नेभिगेशन
सबै कुरा

हलेसीको प्रवेशद्वार ढलान गरिँदै

खोटाङ । प्रसिद्ध त्रिधार्मिकस्थल खोटाङको हलेसी मन्दिर प्रवेशद्वार र ढुङ्गे बगैँचा (रक गार्डेन) जाने कच्ची सडक ढलान गर्न थालिएको छ । सङ्घीय सरकार, सहरी विकास मन्त्रालयको भ्याटसहित रु आठ करोड ३९ लाख ५१ हजार चार सय ७४ लगानीमा सम्पन्न गर्नेगरी ढलान सुरु गरिएको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

गत जेठ २९ गते सम्झौता गरिएको दुवै सडकको काम आगामी असार २९ गतेभित्र सम्पन्न गर्नेगरी सघन सहरी तथा भवन निर्माण आयोजना ओखलढुङ्गासँग सम्झौता गरेर निर्माण सुरु गरिएको आयोजना कार्यालयले जनाएको छ ।

Ncell
Extreme Energy

दुवै सडकको पूर्वसहरी विकासमन्त्री सीता गुरुङले शुक्रबार औपचारिक रुपमा शिलान्यास गरिन् । आयोजनाको शिलान्यास गर्दै प्रतिनिधिसभाका सांसदसमेत रहेकी गुरुङले विश्वप्रसिद्ध त्रिधार्मिक एवं पर्यटकीयस्थल हलेसीलाई अब थप व्यवस्थित बनाउन ढलान थालिएको बताइन् । उनले आफू मन्त्री हुँदा गत आवमा उक्त दुवै सडक ढलानसम्बन्धी आयोजनाका लागि सहरी विकास मन्त्रालयबाट बजेट विनियोजन भएको जानकारी दिइन् ।

प्रतिनिधिसभाका सांसद सरस्वती बजिमयले यसवर्ष कार्यान्वयनमा ल्याइएको सडक ढलानको आयोजनाले हलेसीमा धार्मिक पर्यटन प्रवर्धनमा सहयोग पु¥याउने विश्वास व्यक्त गरिन्। शिलान्यास कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का जिल्ला अध्यक्ष ललितकुमार राई, स्थानीय जनप्रतिनिधिलगयात व्यक्ति सहभागी थिए।

एक वर्षभित्र सम्पन्न गर्नेगरी सुरु गरिएको उक्त आयोजनाअन्तर्गत हिन्दू, बौद्ध र किराँत धर्मावलम्बीको सङ्गमस्थल हलेसी मन्दिरको दक्षिणी क्षेत्रबाट प्रवेशद्धारसम्मको सडक ढलान तथा पार्किङस्थल निर्माण गरिने हलेसी तुवाचुङ नगरपालिकाका प्रमुख बिमला राईले बताइन् । उनका अनुसार रक गार्डेन जाने करिब एक हजार दुई सय मिटर सडक ढलान पनि सोही बजेटबाट हुनेछ ।

आयोजना सम्पन्न भएपश्चात् हलेसी मन्दिर परिसरमा धार्मिक पर्यटनको आगमन वृद्धि हुनाका साथै स्थानीयको आर्थिकस्तर वृद्धि हुने अपेक्षा लिइएको नगरप्रमुख राईले उल्लेख गरे। “त्रिधार्मिकस्थल हलेसीमा दैनिक देश÷विदेशबाट दर्शन र भ्रमण गर्न पर्यटक आउने गरेका छन् । मन्दिर परिसरको सडक व्यवस्थित नहुँदा पर्यटकलाई असहज भइरहेको थियो”, उनले भने, “हलेसी नजिक रहेको पर्यटकीयस्थल रक गार्डेन जाने सडक पनि सोही आयोजनाअन्तर्गत ढलान हुँदैछ ।” 

मन्दिर प्रवेशद्वारको सडक ढलानसँगै त्यसमाथि आकर्षक ढुङ्गा विच्छ्याइने सघन सहरी तथा भवन निर्माण आयोजना ओखलढुङ्गाका इञ्जिनियर गणेश पाण्डेले बताए । प्रवेशद्धार नजिक निर्माण गरिने पार्किङस्थलमा तीन प्रकारका सवारीसाधन छुट्टाछुट्टै राख्ने व्यवस्था मिलाइने छ । धार्मिक तथा प्राकृतिक रुपमा विश्वप्रसिद्ध त्रिधार्मिकस्थल हलेसीमा यसअघि निर्माण गरिएका हवन कुण्ड (देव कार्यमा घ्यू, चरु आदि अग्निमा आहुति दिने ठाउँ) सञ्चालनमा ल्याइएको इञ्जिनियर पाण्डेले जानकारी दिए।

कोशी प्रदेश सरकारले उपलब्ध गराएको भ्याटसहित रु एक करोड ४४ लाख ८४ हजार चार सय ९० को लागतमा निर्माण गरिएका दुई हवन कुण्ड गत साउन २१ गतेदेखि सञ्चालनमा ल्याइएको हो । 

हलेसीको चौतर्फी विकासका लागि गुरुयोजना निर्माण भइरहेको छ । विशाल चट्टान खोपिएर बनेको प्राकृतिक गुफा यहाँ रहेकाले यस क्षेत्रको चौतर्फी विकासमा सङ्घ, प्रदेश र स्थानीय सरकारसँगै मन्दिर व्यवस्थापन समिति सक्रिय रुपमा लागिपरेको नगरप्रमुख राईले बताए। 

यहाँ आउने दर्शनार्थी तथा भक्तजनलाई लक्षित गर्दै मन्दिरभन्दा केहीमाथि दायाँपट्टि नेपाल आयल निगम र हलेसी तुवाचुङ नगरपालिकाको लगानीमा सुविधायुक्त अतिथिगृह (धर्मशाला) निर्माण गरिएको छ । निगमबाट प्राप्त रु दुई करोड तथा नगरपालिकाबाट आव २०७९/८० मा रु दुई करोड ९६ लाख बजेट विनियोजन गरी अतिथिगृहको भौतिक संरचना निर्माण गरिएको हो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता

पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता

अन्तिम विवरणअनुसार १४४ परिवार भूमिहीन दलित र १८१ परिवार भूमिहीन सुकुम्बासी गरी कूल ३२५ परिवार भूमिहीन कायम भएका छन् । त्यस्तै, छानबिनपछि २४२ परिवार अव्यवस्थित बसोबासीको सूचीमा परेका...
श्रीमतीलाई आगो लगाउने श्रीमान् पक्राउ

श्रीमतीलाई आगो लगाउने श्रीमान् पक्राउ

आगो लगाएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । आगोबाट मनकुमारीको छाती र ढाड जलेको छ ।
राप्रपाको निर्णयप्रति कमल थापाको टिप्पणी– यो फेक हो कि जस्तो लाग्छ !

राप्रपाको निर्णयप्रति कमल थापाको टिप्पणी– यो फेक हो कि जस्तो लाग्छ !

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्वअध्यक्ष कमल थापाले पार्टीले पछिल्लो समय गरेको भनिएको निर्णयप्रति आश्चर्य व्यक्त गरेका छन् ।