नेभिगेशन
सबै कुरा

इन्द्रजात्राको लिङ्गो भोटाहिटी पुर्‍याइयो

भक्तपुर । यस वर्षको इन्द्रजात्रा अर्थात् येँयाःको क्वहनेयाः कुमारी यात्राका लागि आवश्यक पर्ने इन्द्रध्वजा फहराउने लिङ्गो आज राति भक्तपुरबाट काठमाडौँ पु¥याइएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

Ncell
Extreme Energy

भक्तपुरको सूर्यविनायक नगरपालिका‐१० स्थित चित्तपोलको सामुदायिक वनबाट नेपाल पञ्चाङ्ग निर्णायक समितिको शुभसाइतमा भक्तपुरको जङ्गलमा काटेर ल्याइएको यःसिं अर्थात् लिङ्गो गएराति काठमाडौँ पु¥याइएको केन्द्रीय मानन्धर सङ्घका सदस्य एवं प्रचार संयोजक केके मानन्धरले जानकारी दिए ।

यही भदौ ३० गते आइतबार बिहान ८ः२६ बजे इन्द्रध्वजोत्थान अर्थात् इन्द्रध्वजासहितको लिङ्गो उठाउन गत बिहीबार बिहान १० बजेर ४७ मिनेटको साइतमा वसन्तपुरबाट भक्तपुर प्रस्थान गरेकोे केन्द्रीय मानन्धर सङ्घको टोलीले सोही दिन बेलुकी ७ बजे भक्तपुरको चित्तपोलमा पुगेर हनुमानढोका दरबारबाट आएको ब्राह्मणद्वारा पूजा विधि सम्पन्नगरी राति ८ः२७ बजेको साइतमा यःसिंको लागि रानी सल्लाको रूख काटिएको थियो । 

शुभसाइतमा पूजा गरेर छाडेकोे बोकाले जुन रुखमा छुन्छ त्यही रुखलाई काट्ने प्रचलन छ । रूख काट्नुअघि नेपाली सेनाको श्री शार्दूल जङ्ग गुल्मका गुल्मपतिको नेतृत्वमा चित्तपोल पुगेको गुरूजुको पल्टनले सलामी अर्पण गरेको थियो । 

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले संस्कृति, पर्यटन तथा नागरिक उड्डयान मन्त्रालय तथा त्रिपुरेश्वरस्थित गुठी संस्थानलाई इन्द्रजात्रासम्बन्धी विभिन्न सांस्कृतिक गतिविधिको शुभसाइत उल्लेखगरी पठाइएको पत्रबमोजिम सङ्घले इन्द्रध्वज ९यःसिं०का लागि रानीसल्लाको रुख काटिएको मानन्धरले जानकारी दिए । 

रूख काटिएसँगै पाँच जनाको गुरूजुको पल्टनले एकैपटक बन्दुक पड्काएर हर्षबढाईं दिएको थियो । भक्तपुरमा यःसिं लिने जानेदेखि काठमाडौँसम्म पुर्‍याएर ठड्याउने र ढाल्नेसम्मको काममा हनुमानढोका दरबारस्थित श्री शार्दूल जङ्ग गुल्म ९नेपाली सेनाको गुरूजुको पल्टन०ले सहकार्य गर्दै आएको छ ।

वर्षा र सहकालका देवता इन्द्रको पूजा आराधनागरी परम्परागत शैलीमा मनाइने इन्द्रजात्राको लिङ्गो अर्थात् यःसिं भाद्र शुक्लपक्ष यँलाथ्व द्वादशीको दिन इन्द्रध्वजोत्थानगरी सुरु हुने इन्द्रजात्रा चौथी अर्थात् इन्द्रध्वज आठ दिनसम्म मनाउने गरिन्छ । 

यस अवधिमा विभिन्न नाच, कुमारी, भैरव, गणेशको रथयात्रा पनि हुन्छ । इन्द्रजात्रा र यःसिं ठड्याउने प्रचलनलाई वाल्मीकि रामायण, महाभारत, हरिवंश पुराण, कालिका पुराण, देवीपुराण, विष्णु धर्मोत्तर पुराण, बृहत्संहिता र भविष्य पुराणमा पनि उल्लेख गरेको पाइन्छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता

पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता

अन्तिम विवरणअनुसार १४४ परिवार भूमिहीन दलित र १८१ परिवार भूमिहीन सुकुम्बासी गरी कूल ३२५ परिवार भूमिहीन कायम भएका छन् । त्यस्तै, छानबिनपछि २४२ परिवार अव्यवस्थित बसोबासीको सूचीमा परेका...
श्रीमतीलाई आगो लगाउने श्रीमान् पक्राउ

श्रीमतीलाई आगो लगाउने श्रीमान् पक्राउ

आगो लगाएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । आगोबाट मनकुमारीको छाती र ढाड जलेको छ ।
राप्रपाको निर्णयप्रति कमल थापाको टिप्पणी– यो फेक हो कि जस्तो लाग्छ !

राप्रपाको निर्णयप्रति कमल थापाको टिप्पणी– यो फेक हो कि जस्तो लाग्छ !

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्वअध्यक्ष कमल थापाले पार्टीले पछिल्लो समय गरेको भनिएको निर्णयप्रति आश्चर्य व्यक्त गरेका छन् ।