नेभिगेशन
सबै कुरा

सहकारी सम्बन्धी संसदीय छानबिन समितिको १५ दिन म्याद थप

काठमाडौँ । सहकारी संस्था वचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिको म्याद १५ दिन थप गरिएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

प्रतिनिधिसभाको मंगलबारको बैठकले समितिको म्याद थप गर्ने समिति संयोजक सूर्य थापाको प्रस्ताव सर्वसम्मतीले स्वीकृत गरेको हो । त्यसअघि बैठकमा समिति संयोजक थापाले म्याद थपको प्रस्ताव प्रस्तुत गर्दै समितिले गरेको कामकारवाहीका बारेमा जानकारी गराएका थिए । उनले अहिलेसम्म समितिको ५१ वटा बैठक बसेको र सहकारी दूरुपयोग सम्बन्धी तथ्यमा पुग्ने काम भएको जानकारी दिए । जरैदेखि समस्याको पहिचान र समाधान गर्ने तर्फ कोशीस गर्नका लागि बिभिन्न निकायदेखि आरोपितसंग समेत छलफल गरिएको उनले बताए । उनले तथ्यको पुष्टि र पुनर्पुष्टि गर्न समय नपुगेकाले म्याद थपको प्रस्ताव गर्नुपरेको बताए । 

Ncell
Extreme Energy

समिति संयोजक थापाको प्रस्तावलाई सभामुख देवराज घिमिरेले निर्णयार्थ प्रस्तुत गर्दा सर्वसम्मतीले स्वीकृत भएको थियो । 

सहकारी बचत रकम दुरुपयोग सम्बन्धमा छानविन गर्न संसदले गत १५ गते छानविन समिति गठन गरेको थियो । समितिको तीनमहिनाको समयअवधि भदौँ २३ गते सकिँदै थियो । तर सो समयमा प्रतिवेदन तयार गर्न कठिनाइ हुने भन्दै समितिले १५ दिन म्याद थपका लागि प्रस्ताव गर्ने निर्णय गरेको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
“सूचना प्रविधि क्षेत्रमा निर्धक्क भएर लगानी बढाउनुहोस्, सरकार साथमा छ” : अर्थमन्त्री डा. स्वर्णिम वाग्ले

“सूचना प्रविधि क्षेत्रमा निर्धक्क भएर लगानी बढाउनुहोस्, सरकार साथमा छ” : अर्थमन्त्री डा. स्वर्णिम वाग्ले

“सूचना प्रविधि क्षेत्र छोटो समयमा ठूलो फड्को मार्न सकिने क्षेत्र हो, तपाईं युवा उद्यमीहरू लगानी बढाउनुहोस्। आफूलाई फैलाउनुहोस्,” उनले भने, “सरकार तपाईंको साथमा छ। के–के गर्नुपर्ने हो भन्नुहोस्।”
किन बद्‍नाम भयो संघीयता ?

किन बद्‍नाम भयो संघीयता ?

संविधानअनुसार नेपालमा तीन तहका सरकार छन्– संघ, प्रदेश र स्थानीय । यी तीन तहका सरकारमध्ये प्रदेश सरकारहरू यति अस्थिर बनेका छन् कि, कुन नेतालाई के मुड चल्छ, सरकार...
ओलीबारे प्रतिवेदनमार्फत के भनेका छन् शंकर पोखरेलले ?

ओलीबारे प्रतिवेदनमार्फत के भनेका छन् शंकर पोखरेलले ?

नेकपा एमालेका महासचिव शंकर पोखरेलले कार्यदलको प्रतिवेदनमार्फत पार्टी नेतृत्वको खुलेर आलोचना गरेका छन् र सुधारको माग गरेका छन् ।
३ मन्त्री र सभामुख पाएपछि बागमतीमा नेकपा विवाद सुल्झियो

३ मन्त्री र सभामुख पाएपछि बागमतीमा नेकपा विवाद सुल्झियो

शक्ति बाँडफाँटलाई लिएर बागमती प्रदेशमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) भित्र बढेको विवाद सुल्झिएको नेताहरूले बताएका छन् ।