नेभिगेशन
सबै कुरा

फालिएका बोत्तल बेचेर विद्यार्थीलाई शैक्षिक सामग्री

दाङ । फोहरका रूपमा फालिएका बोतल बेचेर दाङको तुलसीपुर उपमहानगरपालिका–७ स्थित बालकल्याण प्रावि डाँडापातुका विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान गरिएको छ ।  तुलसीपुर बजार सफा गर्ने क्रममा भेटिएका बोतल बेचेर त्यहाँ अध्ययनरत विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिइएको हो । 

बजार सफा बनाउनुका साथै त्यसबाट सङ्कलन भएको रकमलाई यस्तै न्यून आर्थिक अवस्था भएकालाई सहयोग गर्ने गरेको सफाइ अभियानको संयोजक निमबहादुर बुढाथोकीले बताए । “हाम्रो सरसफाइ अभियान एक सय ६४औँ हप्तामा प्रवेश गरेको छ, हामीले लामो समयदेखि तुलसीपुरमा प्रत्येक हप्ता सरसफाइ अभियान सञ्चालन गरिरहेका छौँ”, उनले भने, “यही क्रममा भेटिएका पानीका बोत्तललाई सङ्कलन गरेर यस्तै विपन्न विद्यार्थीलाई सहयोग गर्न थालेका छौँ ।” सोमबार विद्यालयमै पुगेर विद्यार्थीलाई कपी–कलम सहयोग गरिएको हो ।

Global Ime Bank

त्यो विद्यालयका ५० बढी विद्यार्थीलाई कपी र कलम सहयोग गरिएको हो । सोही विद्यालयमा न्यून आर्थिक अवस्था भएका विद्यार्थी अध्ययन गर्छन् । धेरैजसो विद्यार्थी अभिभावकविहीन बनेका तथा विद्यार्थीदेखि अभिभावक टाढा भएकाहरू अध्ययन गर्ने गरेको विद्यालयका प्रधानाध्यापक हुमबहादुर केसीले बताए । “यो विद्यालयमा अधिकांश सहाराविहीन र गरीब विद्यार्थी पढ्छन्”, उनले, “आर्थिक अवस्था कम्जोर भएकालाई यसरी सहयोग गर्नुले विद्यार्थीमा थप हौसला बढ्ने गर्छ ।” 

विसं २०४५ मा उक्त विद्यालय स्थापना भएको हो । शिशुदेखि कक्षा ५ सम्म सञ्चालित उक्त विद्यालयमा ८८ विद्यार्थी अध्ययन गर्छन् भने सातजना शिक्षक कार्यरत रहेका छन् । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
ल्हेन्दे खोला बढी: नौजनाको सकुशल उद्धार

ल्हेन्दे खोला बढी: नौजनाको सकुशल उद्धार

हराएका र फसेका व्यक्तिलाई उद्धार गर्न हेलिकप्टर तयारी रहेको नेपाली सेनाले जनाएको छ । प्रतिकूल मौसमका कारण रसुवाको आकाशमा हेलिकप्टर उड्न नसक्दा उद्धारमा कठिनाइ भएको छ । हेलिकप्टर...
त्रीशूलीमा फसेका दुई जनाको हेलिकप्टबाट उद्धार

त्रीशूलीमा फसेका दुई जनाको हेलिकप्टबाट उद्धार

बिहानै काठ समाउन नदी छेउमा पुगेका उनीहरु एक्कासी आएको बाढीमा फसेका थिए । त्यसपछि उनीहरु ३ घण्टादेखि सिसौको रुखमा चढेर बसेका थिए । स्थानीय जनप्रतिनिधि तथा सुरक्षा अधिकारीहरुको...
त्रिशूलीमा आएको बाढीको बीचमा दुई जना फसे

त्रिशूलीमा आएको बाढीको बीचमा दुई जना फसे

दाउरा टिप्न नदिमा गएका उनीहरु एक्कासी ठुलो बाढी आएसँगै त्रिशूलीको बिचमा रहेको रुखमा चढेर बसेका छन् । उनीहरुको उद्दारका लागि हेलिकप्टर बोलाइएको नुवाकोटाका प्रहरी प्रमुख डिएसपी विक्रम लामाले...
रसुवागढी बाढी: सुख्खा बन्दरगाहमा काम गर्ने ४ जना चिनियाँ नागरिक सम्पर्कबिहिन

रसुवागढी बाढी: सुख्खा बन्दरगाहमा काम गर्ने ४ जना चिनियाँ नागरिक सम्पर्कबिहिन

'बाढीले सुख्खा बन्दरगाहमा मानवीय र भौतिक क्षति पुगेको छ सूचना आएको छ। बन्दै गरेको ड्राइपोर्टमा काम गर्ने ४ जना चिनियाँ नागरिकहरु सम्पर्कबिहिन भएका छन् ।'

भर्खरै