नेभिगेशन
सबै कुरा

इन्जिनमा समस्या आएपछि रनवेबाटै फर्काइयाे बुद्ध एयरकाे जहाज

काठमाडाैँ । पोखराबाट काठमाडौँ उडान भर्न लागेको बुद्ध एयरको जहाजमा समस्या आएको छ । जहाजमा समस्या आएपछि U4 616 नम्बरकाे उडान रद्द गरिएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उक्त विमानमार्फत काठमाडौँ आउन लागेका एक यात्रुका अनुसार उडान भर्नको लागि धावन मार्गमा पुगेको जहाज इन्जिनमा समस्या देखिएको भन्दै फर्काइएको छ । ति यात्रुका अनुसार रनवेमा उडानको लागि हाई स्पीड लिईसकेपछि जहाज रोकिएको थियो । 

Ncell
Extreme Energy

सोही जहामार्फत यात्रा गर्न लागेका लोक गायक विष्णु खत्रीले यो विषयमा फेसबुकमा लामो स्टाटस लेखेका छन् । उनका अनुसार रनवेमा उडानको लागि हाई स्पीड लिईसकेपछि  झ्याप्प ब्रेक लागेको थियो । सो समयमा सबै थरथर भएको उनले खुलाएका छन् । उनले लेखेका छन्, ‘पोखरादेखि काठमाडौँसम्म अहिले १ बजे उड्न लागेको बुद्ध एयरको उडान U4 616 ले रनवेमा उडानको लागि हाई स्पीड लिईसकेपछि  झ्याप्प ब्रेक हान्यो र हल्का जहाज ढुलमुलाउँदै नियन्त्रणमा लियो। एकछिनपछि हामीलाई भनियो, जहाजको ईन्जिनमा खराबी आयो। पुनःअर्को जहाजमा लैजान फेरि हामीलाई पर्खाई कक्षमा राखिएको छ। सबै यात्रु थरथर थिए । सकभर गाडीको यात्रा भन्दा प्लेनकै यात्रा तय गर्ने मान्छे म आजबाट भने सोच्न बाध्य भएको छु, कतै पाईलटले प्लेन उडाई दिएको भए ? जिन्दगीको के भरोसा छ र है ? पाईलटको नाम चाहिं थाहा भएन, धन्यवाद पाईलट ज्यू, धन्य प्रभु । जीवन लिला हजुरकै हातमा छ।'

 

यता बुद्ध एयरले भने उडानपूर्व हुने परीक्षणका क्रममा जहाजमा केही समस्या देखिएपछि उडान रद्द गरिएको बताएको छ । बुद्ध एयरका प्रवक्ता दिपेन्द्र कर्णका अनुसार प्लेन रनवेबाट फर्किएको होइन । ‘ठूलो समस्या केही भएको होइन, उडानपूर्वको परीक्षणका क्रममा केही समस्या देखिएपछि उडान नभरिएको हो ।’  उनले भने, ‘यात्रुहरुलाई अर्को जहाजमार्फत काठमाडौँ ल्याइन्छ ।’ 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता

पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता

अन्तिम विवरणअनुसार १४४ परिवार भूमिहीन दलित र १८१ परिवार भूमिहीन सुकुम्बासी गरी कूल ३२५ परिवार भूमिहीन कायम भएका छन् । त्यस्तै, छानबिनपछि २४२ परिवार अव्यवस्थित बसोबासीको सूचीमा परेका...
श्रीमतीलाई आगो लगाउने श्रीमान् पक्राउ

श्रीमतीलाई आगो लगाउने श्रीमान् पक्राउ

आगो लगाएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । आगोबाट मनकुमारीको छाती र ढाड जलेको छ ।
राप्रपाको निर्णयप्रति कमल थापाको टिप्पणी– यो फेक हो कि जस्तो लाग्छ !

राप्रपाको निर्णयप्रति कमल थापाको टिप्पणी– यो फेक हो कि जस्तो लाग्छ !

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्वअध्यक्ष कमल थापाले पार्टीले पछिल्लो समय गरेको भनिएको निर्णयप्रति आश्चर्य व्यक्त गरेका छन् ।