार

त्रीशूलीमा फसेका दुई जनाको हेलिकप्टबाट उद्धार

बिहानै काठ समाउन नदी छेउमा पुगेका उनीहरु एक्कासी आएको बाढीमा फसेका थिए । त्यसपछि उनीहरु ३ घण्टादेखि सिसौको रुखमा चढेर बसेका थिए । स्थानीय जनप्रतिनिधि तथा सुरक्षा अधिकारीहरुको...
त्रिशूलीमा आएको बाढीको बीचमा दुई जना फसे

त्रिशूलीमा आएको बाढीको बीचमा दुई जना फसे

दाउरा टिप्न नदिमा गएका उनीहरु एक्कासी ठुलो बाढी आएसँगै त्रिशूलीको बिचमा रहेको रुखमा चढेर बसेका छन् । उनीहरुको उद्दारका लागि हेलिकप्टर बोलाइएको नुवाकोटाका प्रहरी प्रमुख डिएसपी विक्रम लामाले...
रसुवागढी बाढी: सुख्खा बन्दरगाहमा काम गर्ने ४ जना चिनियाँ नागरिक सम्पर्कबिहिन

रसुवागढी बाढी: सुख्खा बन्दरगाहमा काम गर्ने ४ जना चिनियाँ नागरिक सम्पर्कबिहिन

'बाढीले सुख्खा बन्दरगाहमा मानवीय र भौतिक क्षति पुगेको छ सूचना आएको छ। बन्दै गरेको ड्राइपोर्टमा काम गर्ने ४ जना चिनियाँ नागरिकहरु सम्पर्कबिहिन भएका छन् ।'
बेत्रावती जलमापन केन्द्रमा जलसतह सतर्कता तह आसपास, तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

बेत्रावती जलमापन केन्द्रमा जलसतह सतर्कता तह आसपास, तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

विभागले मंगलबार बिहान ६ः१० बजे जारी गरेको सूचनामा पानीको सतह अझै बढ्दो क्रममा रहेको उल्लेख गरिएको छ।

भर्खरै