नेभिगेशन
सबै कुरा

साफ यू–१९ च्याम्पियनसिप : पाकिस्तान फाइनलमा

१० असोज, काठमाडौं । पाकिस्तानले सडेन डेथमा भुटानलाई पराजित गर्दै साफ यू–१९ च्याम्पियनसिप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको पहिलो सेमिफाइनलमा पाकिस्तानले भुटानलाई सडेन डेथमा ६–५ गोलअन्तरले हराउँदै साफ च्याम्पियनसिपको फाइनलमा पुगेको हो । यु १९ साफ च्याम्पियनसिपमा पाकिस्तानको यो पहिलो सहभागिता हो । खेलको निर्धारित समयसम्म दुवै टोलीबाट गोल हुन नसकेपछि खेल टाइब्रेकरमा पुगेको थियो ।

टाइब्रेकरको पहिलो सेटमा दुवै टोलीका समान पाँच–पाँच जना खेलाडीले गोल गरेपछि खेल सडन डेथमा धकेलिएको हो । सडन डेथमा पाकिस्तानका आदिल युनास, शाह जहान, अलि जफर, खुर्सिद आलम, मुहम्मद सदाम र कमिल अहमद खानले गोल गरेका थिए ।

Dish home
City Express

त्यस्तै भुटानका लागि किञ्जाङ तेन्जिङ, जिग्मे नाम्ग्येल, रिन्जिन दोर्जी, उग्यन दोर्जी र पेमा जाङपोले गोल गरे । छेत्रीम पेलजाङको पेनाल्टी भने पाकिस्तानका गोलरक्षक साहिल गुलले रोकेका थिए । पाकिस्तानले फाइनल खेलमा आजै साँझ ५ : ३० बजे हुने नेपाल र भारतबीचको विजेता टोलीसँग खेल्ने छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
नेपाल तेस्रो पटक टी–२० विश्वकपमा छनोट

नेपाल तेस्रो पटक टी–२० विश्वकपमा छनोट

जारी प्रतियोगिताको ‘सुपर सिक्स’मा आज युएईले सोमाओलाई ७७ रनले पराजित गरेसँगै नेपालले विश्वकपमा स्थान सुरक्षित गरेको हो । यससँगै नेपालले लगातार दोस्रो तथा समग्रमा तेस्रो पटक विश्वकपमा पुग्न...
विश्वकप क्रिकेट छनोटः नेपालद्वारा युएई १ रनले पराजित

विश्वकप क्रिकेट छनोटः नेपालद्वारा युएई १ रनले पराजित

ओमानको अल अमेरतस्थित ओमान क्रिकेट एकेडेमीतर्फ–१ मा आज भएको खेलमा नेपालले युएईलाई एक रनले पराजित गर्दै विजयी भएको हो । नेपालले जितका लागि दिएको १४१ रनको लक्ष्य पछ्याएको...
मलेसियाविरुद्धको चौथो खेलमा नेपाल विजयी

मलेसियाविरुद्धको चौथो खेलमा नेपाल विजयी

आज मलेसियाले दिएको एक सय १२ रनको लक्ष्य पछ्याएको नेपालले १७ दशमलव ३ ओभरमा चार विकेट गुमाउँदै  पूरा ग¥यो । नेपालको लागि कप्तान इन्दु बर्माले ३९ बलमा ४८...
टी–२० विश्वकपका निम्ति खेलाडी छनोट, सन्दीप पनि समेटिए

टी–२० विश्वकपका निम्ति खेलाडी छनोट, सन्दीप पनि समेटिए

टोलीमा सन्दीप लामिछानेलाई पनि समावेश गरिएको छ । यसअघि उनले वेस्ट इन्डिजसँगको सिरिजको पहिलो खेल सुरु हुनु करिब ४५ मिनेट अगाडि मैदानमा उत्रन अस्वीकार गरेका थिए ।  क्यानले...